×

NMB BANK
NIC ASIA

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले सभामुखमा उम्मेदवारी नदिने निर्णय गर्‍यो ।

Muktinath Bank

मंगलवार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले सभामुख पद तटस्थ रहनुपर्ने भन्दै कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै सभामुखमा उम्मेदवारी नदिएर कांग्रेसले उपसभामुख पाउने बाटो खोलेको हुनसक्ने राजनीतिक चर्चा चलेको छ । 


Advertisment
Nabil box
Kumari

उपसभामुखका लागि कांग्रेसले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग छलफल शुरू गरिसकेको उच्च स्रोतको दाबी छ । मंगलवार बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचण्डनिवास खुमलटार पुगे । दुवैबीचको भेटले स्रोतको दाबीलाई बल पुर्‍याएको छ ।

Vianet communication

पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले बिहान ९ बजेतिर दुवै नेताको भेट भएपनि औपचारिक रूपमा कुनै विषयमा छलफल नभएको दाबी गरे । ‘उहाँहरूबीच अनौपचारिक कुराकानी भएको हो,’ उनले भने, ‘उपसभामुख कांग्रेसलाई दिने विषयमा कुनै छलफल भएको छैन ।’

यस विषयमा वरिष्ठ नेता पौडेलसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन तर प्रचण्डनिकट स्रोतले दुवै नेताबीच उपसभामुखका विषयमा कुराकानी भएको पुष्टि गर्‍यो ।

‘पौडेलले उपसभामुख कांग्रेसलाई दिनुस् भनेर प्रस्ताव राख्नुभयो,’ स्रोतले भन्यो, ‘अध्यक्ष प्रचण्डले चाहिँ उपसभामुखको निर्वाचनका लागि केही समय अझ बाँकी रहेकाले पौडेलले राखेको प्रस्तावका विषयमा छलफल गरेर अघि बढ्ने बताउनुभयो ।’

मंगलवार एक दैनिक पत्रिकाले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले उपसभामुख सहमतिमा कांग्रेसले पाउनुपर्ने भनेको दाबी गरेको छ । ‘दुई दल मिलेर अघि बढे काम गर्न सहज हुन्छ,’ खाणले भनेका थिए ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्ने सम्बन्धमा प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा र सत्तारूढ दलका दुवै अध्यक्षबीच गत हप्ता सहमति भएको थियो । सहमतिले सत्तापक्ष–प्रतिपक्ष बीचको सहमतीय राजनीतिक यात्रा अघि बढ्न खोजेको सन्देश दिएको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच ५० करोड डलरको अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग स्वीकार्ने विषयमा पनि मतैक्य देखिन्छ । 

कांग्रेस सभापति देउवा लगायतका कतिपय नेताहरूले एमसीसी संसदबाट पारित हुनुपर्ने धारणा राखेका छन् ।

सत्तारूढ दलकै कतिपय नेताहरू एमसीसीको विपक्षमा रहेको सन्दर्भमा प्रतिपक्षी दलको साथ पाएपछि प्रधानमन्त्री ओली खुशी देखिन्छन् । 

सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने र कम्तिमा १ महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णयपछि नेकपाकी समानुपातिक सांसद शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिइन् ।

तुम्बाहाङ्फेको राजीनामापछि संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सोमवारको संसद बैठकको अध्यक्षता गर्दै संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकेका थिए । 

भट्टराईले सार्वजनिक गरेको सभामुख निर्वाचनको कार्यतालिका अनुसार माघ १२ गते संसदले सभामुख पाउनेछ । त्यसपछि मात्र संसद सचिवालयले उपसभामुख निर्वाचनको तयारी गर्नेछ । 

यसअघि मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) सँग सत्तारूढ दल नेकपाले २ नम्बर प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २/२ सीटमा तालमेल गर्ने र आगामी दिनमा सहकार्य अघि बढ्ने २ बुँदे सहमति गरेका थिए ।

सहमतिपश्चात उपसभामुखमा नेकपाले राजपालाई समर्थन गर्ने चर्चा चलेको थियो । चर्चाकै बीचमा मंगलवार सुवासचन्द्र नेम्वाङले प्रस्तावित गरेका नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटालाई राजपाका नेता लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

कर्णले लोकान्तरसँग राजपाले उपसभामुख पाउन सभामुखमा सापकोटालाई समर्थन नगरेको बताए । ‘उपसभामुखका लागि हामीले नेकपासँग कुनै औपचारिक छलफल गरेका छैनौं,’ कर्णले लोकान्तरसँग भने, ‘राजपाले उपसभामुख पाउनका लागि मैले अग्निजीलाई समर्थन गरेको होइन ।’ 

राजनीतिमा जे पनि सम्भव हुन सक्ने तर राजपाले नेकपासँग पद बाँडफाँड गर्ने गरी कुनै सहमति नगरेको कर्णले दाबी गरे ।

यद्यपि प्रधानमन्त्री ओलीनिकट एक नेताले उपसभामुख राजपाले पाउने लगभग निश्चित जस्तै भएको बताए । ‘राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्ने औपचारिक सहमतिसँगै नेताहरूबीच राजपाबाट उपसभामुख बनाउने भद्र सहमति भएको हो,’ उनले भने, ‘कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले तालमेल हुन सक्दैन ।’

यता अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता पौडेलबीच उपसभामुख कांग्रेसलाई दिने विषयमा भएको छलफलबारे आफू अनविज्ञ रहेको ती नेताले बताए । ‘उहाँ (अध्यक्ष प्रचण्ड) कसलाई के बाँड्दै हिँड्नुहुन्छ भन्ने कुरा उहाँलाई नै थाहा होला,’ उनले भने, ‘यसबारेमा पार्टीको औपचारिक निर्णय आएपछि मात्र केही भन्न सकिएला ।’

काठमाडौं क्षेत्र नम्बर १० का कांग्रेस सांसद राजेन्द्रकुमार केसीले पनि उपसभामुखका लागि कांग्रेस र नेकपाबीच कुनै सहमति हुन नसक्ने बताए ।

‘उहाँहरू अधिनायकवादतर्फ अघि बढ्दै हुनुहुन्छ,’ लोकान्तरसँग कुरा गर्दै केसीले भने, ‘सरकार बनेको २ वर्षमा उहाँहरूले कांग्रेससँग कुनै छलफल गरेर अघि बढेको मलाई जानकारी छैन । उपसभामुखका सन्दर्भमा झन् हामीसँग छलफल गर्ने कुरै भएन । मैले कांग्रेस–नेकपाबीच सहमति हुन सक्ने कुनै आधार देखेको छैन ।’

सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निर्णयले उपसभामुख आश गरेको अर्थमा नबुझ्न केसीले आग्रह गरे । 

कांग्रेसका अर्का सांसद सञ्जयकुमार गौतमले यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । गौतम मंगलवारको संसदीय दलको बैठकमा उपस्थित थिएनन् ।

‘मेरो व्यक्तिगत धारणा त सभामुखमा पनि कांग्रेसले उम्मेदवारी दिनुपर्छ भन्ने हो,’ गौतमले लोकान्तरसँग भने, ‘सभामुखमा उम्मेदवारी नदिएर कांग्रेसले उपसभामुखमा दाबी गर्न खोज्यो भन्न मिल्दैन । उपसभामुख निर्वाचन अझै एक–डेढ महिनापछि हुने सम्भावना छ । त्यसैले अहिल्यै यसबारे बोलिहाल्नुपर्छ जस्तो लाग्दैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x