कोठामा थुन्ने र सिठ्ठी फुकेर खान बोलाउने वृद्धाश्रम चाहिँदैन - मुख्यमन्त्री पौडेल

देशभरि सञ्चालन भइरहेका वृद्धाश्रम र दिवासेवा केन्द्रको बृहत् कार्यशाला गोष्ठी हेटौँडामा शुरु भएको छ ।

वृद्धाश्रम तथा दिवासेवा केन्द्रको छाता सङ्गठन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको आयोजनामा भएको गोष्ठीको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै वृद्धाश्रमको नाममा जथाभावी पसलझँै आश्रम सञ्चालन हुन नहुने धारणा राखे ।


Advertisement

देशभरका ७७ जिल्लाका ४०० प्रतिनिधि सहभागी कार्यक्रममा उनले निश्चित अवस्थामा बाहेक आश्रम सञ्चालन गरिनु आवश्यक नरहेको र सञ्चालित आश्रमले आश्रित वृद्धवद्धालाई आफ्नै घरमा पुनः स्थापित गराउन पहल गनुपर्ने बताए ।

घरबारविहीन, बेसहारा र असहायहरुका लागि एक जिल्लामा बढीमा एउटा तर व्यवस्थित आश्रम सञ्चालन गरिनुपर्ने उनको तर्क थियो । 'कोठामा थुन्ने र सिट्ठी फुकेपछि दौडेर खाना खान जाने अनि फेरि कोठामै थन्क्याइने वृद्धाश्रमले वृद्धवृद्धाको वास्तविक हित गर्न सक्दैन,' उनले भने । उनले सरकारले आफ्नो कार्यकालसम्म वृद्धभत्ता रु पाँच हजार पु¥याउने दाबी गरे ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्