उज्यालो कर्णालीका लागि संघीय सरकारसँग सम्झौता

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेत र उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंका कार्यकारी निर्देशक मधुसुदन अधिकारी हस्ताक्षर पश्चात् समझदारी पत्र आदानप्रदान गर्दै । तस्वीर : शुरबहादुर सिंह, रासस

कर्णाली प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौँबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन प्रारम्भका लागि सरकार र संघीय सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेत र प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरे।


Advertisement

उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यान्वयन एकाइ स्थापना गरिने र प्राविधिक सहयोग वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले उपलब्ध गराउने केन्द्रका कार्यक्रम संयोजक दीपक पौड्यालले जानकारी दिए।

कार्यक्रम कार्यान्वयनको पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पूरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव बस्नेतले बताए।


Advertisement

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले चालु आवमा ५० करोड नौ लाख बजेट विनियोजन गरेको छ । कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारद्वारा कार्यविधिसमेत स्वीकृत भइसकेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्