पुनर्निर्माण प्राधिकरणका कर्मचारी ६ हजार घुससहित रङ्गेहात पक्राउ

पुनर्निर्माण प्राधिकरणका कर्मचारी ६ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइन्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ ।


Advertisement

इन्जिनीयर तिवारीलाई शुक्रवार ६ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डीएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्