गण्डकी प्रदेश प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हब’ बन्दैछ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हब’ गण्डकी प्रदेश बन्दै गरेको बताएका छन् ।

लमजुङ बेंसीशहर नगरपालिका–१० खासुर सामुदायिक घरबास उद्घाटन कार्यक्रममा उनले जातजाति, भाषा, संस्कार संस्कृति विश्वमै नेपाल रहेको र यसमध्ये पनि गण्डकी प्रदेश रहेको बताए ।


Advertisement

राष्ट्रिय संस्कृतिमा पनि यस प्रदेशको नेतृत्व रहेको बताउँदै उनले भने, ‘सांस्कृतिक निर्माण र भाषाको विकास गर्नमा गण्डकी प्रदेशसम्पन्न छ ।’

प्रकृति र संस्कृतिको अनुपम संगम ईश्वरको बरदानका रुपमा रहेको गण्डकी प्रदेशलाई विकास गर्नका लागि प्रदेश सरकार अघि बढेको उनले बताए ।


Advertisement

मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशका घरबासले भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि समेत मद्दत पुगेको छ ।’

यस खासुर गाउँमा १० घरवास सञ्चानमा रहेका छन् । यहाँ करीब ८० जना पर्यटकको क्षमताको रहेको घरबास सञ्चालक दूधप्रसाद घलेले बताए । उनका अनुसार यस गाउँमा १५३ वटा घरधुरी छन् । यहाँ गुरुङ, मगर, तामाङ, दलित, भुजेल समुदायको बसोबास छ । ९ गुरुङ र १ दलित समुदायको घरबास छ । यहाँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाललगायत विभिन्न रमणीयस्थल देख्न सकिन्छ ।

घरबासमा आएका पर्यटकलाई गुरुङ समुदायको कृष्ण चरित्र, झ्याउरे, घाँटुलगायत नृत्य प्रस्तुत गरिन्छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्