×

NMB BANK
NIC ASIA

आजकल बलिउड फिल्ममा कहाँ छ मायाप्रेम ?

माघ १४, २०७६

NTC
Premier Steels

हिन्दी फिल्महरूमा वर्षौंसम्म प्रेमकथा नै बताइने गरिएको छ । फिल्मको कथा अन्त्य हुँदासम्म हिरोले हिरोइनलाई पाउँछ । 

Muktinath Bank

बीचमा भिलेन आइलाग्छ वा युवतीका पिता दुश्मन बन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुगल–ए–आजममा शहंशाह अकबरले अनारकली र सलीमको प्रेममा निकै अवरोध गरे । तर हिरो हिरोइनले रुख वरिपरि गी गाएको र प्रेम गरेको देखियो । 


Advertisment
Nabil box
Kumari

तर आजकल मायाप्रेममा देखि छोड्यो हिन्दी फिल्महरूमा । 

Vianet communication

सन् २०१९ मा आएका फिल्महरूलाई ध्यान दिनुस् । सुपरहिट फिल्मको कुरा गर्दा उरी युद्धसम्बन्धी फिल्म थियो । हृत्तिक रोशनको फिल्म वारको त शीर्षकबाटै थाहा हुन्छ, फिल्मको मुख्य कथा के हो भने । 

यी फिल्महरूमा मायाप्रेम पटक्कै थिएन भन्ने हैन । तर कथाको प्लट अर्कै थियो र मायाप्रेम गौण थियो । मानिसहरूलाई सिनेमाघरमा ल्याउन अब प्रेम मात्र पर्याप्त छैन ।

हृत्तिक रोशनकै सुपर ३०, अक्षय कुमारको मिसन मंगल, जोन अब्राहमको बाटला हाउस, रानी मुखर्जीको मर्दानी र आयुष्मान खुरानाको आर्टिकल १५ । यी फिल्मका पोस्टरमा नायक वा नायिका गायब थिए । 

यसको एउटा कारण भनेको दक्षिण भारतीइ फिल्मको रिमेक हिन्दीमा बन्नु पनि हो । ती फिल्महरूमा याक्सन भरपूर हुन्थे । अनि आजकल मानिसहरूको जीवनलाई ठूलो पर्दामा देखाउन थालिएको पनि अर्को कारण हो । 

विगत केही वर्षमा भाग मिल्खा भाग, मेरी कोम, डर्टी पिक्चर र सञ्जू जस्ता बायोपिक सफल भए । 

सन् २०२० मा आएका दीपिका पादुकोणको छपाक, कंगना रनावतको पंगा र आउन लागेको आमिर खानको लाल सिंह चड्ढाका पोस्टरमा मायाप्रेम भेटिन्न । 

यी फिल्महरूमा सामान्य मानिसका कथाले उनीहरूको व्यक्तित्वको बयान गरेका छन् । 

रणवीर सिंहको ८३ भारतले सन् १९८३ मा क्रिकेट विश्वकप जितेको घटनामा आधारित छ भने कंगनाको थलाइवा जयललिताको जीवनीमा आधारित छ । 

हिन्दी फिल्मबाट मायाप्रेम हराएको यो पहिलो अवसर हैन । 

सन् १९७० र १९८० को दशकमा अमिताभ बच्चनको एंग्री योङ म्यान अवतार देखियो । उनका फिल्महरू कालिया, जञ्जीर र त्रिशूलमा प्रेमको कथा त थियो तर त्यो साइड ट्य्राकमा थियो । 

८० को दशक सकिएपछि हिन्दी फिल्म फेरि मायाप्रेमतिर लाग्यो । 

दर्शकहरूले हम आपके हैं कौन, दिलवाले दुल्हनियाँ ले जाएँगे, दिल तो पागल है र कुछ कुछ होता है जस्ता फिल्म एकदमै मन पराए । 

सन् २००० र २०१० को दशकमा चाहिँ याक्सन र देशभक्तिपूर्ण फिल्महरूको लहर आयो । सलमान खानको दबंग, रोहित शेट्टी निर्देशित सिंघम र अक्षय कुमारले देशभक्तिको कथा भएका अनेकौं फिल्महरू ल्याए । 

त्यो क्रम अहिलेसम्म जारी छ । हिन्दी फिल्महरूमा एक्सन कहिलेसम्म देखिने हो भन्ने कुरा दर्शकहरूको मूडमा भर पर्छ । दर्शकहरूको रुचि निरन्तर परिवर्तन भइरहन्छ ।

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x