×

NMB BANK
NIC ASIA

टिप्पर मालिक र पीडित पक्षबीच सीडीओको उपस्थितिमा ५ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

माघ १६, २०७६

NTC
Premier Steels

मंगलवार भएको टिप्पर दुर्घटनामा कालिकोट महावै गाउँपालिकाका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको थियो । त्यसको चार दिनपछि आज टिप्पर मालिक र पीडित पक्षबीच सीडीओसमक्ष पाँच बुँदे सहमति भएको छ ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको उक्त सहमति पश्चात वीरेन्द्रनगरमा शान्ति सुरक्षा कायम भएको छ भने मृतकका आफन्तले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताएका छन् । मृतकका आफन्त पञ्चा सिंहका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेम सिंह, राप्रपाका नेता जनक सिंह, पीडित पक्ष, टिप्पर मालिक र प्रशासन बीच पाँच बुँदे सहमति भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टिप्पर चालक राजकुमार बोहोरा प्रहरी नियन्त्रणमा आइसकेकाले नीजलाई हदैसम्मको कारवाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिई निजलाई कानूनी कारवाहीका लागि अगाडि बढाउने, पीडित पक्षलाई कानून बमोजिम दिइने क्षतिपूर्तिको लागि तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । यस्तै पीडित परिवारलाई थप राहत प्रदान गर्न प्रदेश सरकार र घटनालाई लिएर भएको आन्दोलनको क्रममा भएका घाइतेको उपचारका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र सम्बन्धित निकायमा अनुरोध गर्ने, शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएकोमा त्यसको पोस्टमार्टम आजै गरी सदगतको लागि पीडित पक्षले बुझिलिने र घटनालाई लिएर आजसम्म भएका विरोधका कार्यक्रम सबै फिर्ता लिई स्थितिलाई सामान्य बनाउन सबैले पहल गर्ने सहमति भएको मृतकका आफन्त पञ्चा सिंहले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

सहमति हुनुअघि बिहीवार बिहान वीरेन्द्रचोकमा प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर दैलेखका एक बालक घाइते भएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिने बहानामा प्रहरीले धरपकड गरिरहेका बेला दैलेखका ११ वर्षीय बालक हिमाल नेपालीको दाँत खसेको थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x