×

NMB BANK
NIC ASIA

कर्णालीका मुख्यमन्त्री शाहीको आक्रोश - अदालतको ध्वाँस सरकारलाई ?

माघ २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाल कलौनीले कर्णाली प्रदेश देशमै नमूना भएको बताएका छन् । उनले राजधानी र प्रदेशको नाम सबैभन्दा पहिले राख्न सफल भएको बताउँदै यसमानेमा प्रदेश देशमै पहिलो भएको बताएका छन् ।

Muktinath Bank

‘कर्णाली प्रदेश जडिबुटीको खानी हो । भौगोलिक रुपमा सबैभन्दा ठूलो छ,' उनले भने, ‘यसबाट पर्याप्त लाभ लिन सकेको खण्डमा कर्णाली देशकै समृद्ध प्रदेश बन्न सक्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानून निर्माणका सन्दर्भमा सबैबीच सहभागिता, एकता आवश्यक रहेको बताउँदै विकास निर्माणमा स्थानीय सरकारलाई पनि साथमै लैजानुपर्नेमा उनले जोड दिए ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासको मुख्य बाधक षडयन्त्र रहेको बताएका छन् । प्रदेश सभा स्थापनाको अवसरमा प्रदेश सभा सचिवालयले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले आफूले गल्ती गरेको नदेख्ने तर अर्कोले सही गरेको देख्न नसक्ने प्रवृत्तिका कारण विकास नभएको तर्क गरे ।

Vianet communication
Laxmi Bank

‘कोही मुख्यमन्त्री हुँदैमा भारतीय चलचित्र ‘नायक’ कै जस्तो विकास गर्न सक्थें होला भन्दै आलोचना गर्न लागिरहेका छन् । दाइको प्रगति भाइले देख्नै नहुने, भाइको प्रगति दाइले देख्नै नहुने बानीको विकास बहेको छ । आफू फेल भएपनि अर्को पास किन भयो भन्ने चिन्ता लिने मनोरोग यहाँ छ,’ शाहीले भने ।

मुख्यमन्त्री शाहीले विकास भएन भन्दै कुर्लनेहरुलाई दिँदै आक्रोश पोखे, ‘चार महिना बितिसकेको छ टेण्डर आव्हान भएको, पत्र काट्यो अदालत जान्छन ठेकेदार, थुन्न खोजौं कानून छैन । नथुनौं काम बन्दैन के गरौं ?’

उनले यसको समाधानको एकमात्र विकल्प कडा कानून नै भएको बताए । यसकालागि प्रदेश सभा सदस्यले आवश्यक छलफल गर्न आवश्यक रहेको उनको तर्क थियो ।

कानून बनाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको बताउँदै कानूनको जंगल बनाएर मात्रै विकास नहुने तर्क दिए । ‘हामीले कानून धेरै बनाएका छैनौं । नाक फूलाउनको लागि हामी कानून बनाउँदैनौं । कानूनको आवश्यकताका आधारमा कानून बनाउँछौं जो कानून कार्यान्वयनका लागि अत्यावश्यक छ,' उनले भने, ‘देशको विकासका लागि अहिले कानून भएपनि ती वैज्ञानिक छैनन् जस्ले गर्दा ठेकेदारहरु हावी भएका छन् । अदालतको ध्वांस सरकारलाई देखाइरहेका छन् ।’

मुख्यमन्त्री शाहीले संसदको काम मन्त्रालयमा गई कुलोको, विद्यालय भवन निर्माणको, सडकको लागि बजेट माग्ने नभई सरकारको काम कारवाहीप्रति रुलिङ गर्ने, सरकारलाई आवश्यक निर्देशन दिने र कानून बनाउने भएको बताए ।

पुरानै एकात्मक हिसाबले संघ, प्रदेश सदस्य चलेको खण्डमा विगत नै दोहोरिनेतर्फ सबै सजग बन्नुपर्नेमा उनको जोड थियो । प्रदेश सभालाई बौद्धिक थलोको रुपमा बनाउन सबै प्रदेश सभा सदस्यलाई उनको आग्रह थियो ।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले ऐन नियम कानून बनाउने जननी व्यवस्थापिका भएको बताए ।  सरकारको लेखापालको रुपमा प्रदेश सभा रहेको बताउँदै त्यतातिर सबैको ध्यान जान आवश्यक रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले प्रदेश सभाको स्थापनापश्चात विभिन्न महत्वपूर्ण कामहरु सम्पन्न भएको बताए । उनले प्रदेश सभाले जनतासँग सभामुख कार्यक्रम सञ्चालन गरेको बताए ।

रेडियो तथा टिभी एवम् सुर्खेतको बड्डिचौर र सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सम्पन्न भएको उनको भनाइ थियो । यस्तै प्रदेश सभाले विभिन्न विधेयकहरुमाथि जनसहभागिता बढाउनका लागि भन्दै छलफलका कार्यक्रमहरुको पनि आयोजना गरेको जानकारी दिए ।

उनका अनुसार समितिमा गएका विधेयकउपर जनपरामर्श कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रम जुम्ला, डोल्पा र मुगु जिल्लामा सम्पन्न भइसकेको उनको भनाइ थियो ।

यो अवधिमा ३७ ओटा विधेयक प्रदेश सभामा कर्णाली प्रदेश सरकारले दर्ता गरेको थियो । ती ३७ विधेयकमा २९ वटा विधेयकहरु प्रमाणिकरण भइसकेका छन भने ४ ओटा विधेयकहरु प्रदेश सभाका विभिन्न समितिमा छलफलका क्रममा रहेका छन् ।

२ वटा विधेयक टेबल हुन बाँकी रहेका छन भने २ वटा विधेयकलाई प्रदेश सभाले सम्बन्धित मन्त्रालयमा नै फिर्ता गरिदिएको सभामुख शाहीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x