ऋषि धमलापत्नी हिरोइन बन्दै, फिल्ममा श्रीमान् आउट

काठमाडौं,२१ भदौं– पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम ‘अनुराग’ फिल्ममा हिरोइन बन्दैछिन् । दुई बच्चाकी आमा एलिजा हिरोइन बन्ने आफ्नो सपना पूरा भएकोमा निकै खुशी देखिन्छीन् । उनी भन्छिन् ‘ ऋषिजीसँग बिहे हुनु अघिदेखिको मेरो सपना हिरोइन बन्ने थियो ।’


सांगीतिक प्रेमकथामा आधारित नेपाली फिल्म ‘अनुराग’मा निर्मात्री र हिरोइन दुबै एलिजा नै हुन् । श्रीमान् ऋषिको मुख्य सहयोगका कारण नै फिल्म खेल्ने मौका मिलेको एलिजा बताउँछिन् । श्रीमान् धमला भने फिल्ममा नदेखिने एलिजाले लोकान्तरलाई जानकारी दिइन् । उनले भनिन् ‘वहाँको कार्यक्षेत्र नै फरक रहेका कारण पनि फिल्म नखेलेको हो ।’

एलिजा अहिले फिल्मको सुटिङपूर्व वर्कसपमा व्यस्त छिन् । उनी वर्कसपमै डान्स र अभिनयमा ब्यस्त भइरहेकी छिन् । अनुराग एक सांगीतिक समूहको नाम रहेको र उक्त फिल्म लभस्टोरीमा आधारित रहेको एलिजाले जानकारी दिइन् ।  फिल्मको सुटिङ आउने छठपर्व सकिए लगतै शुरु गर्ने निर्माणपक्षले जनाएको छ ।
 
फिल्मको निर्माणको बजेट करिब एक करोड रहेको छ भने फिल्मको सुटिङ काठमाडौं, इलाम र पोखरामा गर्ने निर्माणपक्षले जनाएको छ । फिल्ममा कलाकार दिपक घिमिरे, एलिजा गौतम, सरोज खनाल, रुपा राना आदिको अभिनय रहनेछ । भदौ २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस