×

NMB BANK
NIC ASIA

रविलाई गगनको व्यंग्य– अर्काको नाकको डाँडी भाँच्छु भन्दा वाहवाह, आफ्नोबारे सोध्दा मलाई के थाहा भन्न पाइन्छ ?

काठमाडाैं | बैशाख ८, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्काको नाकको डाँडी भाँच्छु भन्ने रवि लामिछानेले आफ्नैबारे सोध्दा मलाई के थाहा भनेर उम्किन नमिल्ने बताएका छन् । इलाम– २ मा वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको प्रचारका लागि पुगेका महामन्त्री थापाले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने छानबिन समितिबाट भाग्दा झन् बढी संशय उठेको बताएका हुन् । 

Muktinath Bank

‘अर्काको नाकको डाँडी भाँच्छु भन्दा वाहवाह । आफ्नोबारेमा सोध्दा मलाई के थाहा भनेर पाइन्छ ? कांग्रेसले निरन्तर संसदीय समिति गठनको माग गरेका छ । समितिमा को बस्छ ? एमालेले नेतृत्व गर्छ । माओवादी, कांग्रेस, रास्वपा, एमाले बस्छ, राप्रपाका सदस्य बस्छन्,’ इलाम– २ का कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काको चुनावी प्रचारलाई सम्बोधन गर्दै थापाले भने, ‘समितिले छानबिन गर्दा इलाममा उभिएर बोलेको आरोप गलत रहेछन् भने सार्वजनिक बेइज्जती कसको हुन्छ ? मेरो हुन्छ, कांग्रेसको हुन्छ, फाइदा कसलाई हुन्छ ? रास्वपालाई हुन्छ । तर हामी डराएका छैनौं । यसैले कांग्रेसले समिति बनाउँ भनेको हो । तर अनुसन्धान गर्ने भनेको व्यक्ति किन डराइरहेको छ ? किन मानिरहेको छैन ? यहाँ मत माग्न आउनेलाई तपाईंले सोध्नुपर्छ कि पर्दैन ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारीमा सर्वसाधारणले जम्मा गरेको पैसा जीबी राई र रवि लामिछाने मिलेर हिनामिना गरेको आरोप पनि थापाले लगाए । 


Advertisment
Nabil box
Kumari

‘जीबी राईले सबै पैसा ग्यालेक्सी टीभीमा लगाएको छु भनेका छन् । यही विषयलाई हामीले सदन र सडकमा उठाउँदै आएका छौं । तर राजनीतिक आग्रहका आधारमा भनेको छैन । गोर्खा मिडियाका मालिक, जिबी राई र रवि लामिछाने हुन् । पाँचवटा सहकारीको एक अर्ब रुपैयाँ गोर्खा मिडियामा गएको छ । खासमा एक सुक्का पनि लान पाइँदैनथ्यो । सर्वसाधारणको पैसा एक अर्ब कसले फिर्ता गर्छ ? ती मान्छेले न्याय पाउनु पर्दैन ?,’ थापाले भने, ‘४७ सालदेखि मात्र होइन कांग्रेस, एमाले, माओवादीका सबै मन्त्री र यिनका शाखा सन्तानको सम्पत्ति छानबिन गरौं । एक रुपैयाँ तलमाथि गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ । कांग्रेस, एमाले र माओवादी जसले नराम्रो काम गर्छ थुन्ने हो । तर तपाईंको जिल्लामा आएको रास्वपाका पार्टी नेता पनि दोषी देखिए सो पार्टीबाट उठेका उम्मेदवारले थुन भनेर भन्न सक्छ ?’
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x