×

NMB BANK
NIC ASIA

समानुपातिक मतगणना अपडेट- चार जिल्लाको १० लाख मत गन्न बाँकी

मंसिर २९, २०७४

NTC
Premier Steels

काठमाडौं, २९ मंसिर– मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको चार जिल्लाको करिव १० लाख मतगणना गर्न बाँकी रहेको छ । मतगणना आज सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । 

Muktinath Bank

मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना जारी रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जनाएको छ । अहिलेसम्मको मतपरिणामअनुसार प्रतिनिधि सभामा ५ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने संभावना देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो मत परिणाम अनुसार, नेकपा एमालेले ३० लाख १० हजार ८९६ मत प्राप्त गरी अग्र स्थानमा छ । नेपाली काँग्रेसले २९ लाख ३७ हजार ९२२ मतका साथ दोस्रो र नेकपा (माओवादी केन्द्र) ले १२ लाख ९ हजार ८०१ मत ल्याएर तेस्रो स्थानमा रहेको छ ।


Advertisment
Nabil box
Kumari

यसैगरि संघीय समाजवादी फोरम, नेपालले ४ लाख २६ हजार १५, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ९९ हजार ५८२, विवेकशील साझा पार्टीले २ लाख ६६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार ८०९, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८४ हजार ६४, नयाँ शक्ति पार्टी, नेपालले ७८ हजार १४६, नेपाल मजदुर किसान पार्टी ५२ हजार ९१९ र अन्य दलले ३ लाख २५ हजार ८६३ मत प्राप्त गरेका छन् । 

Vianet communication

समानुपातिक तर्फको गणना आज सकिएपछि मात्र कुन दलले राष्ट्रिय दलको मान्यता पाउने भनी उल्लेख गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षमा एक–एक सिट जितेका नयाँ शक्ति, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले ३ प्रतिशत मत ल्याउन कठिन देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

मंसिर ५, २०७९

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ ।  छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जन...

मंसिर ७, २०७९

नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पर्सा क्षेत्र नं-४ बाट उनी विजयी भएका हु्न् ।  रिजालले ३१ हजार १४२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले नेता जालिम मिय...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x