युट्युबमा भाइरल भइरहेछ यो भोजपुरी गीत (भिडियोसहित)

पुस १२, २०७४

काठमाडौं, १२ पुस — युट्युबमा आजकल एउटा भोजपुरी गीत भाइरल भइरहेको छ । जम्मा दुई महिनामा यसले ३८ लाख भ्युज पाइसकेको छ । 

यो भोजपुरी फिल्मको गीत होइन । यसलाई गायक–अभिनेता रितेश पाण्डे र खुशबू तिवारीले गाएका हुन् । भिडियोलाई वेब म्युजिकले ९ सेप्टेम्बरमा सार्वजनिक गरेको हो । 

भिडियो रितेश र एक अभिनेत्रीमाथि छायांकन गरिएको हो । गीतको मुखडा छ : पियवा से पहिले हमार रहलू । त्यसो त यस गीतको धुनमा अन्य भोजपुरी गीत पनि बनेका छन् र यिनलाई भोजपुरी फिल्ममा प्रयोग पनि गरिएको छ । 

रितेश बिहारको सासाराम क्षेत्रका हुन् । उनका एल्बमहरू बजारमा आइसकेका छन् । 

एजेन्सी


ADVERTISEMENT

पुस १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस