×

NMB BANK
NIC ASIA

कतै तपाईंलाई सामाजिक सञ्जालको लत त लागेको छैन ?

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

आफूलाई सामाजिक सञ्जालको लती भनी वर्णन गर्नुभयो भने अरू मानिसले प्रायः चिन्ता व्यक्त गर्दैनन् । खासमा ट्विटर र इन्स्टाग्राममा लेखिने बायोहरूमा यो कुराको उल्लेख भेटिन्छ । लिंक्डइन प्रोफाइलमा यस्तो दाबी गर्नुभयो भने तपाईंप्रति मिडिया र प्रकाशन कम्पनीहरूले चासो देखाउँछन् किनकि उनीहरू दक्ष डिजिटल नागरिकको खोजीमा हुन्छन् । तर कल्पना गर्नुस् त, कुनै दिन यो लत प्रशंसा वा ठट्टाको कुरा नभएर मनोचिकित्सकले बताउने रोगको लक्षण भयो भने ? 

Muktinath Bank

सामाजिक सञ्जालप्रतिको लतलाई आजभोलि खुबै चर्चा गरिने गरेको छ । शायद सामाजिक सञ्जालले हाम्रो मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भएकाले यो बहस चलेको हुनसक्छ । तर अहिले थुप्रै अनुसन्धानहरूले सामाजिक सञ्जालको अत्यधिक प्रयोग रोग नै हो र यसलाई मानसिक अस्वस्थताका रूपमा हेरिनुपर्ने विषयलाई गम्भीरताका साथ विचार गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानसिक अस्वस्थतालाई वर्गीकरण गर्ने दुईवटा स्थापित संस्थाहरू छन् : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र अमेरिकी मनोचिकित्सक संघ (एपीए) । लत भनिएको कुरालाई मानसिक रोगकै रूपमा लिनका लागि त्यसले एउटा निश्चित क्राइटेरिया पूरा गर्नुपर्छ र त्यसलाई पुष्टि गर्नका लागि धेरै अनुसन्धान गर्नुपर्छ । सन् २०१८ को जनवरीमा आएर बल्ल भिडियो गेम खेल्ने लतलाई विश्व स्वास्थ्य संगठनले मानसिक रोग भन्यो जबकि भिडियो गेम इन्टरनेटजत्तिकै पुरानो समस्या हो । 


Advertisment
Nabil box
Kumari
कुनै व्यक्तिले सामाजिक सञ्जालको स्वस्थ प्रयोग र यससँगको सम्बन्धले जीवनमा नकारात्मक असर पारिरहेको विषयलाई छुट्ट्याउन सक्छ कि सक्दैन भन्ने विषय सर्वाधिक महत्त्वपूर्ण हुन्छ

भिडियो गेमको लतलाई यसरी मानसिक समस्याका रूपमा हेर्नु आफैंमा रुचिकर विषय हो किनकि यसमाथि दशकौंदेखि अनुसन्धान गरिरहेका मार्क ग्रिफिथ्सले जुवातासको लत, इन्टरनेटको लत अनि फेसबूक, ट्विटर र इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको अत्यधिक र सम्भवतः खतरनाक प्रयोगमाथि पनि अनुसन्धान गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

‘सामाजिक सञ्जालमा मग्न भएर मानिसहरू जीवनका अन्य कुरालाई बेवास्ता गर्न थाल्छन् भने यो लत नै हो,’ उनी भन्छन् । 

आफूले गरेको अनुसन्धानमा ग्रिफिथ्सले सामाजिक सञ्जालको लत जस्तो प्राविधिक बाध्यतामा चुरोट र रक्सीको लतकै जस्ता लक्षणहरू देखिन्छन् । यसमा अचानक मूड परिवर्तन हुने, समाजमा घुलमिल नहुने, द्वन्द्व र पुनरावर्तन लगायत लक्षण पर्छन् । 

कुनै व्यक्तिले सामाजिक सञ्जालको स्वस्थ प्रयोग र यससँगको सम्बन्धले जीवनमा नकारात्मक असर पारिरहेको विषयलाई छुट्ट्याउन सक्छ कि सक्दैन भन्ने विषय सर्वाधिक महत्त्वपूर्ण हुन्छ । 

‘उदाहरणका लागि भिडियो गेमको अनुसन्धान गर्दा मैले अत्यधिक गेम खेल्ने मानिस भेटें,’ ग्रिफिथ व्याख्या गर्छन्, ‘तर उनीहरूको जीवनमा नकारात्मक तथा हानिकारक असर परेको देखिएन । उनीहरूले दुई वर्षसम्म त्यस्तो बानी बनाए भने मोटोपनको वा निष्क्रियताको समस्या आउँछ होला तर लत नै चाहिँ होइन कि ? अत्यधिक उत्साहले जीवनमा राम्रो कुरा ल्याउँछन् भने लतले जीवनबाट राम्रो कुरा हटाइदिन्छन् ।’

उत्साहपूर्वक खेल्दाखेरी कुनै व्यक्तिको जागिर वा व्यक्तिगत सम्बन्धमा असर पर्दैन भने चिन्ता व्यक्त गर्नुपर्ने कारण छैन । ग्रिफिथ्सका लागि सामाजिक सञ्जालको प्रयोगमा समयसीमा लगाउनु खासै प्रभावकारी हुँदैन । स्क्रीनटाइम अर्थात् सामाजिक सञ्जालमा बिताएको समयले कुनै पनि व्यक्तिले आफ्नो प्रिय साइटलाई समस्याग्रस्त तरिकाले चलाएको कुराको सही संकेत दिन सक्दैन । 

निश्चित समय बिताएको कुराले महत्त्व राख्दैन भने केले सामाजिक सञ्जालको लतलाई परिभाषित गर्छ वा कस्तो व्यक्तिमा यसको जोखिम बढी हुन्छ भनी हामीलाई बुझ्न सहायता गर्छ ? 

सन् २०१७ मा बेलायतमा गरिएको एक राष्ट्रिय सर्वेक्षणले युवती र एकल महिलाहरूमा लतका लक्षणहरू देखाएको छ । उनीहरूको शिक्षा, आय र आत्मविश्वासको स्तर तल्लो थियो । 

‘सामाजिक सञ्जालमा सक्रिय हुनु भनेको सामाजिक व्यवहारको कुरा हो । लैंगिक भिन्नताको कुरा गर्दा टिपिकल महिलाहरू टिपिकल पुरुषभन्दा बढी सामाजिक हुन्छन्,’ ग्रिफिथ्स भन्छन् । 

सामाजिक सञ्जालको लत त्यसमा बिताइएको समय भन्दा पनि त्यसको विषयवस्तु र अत्यधिक प्रयोगको सन्दर्भमा आधारित हुने ग्रिफिथ्सको मान्यता छ । तर रोयल सोसायटी अफ मेडिसिनमा सामाजिक सञ्जाल तथा मानसिक स्वास्थ्यसम्बन्धी एक सम्मेलनमा उनले यस्ता लतका कारणहरू अझै प्रस्ट हुन नसकेको निष्कर्ष दिए । 

यो फोमो अर्थात् अरूले जानेको कुरा आफूले नजानेकोबाट उत्पन्न हुने डर हुनसक्छ । स्मार्टफोनको लत पनि यसको एक अंग हुनसक्छ अनि नोमोफोबिया अर्थात् आफूसित जतिखेर पनि फोन नभएको डर पनि हुनसक्छ । 

यसको अर्थ सामाजिक सञ्जालको लतलाई मानसिक अस्वस्थताका रूपमा चित्रण गरिहाल्न सकिने अवस्था छैन । अक्सफोर्ड विश्वविद्यालयमा सामाजिक सञ्जाल मनोवैज्ञानिक एमी ओर्बेनले सामाजिक सञ्जाललाई लतका रूपमा परिभाषित गर्ने विषयप्रति विमति जनाएकी छन् । ‘सामाजिक सञ्जालको असर सकारात्मक छ कि नकारात्मक भन्ने विषयको प्रमाण अझै पनि दुर्लभ नै छ । हामीले नियमित व्यवहारलाई रोगकै रूपमा नहेर्ने कुरालाई सुनिश्चित गर्नुपर्छ ।’

कुनै समयमा सामाजिक सञ्जाललाई लतका रूपमा वर्गीकृत गर्न सकिएला वा नसकिएला तर यसको अत्यधिक प्रयोगले केही घाटा गर्ने प्रस्ट छ । अनुसन्धानले देखाएअनुसार, दिनको दुई घन्टाभन्दा बढी सामाजिक सञ्जालमा बिताउने युवाहरूको मानसिक स्वास्थ्य खराब हुने सम्भावना प्रबल हुन्छ । 

तपाईं इन्स्टाग्राममा हुनुहुन्छ भने जीवनका नक्कलहरू त्यहाँ प्रशस्त भेट्नुहुन्छ । त्यस्ता नक्कलहरू प्रेरणादायी हुनुपर्ने हो तर तिनले धेरै प्रयोगकर्तालाई आफ्नो साथीको तुलनामा आफ्नो जीवन खराब रहेको अनुभूति दिलाउँछन् । बेलायतमा गरिएको युवाहरूको मानसिक स्वास्थ्यसम्बन्धी सर्वेक्षणमा इन्स्टाग्रामलाई सबभन्दा खराब सामाजिक सञ्जाल साइटका रूपमा लिइयो । तर इन्स्टाग्रामका प्रयोगकर्ताहरूको संख्या बढ्दो छ । संसारभरि यसका असी करोडभन्दा बढी प्रयोगकर्ता छन् । 

सामाजिक सञ्जालले वास्तविक जीवनमा अवरोध ल्याएमा वा कुनै व्यक्ति अन्लाइनमा धेरै बसेमा चेतावनीयुक्त सन्देशहरू फुत्त आउने व्यवस्था एउटा समाधान हुनसक्छ । ग्रिफिथ्सका अनुसार, अन्लाइन जुवा खेलाउने साइटहरूले यसको प्रयोग गरिरहेका छन् र महत्त्वपूर्ण कुरा भनेको त्यसले काम गरिरहेको छ । 

सामाजिक सञ्जालको लतलाई मानसिक अस्वस्थताका रूपमा वर्गीकरण गरिनुअघि आफैंले यसको सुझबुझपूर्ण प्रयोग गर्नु जाती हुन्छ । 

बीबीसी फ्युचरमा प्रकाशित सोफिया स्मिथ गेलरको फीचरको भावानुवाद
अनुवादक : विन्देश दहाल

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x