नाकाबन्दी भुलेका छैनौं, नेपाल आउँदा मोदीले माफी माग्नुपर्छ : धनराज गुरुङ [भिडियो अन्तर्वार्ता]

बैशाख २०, २०७५

काठमाडौं, २० वैशाख –नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपालमाथि लगाइएको नाकाबन्दीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीसँग हात जोडेर माफी माग्नुपर्ने बताएका छन् । 

‘लोकान्तर शो’मा कुरा गर्दै नेता गुरुङले नेपालमाथि लगाइएको नाकाबन्दीबारे मोदीले आफ्नो आसन्न नेपाल भ्रमणका क्रममा माफी माग्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

राष्ट्रियताको विषयमा चर्को भाषण गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा गएर लिपुलेकको बारेमा बोल्न नसकेको समेत उनले बताए ।

साथै कांग्रेसले आफ्ना एजेन्डा बेच्न नसक्दा पराजित हुनुपरेको नेता गुरुङको भनाइ छ । ‘कम्युनिस्टहरूले पिठो होइन भुस पनि बेचे, कांग्रेसले बासमती चालम पनि बेच्न नसक्दा पार्टीको यो हाल भयो,’ उनले भने ।

समसामयिक राजनीतिक अवस्था, कांग्रेसभित्रको विवाद, कांग्रेसका सात भाइको प्रस्ताव र शीघ्र महाधिवेशनबारे के भने उनले ?

हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

बैशाख २०, २०७५ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र  संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस