कसैले मलाई फिल्ममा नलेओस्, म फ्लप अभिनेता हुँ : करण जोहर

बैशाख २३, २०७५

काठमाडौं, २३ वैशाख – करण जोहर बलिउडका टाइकून फिल्ममेकर हुन् । उनले आफ्ना फिल्महरूमा नयाँ अभिनेताहरूलाई मौका दिइरहेका हुन्छन् । उनका कैयौं फिल्म रिलिजको पर्खाइमा छन् ।

हालै करणले आफ्नो अभिनय क्षमताका बारेमा बयान दिएका छन् । मराठी फिल्म बकेट लिस्टको ट्रेलर सार्वजनिक समारोहमा करणलाई मराठी फिल्ममा अभिनयको सम्बन्धमा प्रश्न गरियो । त्यसको जवाफ उनले यसरी दिए, ‘मैले
खेलेको कुनै पनि फिल्म चलेको छैन । मैले बम्बे भेल्भेट र वेलकम टु न्युयोर्क जस्ता फिल्ममा खेलें अनि ती दुवै सुपरफ्लप भए ।’

करणले भने, ‘मलाई कसैले फिल्ममा नखेलाए हुन्छ । म फ्लप अभिनेता हुँ ।’

बकेट लिस्टका रूपमा माधुरी दीक्षित पहिलोपटक मराठी फिल्ममा खेल्दैछिन् । 

त्यही समारोहमा करणसँग फिल्म कलंकमा सञ्जय दत्त र माधुरी दीक्षित धेरैपछि पर्दामा एकसाथ देखिन लागेको विषयमा प्रश्न गरिएको थियो । तर उनले यसको बारेमा कुरा गर्ने यो सही समय नभएको भन्दै टारे ।

एजेन्सी
 

बैशाख २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस