भक्तपुरमा छतबाट खसेर ६ वर्षिया बालिकाको मृत्यु

भक्तपुर, १२ जेठ - भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित प्रेमप्रसाद सुवालको तीनतले पक्की घरको छतबाट खसेर आज छ वर्षीया बालिकाको मृत्यु भएको छ । 

काभ्रे कोशीपारि घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने विकास लामाकी छोरी लमी लामा छतमा खेल्ने क्रममा अचानक खस्दा मृत्यु भएको हो । 

छतबाट खसेर घाइते भएकी लामालाई उपचारका लागि उनकै बुबाले मध्यपुर अस्पताल लगेकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए  । 

घटनाको महानगरीय प्रहरी वृत्त जगातीले थप अनुसन्धान गरिरहेको प्रनाउ प्रसार्इंले बताए  । 

जेठ १२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस