मंसिर १४, २०८०
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
दाङ, ३० जेठ –यहाँका स्थानीय बासिन्दाले घर आँगनमै सबै किसिमका सेवा पाउँदा खुशी व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङले आज शान्तिनगर गाउँपालिकामा एकदिने एकीकृत घुम्ती शिविर आयोजना गरेर सेवा दिएको हो ।
गाउँपालिकाका नागरिकलाई घरदैलोमा सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जनतालाई सहज सेवा दिन यो घुम्ती शिविर आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने वचनबद्धता प्रकट गर्नुभयो । केही दिन पहिले झाडापखाला प्रभावित सो गाउँपालिकामा आज पुनः सेवा दिइएको हो ।
घुम्ती शिविरमा सिटी अस्पतालका मुटु तथा पेट रोग विशेषज्ञ डा साहिल भुसाल, डा रक्षा सापकोटा र डा प्रमोद भट्टसहित गाउँपालिकाका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए । चिकित्सक टोलीले २७८ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । नागरिकता वितरण, विभिन्न बीउबिजन वितरणदेखि जिल्ला प्रशासन र विभिन्न कार्यालयले दिने सेवा सबै सेवा स्थानीयले एउटै थलोबाट पाएका थिए ।
जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय तुलसीपुरबाट गएको टोलीले ७४ जनालाई नागरिकता प्रमाणपत्र प्रदान गरेको इलाका प्रशासन कार्यालयका सूचना अधिकारी यादव भुसालले बताउनुभयो ।
शिविरमा कृषिसम्बन्धी सेवा २५० जना र पशुसम्बन्धी ३१२ जना प्रदान गरिएको थियो भने ५० जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको थियो । शिविरमा नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालले २८५ जनाको आँखा जाँच गरेको अस्पतालका नेत्रसहायक रोहित कठायतले जानकारी दिनुभयो ।
यसमध्ये २८ जनामा मोतीबिन्दुको समस्या देखिएको थियो । उनीहरुको राप्ती आँखा अस्पतालले बिहीबार अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रशासकीय सहायक जसराज विश्वकर्माले बताउनुभयो ।
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...