×

NMB BANK
NIC ASIA

फिल्म समीक्षा : सलमानका फ्यानलाई मात्र मन पर्नेछ 'रेस ३'

असार १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ असार – ‘यो रेस जिन्दगीको रेस हो, कसैको ज्यान लिएर मात्र सकिन्छ ।’ रेस ३ को यो संवादमा एउटा कुरा जोड्न मन लाग्छ : दर्शकको ज्यान लिएर मात्र फिल्म सकिन्छ । 

यति धेरै शीर्ष कलाकारहरू भएको फिल्ममा केही रमाइलो हेर्न पाइएला भनेर तपाईंले आशा गर्नुभएको छ भने निराशा मात्र हात लाग्नेछ । 

रेस फिल्मको अघिल्लो दुई हिट फिल्मपछि स्टारकास्टमा धेरै परिवर्तन आएको छ । अघिल्ला दुई फिल्मबाट अनिल कपूर यसपालि छन् भने ज्याकलिन फर्नान्डिज रेस २ पछि यसमा देखिएकी छन् । निर्देशक चाहिँ अब्बास–मस्तानको
साटो रेमो फर्नान्डेज छन् । यो फिल्मले अघिल्ला दुई फिल्मको कथासँग साइनो राख्दैन । 

फिल्मको कथा शमशेर सिंह (अनिल कपूर) बाट शुरू हुन्छ । उनी २५ वर्षअघि भारतमा एउटा षड्यन्त्रको शिकार भएर थाइल्यान्ड आएका छन् । उनी अवैध हतियारको व्यापार गर्छन् । उनका दाइ रणछोड सिंहका छोरा सिकन्दर (सलमान खान) उनको दाहिने हात हो । 

दाइको मृत्यु एक दुर्घटनामा भएपछि शमशेरले आफ्नी भाउजुसँग बिहे गरेका थिए । उनीहरूका दुई जुम्ल्याहा सुरज (साकिब सलीम) र सञ्जना (डेजी शाह) छन् । फिल्मका अर्का पात्र यश (बबी देओल) सिकन्दरको बडीगार्ड हो । उता जेसिका (ज्याकलिन फर्नान्डेज) पहिला सिकन्दरकी गर्लफ्रेन्ड थिइन् तर उनी अहिले यशसँग छिन् । 

सिकन्दर आफ्नो परिवारका लागि ज्यान दिन तयार रहन्छन् तर उसका सौतेनी भाइबहिनी उसलाई घृणा गर्छन् । उनीहरूले यशलाई पनि भड्काएर आफ्नो पक्षमा पार्छन् । शमशेर चाहिँ भारत फर्किन चाहन्छ र भाग्यले एक मौका पाउँछ । उसको मिसन पूरा गर्नका लागि सिकन्दर समेत सबै टोली कम्बोडिया जान्छ जहाँ सुरज, सञ्जना र यशले उसलाई फसाइदिन्छन् । तर उसलाई जेसिकाले बचाउँछिन् । अनि त्यसपछि क्रमशः रहस्यहरू खुल्दै जान्छन् ।

सलमान खान फिल्ममा स्मार्ट देखिन्छन् र उनका एक्सन सीनहरू जबर्जस्त छन् । तर कथा र पटकथाको कुरा गर्दा फिल्म पूरै बकवास छ । फिल्मको पहिलो हाफ हेर्दै दर्शकले कहाँ पैसा डुबाउन आइएछ भन्ने अनुभव गर्छन् ।
दोस्रो हाफमा केही ट्विस्टहरू त छन् तर तिनमा कुनै रोमाञ्चकता छैन । दुई घन्टामा सकिने कथालाई निर्देशक रेमोले तन्काएर पौने ती घन्टा किन बनाएका होलान् भनी दर्शकले सोध्छन् । 

सलमानबाहेक अन्य कलाकारको कुरा गर्दा अनिल कपूर सदा झैं गजब देखिएका छन् । ज्याकलिन र डेजी शाहले राम्रो स्टन्ट दिएका छन् । साकिब सलीमले चाहिँ अभिनय गरेजस्तो मात्र देखिन्छ । बबी देओलले शर्ट निकालेर केही
एक्सन सीन गरेको भएपनि उनको भावहीन अनुहारले उनी अभिनयका लागि बनेकै हैनन् भन्ने प्रस्ट पार्छ । 

उता भिलेनको भूमिकामा फ्रेडी दारुवालाले यो फिल्म किन खेलेका होलान् ? परिवारमै यति धेरै भिलेन भएकाले उनको कुनै स्कोप नै छैन । 

फिल्मको सिनेमाटोग्राफी गजबको छ । बैंकक र अबु धाबीका भव्य लोकेसनमा फिल्म शूट गरिएको छ । कश्मीर र लद्दाखमा शूटिङ गरिएका रोमान्टिक सीन पनि राम्रा छन् । तर गीतहरू फिल्ममा नमिलाइकन जबर्जस्ती
कोचिएका छन् । 

यो फिल्म सलमानका फ्यानहरूका लागि मात्र हो । अरूले चाहिँ रिस्क लिएर मात्र यो फिल्म हेर्न जानु बेश होला ।

नवभारत टाइम्समा प्रकाशित समीक्षाबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x