मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
काठमाडौं, १९ असार – पाँच वर्षअघि एक भारतीय अधिकारीलाई चीन अब तिब्बत र नेपाललाई रेलमार्गमार्फत जोड्ने तयारी गर्दैछ नि भनी सोध्दा उनले यो हावादारी कुरा भएको बताएका थिए । धारे हात हल्लाउँदै उनले ‘हामी यस्तो हुन दिँदैनौं’ भनेका थिए ।
तर असार ७ गते यो कोरा कल्पना मात्र नभएको साबित भयो । यसलाई वास्तविक बनाउनका लागि चीन र नेपाल तीव्र गतिमा अघि बढिरहेको देखिन्छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र राष्ट्रपति शी चिनफिङसँगको भेटघाटपछि नेपाल र चीनबीच रेलमार्ग बनाउने सम्भावना खोज्नका लागि गरिने अध्ययनका लागि एक सम्झौता मस्यौदा (एमओयू) मा हस्ताक्षर गरेका छन् ।
नेपाल र चीनबीच ल्हासादेखि सिगात्से (यो रेलमार्ग सन् २०२० सम्म पूरा गरिने लक्ष्य छ) र त्यसभन्दा अघि बढेर नेपाल–तिब्बत सीमामा पर्ने केरुङसम्म रेल चलाउने कुरा गरेका छन् । त्यहाँबाट रेल रसुवागढी, काठमाडौं, पोखरा र लुम्बिनीमा भारतीय सीमासम्म पुग्नेछ ।
ओलीले चिनियाँ पत्रिकाहरूलाई बताए, ‘यो रेलमार्ग शुरू भएमा दुवै देशबीच सम्पर्कको नयाँ युग आरम्भ हुन्छ र यसबाट व्यापार, लगानी, पर्यटन अनि नागरिक सम्बन्ध विस्तारका अवसरहरू खुल्नेछन् ।’
चीन कागजमा भएको सम्झौतामा ग्यारेन्टी छैन भन्ने कुरा जान्दछ । दुई वर्षअघि ओलीले प्रधानमन्त्रीका रूपमा पछिल्लो कार्यकालमा पनि रेल विस्तारलाई अघि बढाउने संकल्प गरेका थिए ।
ओलीसँगको भेटघाटमा शीले ओलीलाई राजनीतिक स्थिरता तथा देशको आर्थिक विकासको प्राथमिकता तय गरेकामा बधाई दिए र चीनको समर्थनको विश्वास दिलाए ।
तर ओलीसँगै बेइजिङ गएका एक पत्रकारका अनुसार, एमओयूको गहिरो विश्लेषण गर्दा त्यसमा लुकेको चीनको सन्देह पनि स्पष्ट हुन्छ । एमओयूमा परियोजनाका सम्बन्धमा विस्तृत विवरण छैन । रेल परियोजनामा खर्च हुने पैसाको
विषयमा कुनै कुरा अवश्य राखिनुपर्थ्यो ।
बेइजिङ लामो समयदेखि हिमालयपारि कोरिडोर बनाउने आफ्नो महत्त्वाकांक्षी योजनाका लागि रेलमार्ग महत्त्वपूर्ण हुने विश्वास राख्छ । अप्रिलमा चीनका परराष्ट्रमन्त्रीले चीन यस योजनाको माध्यमले भारतसँग पनि सम्पर्क मार्ग
स्थापना गर्ने आशा राख्छ भनेका थिए ।
‘यो सञ्जाल स्थापना भएमा चीन, नेपाल र भारतलाई जोड्ने एक आर्थिक कोरिडोर बनाउन सकिन्छ,’ उनले भनेका थिए ।
चीनले आफ्नो अन्तिम लक्ष्य नेपाल नभएको र उत्तर भारतको ठूलो बजारमा घुस्न चाहेको संकेत दिएको छ र यसका लागि भारतका व्यापारीहरूमार्फत सरकारलाई फकाउने कोशिश गरिरहेको छ ।
त्यसो त ओली रेलमार्गको मात्र सम्झौता गरेर चीनबाट फर्केका हैनन् । व्यापार र पारवहन प्रोटोकललाई शीघ्र अन्तिम रूप दिनका लागि सहमतिबाहेक दुवै पक्षले एक दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर गरे ।
चीनका कम्पनीहरूले ३५ करोड डलरको लगानीमा कालीगण्डकीमा १६४ मेगावाट क्षमताको बिजुलीका साथै बाँध र मर्स्याङ्दी नदीमा ६०० मेगावाट बिजुलीका साथै बाँध बनाउने घोषणा पनि गरेका छन् ।
एक चिनियाँ समाचारपत्रले नेपालमा भारतको दबाबका बारेमा सोध्दा ओलीले भन्नुभयो, ‘नेपालको वर्तमान सरकार कुनै पनि बाह्य प्रभाव वा दबाबमा काम गर्दैन ।’ यो स्पष्ट कुरा सुनेर चीन अत्यन्तै खुशी भएको हुनुपर्छ ।
आजतकमा छापिएको अनन्त कृष्णनको विश्लेषण
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...