×

NMB BANK
NIC ASIA

‘हामी भयौं बेघरबार, चरी लैजा समाचार ...’ जो चर्चित भिडियोमा देखिन्छन्

साउन १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – मनसुनी मौसममा हरेक वर्ष बाढीपहिरोको त्रासले सर्वसाधारणलाई आतंकित बनाउने गर्छ । आतंकित मात्रै होइन, बाढीपहिरोको चपेटामा परेर सर्वसाधारणको अल्यापूमै मृत्यु र घाइते हुने गरेका छन् । धनजनको क्षति पनि हुने गर्छ ।

Muktinath Bank

बाढीपहिरोले सर्वसाधारणलाई दुःख परिरहेका बेला क्षति न्यूनीकरण, उद्दार र राहत कार्यमा सरकारको प्रभावकारी उपस्थिति देखिँदैन । त्यही अवस्थालाई झल्काउन छायांकन गरिएको ‘हामी भयौं बेघरबार, चरी लैजा समाचार ...’ भिडियोलाई हरेक मनसुनमा सबैले सम्झिन्छन् र सुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७१ साउन मसान्तमा आएको भीषण बाढीले सुर्खेतमा ठूलो धनजनको क्षति गरायो । भेरी लगायत नदीमा आएको कहालीलाग्दो बाढीले १ सय १५ जनाको ज्यान लियो, थुप्रै अंगभंग भए । सुर्खेत उपत्यका जलमग्न भयो । ५ हजार बढी परिवार विस्थापित भए । ४ वर्षअघिको त्यही घटनामा आधारित रहेर तयार पारिएको गीति भिडियो यू–ट्यूबमा भाइरल हुने गरेको छ । जब बर्खा शुरू हुन्छ, तब वरिष्ठ कलाकार प्रेमदेव गिरी मादल बजाउँदै अभिनय गरेको भिडियो सबैले स्मरण गर्छन् ।


Advertisment
Nabil box
Kumari

‘त्यता के के हुँदैछ, यता बाढी पसेर
फेरि हामी दुःखीकै खायो मुटु कलेजा
हामी भयौं बेघरबार, चरी लैजा समाचार ...’

Vianet communication
Laxmi Bank

वरिष्ठ कलाकार प्रेमदेव गिरीको मुख्य अभिनय रहेको भिडियोमा त्यति बेलाको बाढीका बितण्डा देख्न सकिन्छ । उनले यस्तै सयौं गीत–संगीत र नाटकमा अभिनय गरेका छन् । पाका संस्कृतिकर्मी एवं वरिष्ठ मादल वादकको पहिचान बनाइसकेका गिरीले कपाल नकाटेको ७ वर्ष पुगेछ । उनी पुराना रंगकर्मी, वाद्यवादक हुन् । वीरेन्द्रनगर हिलेखालीमा बस्दै आएका गिरी अभिनित दर्जनौं फिल्मले अवार्ड पाइसकेका छन् ।

सबैभन्दा पहिले गिरीले २०२९ सालको प्रजातन्त्र दिवसको अवसरमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको अञ्चलस्तरीय लोकनृत्य प्रतियोगितामा भेरी अञ्चलको नेतृत्व गर्दै भाग लिए । त्यसमा ‘यानीमायाले बरै’ भाकामा उनको झ्याउरे नृत्य थियो । उनको टीम पहिलो भएपछि सफलताका दिन शुरू भएको गिरीले बताए ।

‘स्कूल पढ्दाताका नाटक, नृत्यमा कहिल्यै म दोस्रो भएको थिएन,’ लोकान्तरसँग कुराकानी गर्दै उनले भने, ‘त्यही वर्ष रेडियो नेपालले देशव्यापी लोकगीत प्रतियोगिता आयोजना गरेको थियो, मैले पनि भाग लिएँ । तर, मैले मादल बजाएको थिएँ ।’ उनले एकै वर्षमा आयोजना गरिएका २ वटा प्रतिस्पर्धामा पहिलो भएपछि सांस्कृतिक संस्थानले उनलाई रोज्यो ।

‘प्रतियोगितामा भाग लिन त्यसबेलाको कठिन यात्रा पार गरेर काठमाडौं पुगेका मसहित ३ जनाले राष्ट्रिय नाचघरमा करार सेवा शुरू गर्यौं, उतिबेला म १९ वर्षको थिए,’ उनले भने, ‘म वाद्यवादकका रुपमा काम गर्न थालें ।’ उनले २०४१ सालसम्म राष्ट्रिय नाचघरमा जागिर खाए । मासिक २ सय रुपैयाँबाट शुरू भएको उनको तलब बाहिरिँदा साढे ९ सयसम्म पुगेको थियो । ‘अस्थायी जागिर कुर्न मन लागेन,’ उनले थपे, ‘घर व्यवहार चलाउनुपर्ने बाध्यता आयो । अनि फकिएँ ।’

उनले विभिन्न नाटकमा पनि वाद्यवादकको भूमिका निर्वाह गरिसकेका छन् । ‘नाचघरमा काम गर्दा गर्दै हरिशचन्द्र, अन्धवेग, मुकुन्द इन्दिरा अमरसिंह (बालकृष्ण सम), हाम्रो पनि कथा छ, यमपुरीमा जिउँदो मान्छे, मसान (गोपालप्रसाद रिमाल) हाँस्दै जल्नुपर्छ, बादलले छोपेको घाम लगायतका नाटकमा अभिनय गरेको थिएँ,’ उनले थपे, ‘कतै बटुवाको भूमिकामा देखा परें त कतै सैनिकका रुपमा, कतै सारंगी रेट्ने गन्धर्वदेखि कतै घरेलु कामदारसम्मको भूमिका निर्वाह गरे । टेलिसिरियल ‘सनै रोइरहेछ’ र चलचित्र ‘बन्धकी’मा नायिकाको बाबुको अभिनय गरेँ ।’

प्रेमदेवले सयौं लोकगीत संकलन गरेर रेकर्ड गरेका छन् । ‘सरर्र मलेवा ... घुम्छ बादलमुनि मायालै, छ्याम्म छ्याम्म कट्टीका उकालो लाग्या परालका बिटा, सुर्खेतमै सालिना बुलबुले ताल, जाम माया बुलबुले । २०४० सालको दशकसम्म उनले संकलन गरेका केही चर्चित गीत हुन् ।

पूर्वमेचीदेखि महाकालीसम्मका श्रष्टामार्फत् मध्यपश्चिमको लोकलय, लोकभाकालाई उनले देशव्यापी बनाएका थिए । उनका गीतहरू स्वर्गीय लोकबहादुर क्षेत्री, प्रवीण गुरुङ, सुन्दर श्रेष्ठ, मधु क्षेत्री, नारायण रायमाझी, भुवन चन्द, सावित्री शाह, तारा थापा, सपना परियारका स्वरमा सुन्न सकिन्छ ।

राष्ट्रिय नाचघर छाडेपछि २०४३ देखि २०४५ सालसम्म उनले रेडियो नेपालमा वाद्यवादकका रुपमा काम गरे । २०४२ सालमा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित अञ्चलस्तरीय प्रतियोगितामा भेरीको तर्फबाट लोकनृत्यमा प्रथम स्थान हासिल गरे । १२ जनाको टीम थियो । २०४३ सालमा पुनः काठमाडौं फर्केर उनले रेडियो नेपालको लोकगीत शाखामा वाद्यवादकका रुपमा ३ वर्ष काम गरे । 

राजधानीबाट सुर्खेत फर्केपछिको उनको यात्रा शिक्षणतर्फ मोडियो । बुलबुले तालकै छेउमा रहेको इगरब्रिज नामक निजी स्कूलमा अतिरिक्त शिक्षकका रुपमा १२ वर्ष संगीत सिकाएर बिताए । २०५९ सालदेखि यता इन्टरनेसनल कोअपरेटिभ उच्च माविमा अतिरिक्त शिक्षकका रुपमा गीत, संगीत र वाद्यवादन सिकाइरहेका छन् । 

रंगमञ्चमा लागेर के पाउनुभो के गुमाउनुभो ? प्रेमदेवको उत्तर थियो, ‘गुमाउनमा सर्वस्व गुमाइयो । पाउनमा जीवनमा सबै चिज पाइयो, केही बाँकी रहेन । गुमाउन पनि कुनै चीज बाँकी राखिएन ।’ त्यसो त उनले राष्ट्रिय प्रतिभा पुरस्कार पनि पाएका हुन् । लोकदोहोरी लाइभ अचिभमेन्ट हात पारेका उनलाई न्यूयोर्क कला मञ्चले सम्मान पनि गर्यो । 

आफ्नो सारा जीवन नाट्य संगीत क्षेत्रमा सर्मपण गरेका उनलाई आफ्नो विगतबारे पश्चाताप छैन । बस्, उनको चाहना मौलिक लोक संगीत अमर रहोस् र समाजमा शिष्टता र मर्यादा कायम भइरहोस् भन्ने छ ।

जब सुर्खेत फर्के, उनले बागिनालाई एउटा कला मन्दिरका रुपमा स्थापना गर्ने सोच बनाए । अहिले यही बागिनाले यस क्षेत्रको कला–संस्कृतिलाई राष्ट्रको मूलधारमा जोड्ने काम गरेको छ । यसले थुपै्र कलाकार उत्पादन गरेको छ । राजधानी वा मोफसल जताबाट भएपनि मानिसहरू सुर्खेत आउँदा प्रेमदेव गिरीको नाम पनि सम्झेर आउँछन् ।

बागिना समूहका अध्यक्ष गोविन्द कोइराला पे्रमदेवलाई कला क्षेत्रको बहुआयामिक व्यक्तित्वका रुपमा सम्झन्छन् । ‘शिक्षाको कमीले उहाँको कलाकारितामा कुनै असर पारेन । विराट अभिनय क्षेत्रको प्रतिभा हो,’ कोइराला भन्छन्, ‘उहाँ मादलवादक मात्रै होइन संस्कृतिकर्मी पनि हो ।’

उनले अब प्रदेश सरकार नजिकै रहेको बताउँदै सरकारले पुरानो कला साहित्यलाई संरक्षण सम्बद्र्धन गर्न सहयोग पुर्याउनुपर्ने बताउँछन् । ‘अब आँगनमै सरकार आएको छ । यो सरकारले हामी सबैको पहिचान, कला, साहित्य र संस्कृति जगेर्ना गर्न पहल गरोस्,’ उनले भने, ‘कम्तिमा ज्यान नै संगीत तथा साहित्यमा सर्मपण गरेकाका लागि राज्यले केही सहायता गरोस् । उनीहरूलाई कला र साहित्यको प्रचारप्रसार गर्ने, संरक्षण गर्न अभिप्रेरित गर्ने योजनामा लगाओस् र उनीहरूको बाँच्नका लागि आवश्यक पर्ने वस्तु र सेवा उपलब्ध गराओस् ।’

हेर्नुस् भिडियो

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x