सिटी एक्सप्रेस मनी ट्रान्सफर र सिगे मनी ट्रान्सफर यूएसएबीच सम्झौता र सेवा शुरू

असोज ५, २०७५

काठमाडौं – अमेरिकाको १५ हजारभन्दा बढी एजेन्ट र विश्वभरी १ सय ३० बढी देशमा छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा शुरू भएको छ ।

सेवा सुरु भएपछि अमेरिकामा रहेको कुनै पनि नेपालीले जुनसुकै प्रदेशबाट सिगे मनी ट्रान्सफरमार्फत् नेपालको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले बताए ।


ADVERTISEMENT

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरबाट चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका थिए । सिगेका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिट्यान्स सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधिमार्फत् सहकार्य गर्दै जाने बताए । 

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना ६ हजारभन्दा बढी नेपालका एजेन्टमार्फत् भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

असोज ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस