कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
काठमाडौं — अभिनेत्री दीपिका पादुकोण बलिउडकी सबभन्दा दमदार अभिनेत्रीमध्ये एक मानिन्छिन् ।
मिडियाको तीखो प्रश्नको सामना गर्दा वा कुनै स्टारले भनेको अप्रिय कुराको मुखभरि जवाफ फर्काउँदा होस्, दीपिकाले प्रभावित पारिरहेकी हुन्छिन् ।
तर कुनै समयमा दीपिकाको दिमागमा भोलिपल्टको बिहान देख्न नपाए हुन्थ्यो भन्ने सोच पनि हुर्केको थियो ।
दीपिकालाई त्यतिखेर डिप्रेसन भएको थियो । उनले आफ्नो डिप्रेसनको कुरालाई जहिले पनि खुलेर शेयर गर्ने गरेकी छन् । उनी त्यतिखेरको कुरा सम्झेर भावुक हुन्छिन् र रुन्छिन् । त्यतिखेर हरेक दिन उनका लागि संघर्षका रूपमा रहेको उनको भनाइ छ ।
दीपिकाले हालै लिभ, लभ एन्ड लाफ फाउन्डेसनका लागि एउटा भिडियो शूट गराइन् । त्यसमा उनले डिप्रेसन हुँदाका दिनको सम्झना गरेकी छन् ।
उनले भनिन्, ‘म आफूले भोगेको पीडा कसैलाई पनि सुनाउन चाहँदिनथें किनकि कसैले पनि मलाई बुझ्छ जस्तो लाग्दैनथियो । मैले त्यतिखेर अनुभव गरेको कुरा शब्दमा बयान गर्न सक्दिनँ । मलाई निद्राबाट ब्युँझन समेत डर लाग्थ्यो ।
ब्युँझेपछि संसारलाई अनि आफूभित्र हुर्किरहेको सोचलाई सामना गर्न म डराउँथें ।’
उनी थप्छिन्, ‘भावनाहरूका साथ संघर्ष गर्ने क्रममा मैले संसारका सामु हँसमुख राख्नुपर्ने हुन्थ्यो । म रुन चाहन्थें तर मानिसले के भन्लान् भनी म आँसु रोकेर बस्थें । व्यस्त अभिनेत्री भएका कारण मैले नर्भस ब्रेकडाउनका लागि समय
निकाल्न पनि पाइनँ । हरेक दिन नयाँ कार्यतालिका बन्दा झनै अप्ठ्यारो हुन्थ्यो ।’
एजेन्सी
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...