रेलको ड्राइभर बन्न चाहन्थे यी अभिनेता, लक्की मान्थे सलमान !

कात्तिक १, २०७५

बलिउडका अभिनेताको लिस्टको टप टेनमा पर्ने एक नाम हो ओम पुरी । १८ अक्टुबर १९५० मा पञ्जावमा जन्मेका ओमपुरीले अभिनय गर्ने सोचेकै थिएनन् । तर जब उनी पर्दामा आए उनी चर्चामा रहे । 

ओम पुरीको जन्म पञ्जावको अंबालमा भएको थियो । बाल्यकालदेखि नै उनलाई रेल प्रति निकै लगाव थियो । यसका कारण थियो की उनको घर जहाँ थियो त्यसको नजिक एक रेलवे यार्ड बनेको थियो । रात परेपछि उनी त्यहाँ सुत्न जान्थे । बाल्यकालदेखिनै उनी रेलको ड्राइभर बन्ने सपना देख्थे । 


ADVERTISEMENT

ओम पुरीले बाल्यकालमा कयौं समस्याहरु झेले । परिवारको जरुरतलाई पुरा गर्न उनी केही समय ढावामा काम पनि गरे । 

ओम पुरीले दिल्लीको नेशनल स्कूल अफ ड्रामा मा अभिनय सिके जहाँ अभिनेता नसीरुद्दीन शाह उनका सहपाठी थिए । बलिउडका केही सितारा डेविड धवन पनि उनीसँगै थिए । 

ओम पुरीले १९७६ मा मरा७ी फिल्म घासीराम कोतवालाबाट डेव्यू गरेका थिए । ओम पुरीको फिल्म आरोहण तथा अर्ध सत्यका लागि उनले बेस्ट एक्टरको राष्ट्रिय अवार्ड पाएका थिए । 

१९८८ मा ओम पुरीले दुरदर्शनको चर्चित टिभी सिरिज भारत एक खोजमा केही भूमिका निभाएका थिए जसलाई दर्शकले निकै मन पराएका थिए । 

ओम पुरीले सलमान खानसँग केही फिल्ममा काम गरेका छन् । उनले सलमानका साथ पछिल्लो फिल्म ट्युबलाइटमा काम गरेका थिए । तर फिल्म रिलिज हुनुभन्दा पहिला पुरी ६ जनावरी २०१७ मा यो धर्तीबाट विदा भए ।

सलमान खान सधै ओमपुरीको नजिक थिए । जब ट्युबलाइट फिल्मको प्रमोशनमा पुरीका बारेमा सोधियो तब सलमान निकै भावुक भए । उनले पुरी आफ्ना लागि निकै भाग्यमानी भएको बताएका थिए । 
 

कात्तिक १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस