ताइवानमा भएको ट्रेन दुर्घटना सीमाभन्दा दुईगुणा बढी गतिमा चलाएकोले भएको खुलासा

कात्तिक ६, २०७५

काठमाडौं — ताइवानमा १८ जनाको ज्यान जानेगरी सोमवार भएको रेल दुर्घटनापछि गरिएको अनुसन्धानले निर्धारित सीमाभन्दा दुईगुणा बढी गतिमा रेल कुदाइएकाले दुर्घटना भएको देखाएको छ । 

ट्रेनचालकलाई लापरवाही गरेकोमा अनुसन्धान गरिँदैछ । उनले रेलको स्वचालित सुरक्षा प्रणालीलाई बन्द गरिदिएका थिए जसले गर्दा ब्रेक लाग्न पाएको थिएन । 

पुयुमा सेवाको रेल ट्य्राकबाट उछिट्टिएको थियो । रेल ताइपेइको काँठबाट दक्षिणपूर्वी तटमा रहेको शहर ताइतुङतर्फ जाँदै थियो । 

रेलमा ३६६ यात्रु थिए । सबै आठवटा बोगीहरू उछिट्टिएका थिए । 

सबभन्दा बढी मानिस पहिलो बोगीमा मारिएको र त्यो पूरै उत्तानो परेको एक सरकारी प्रवक्ताले बताए । 

यो रेल चल्न थालेको जम्मा ६ वर्षको थियो र यो पहाडको अप्ठ्यारो बाटोमा १५० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्थ्यो । तर दुर्घटना भएको स्थानमा गति सीमा ७४ किलोमिटर प्रतिघन्टा मात्र थियो । मोड काट्दा यस्ता रेलहरू
ढल्किने गरी बनाइएका हुन्छन् । 

ट्रेनचालक यू झेन–झोङलाई १६ हजार २०० डलरको जमानतमा हिरासतमुक्त गरिएको ताइवान रेलमार्ग प्रशासनले बतायो ।

द गार्डियनबाट
 


ADVERTISEMENT

कात्तिक ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस