×

NMB BANK
NIC ASIA

खशोग्गीको हत्यामा नक्कली व्यक्ति प्रयोग गरिएको खुलासा

कात्तिक ६, २०७५

NTC
Premier Steels

काठमाडौं — इस्तानबुलमा साउदी अरबको वाणिज्य दूतावासमा पत्रकार जमाल खशोग्गीको हत्यासम्बन्धी सनसनीपूर्ण खबर आएको छ ।

त्यस दिनको सीसीटीभी फूटेजले पत्रकार हत्यापछि भ्रम उत्पन्न गर्नका लागि अपनाइएको तरिकाको बारेमा थाहा हुन्छ । 

सन् २०१८ को अक्टोबर २ तारिखको बिहान ११ बजेर ३ मिनेट जाँदा शर्ट र जीन्स लगाएको एक व्यक्ति आफ्ना केही साथीहरूसँग दूतावासमा पसेको देखिन्छ । दुई घन्टापछि दिउँसो सबा १ बजे पत्रकार खशोग्गी दूतावासमा पस्छन् र
केही मिनेटभित्र हत्याको खेल खेलिन्छ । 

न्युयोर्क टाइम्सका अनुसार, त्यस दिन वाणिज्य दूतावासभित्र पसेको दुई मिनेटमै खशोग्गीमाथि आक्रमण गरिएको थियो र सात मिनेटभित्र उनको मृत्यु भयो । त्यसपछि २२ मिनेटभित्र उनको शरीरलाई टुक्राटुक्रा पारियो । खशोग्गीको
हत्या गर्नैका लागि त्यहाँ आएको साउदी टोली आफ्ना काम सकेर दुई घन्टाभित्र त्यहाँबाट हिँड्यो ।

सीसीटीभीबाट प्रस्ट हुन्छ, साउदी अरबका हत्याराहरूले भ्रम उत्पन्न गर्नका लागि खशोग्गीको बडी डबल अर्थात् नक्कली व्यक्ति ल्याएका थिए । हत्यापछि तिनै व्यक्तिलाई खशोग्गीको लुगा लगाइयो । खशोग्गी दूतावासबाट निस्केको
भ्रम दिलाउन यो प्रपञ्च रचिएको थियो । 

केही समयसम्म त हत्यालाई ढाकछोप गरियो तर एउटा जुत्ताले सबै पोल खोलिदियो । 

टर्कीका अधिकारीहरूले जारी गरेको भिडियोमा खशोग्गी जस्तो देखिने व्यक्ति उनको हत्याको लगत्तै पछि इस्तानबुलको सडकमा घुमिरहेको देखिन्छ । केही समयपछि उसले खशोग्गीको कपडा खोल्यो । 

खशोग्गीको कपडा लगाउने व्यक्ति उनीजस्तै देखिन्छ । चश्मा र दाह्री पनि उनकै जस्तो छ । उमेर र शरीर हेरेर कसैले पनि यो खशोग्गी हैन भन्न सक्दैन । तर जुत्ताले दुई फरक व्यक्ति हुन् भन्ने खुलाइदिन्छ । 

अनि प्रश्न उठ्न थाल्यो, यिनै पत्रकार खशोग्गी हुन् भने जुत्ता किन खोलेनन् । यी खशोग्गी हैनन् भने उनको कपडा लगाएर दूतावासबाहिर आउने व्यक्ति को हो ?

नक्कली व्यक्ति मुस्तफा अल मदनी भएको बताइएको छ । उनी साउदी जाँच टोलीका एक सदस्य थिए र खशोग्गीलाई मार्नका लागि दूतावास पठाइएको टोलीमा थिए । मदनी ५७ वर्षका भए । 

मुस्तफा दूतावासभित्र जाँदा उसको दाह्री थिएन । उसले अर्कै कपडा लगाएको थियो । उसले स्पोर्ट्स शु लगाएको थियो । तर उसले खशोग्गीको कपडा त लगायो र दाह्री पनि टाँस्यो तर जुत्ता बदल्न बिर्सेछ । स्पोर्ट्स शु नै लगाएर ऊ
बाहिर निस्कियो जबकि खशोग्गीले छालाको कालो जुत्ता लगाएका थिए । त्यही फूटेजले खशोग्गी हत्यामा टर्कीका अनुसन्धानकर्तालाई महत्त्वपूर्ण प्रमाण दिएको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x