‘आयो तिहार भाग ५’ बजारमा

कात्तिक ७, २०७५

काठमाडौं– गायक तथा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग ५’ बजारमा आएको छ । हरेक वर्ष तिहारमा आफ्नो छुट्टै प्रस्तुतसहितको गीत बजारमा ल्याएर दर्शक, श्रोताको मन जित्न सफल कलाकार परियारको यो बर्ष पनि तिहार बिशेष गीत बजारमा आएको हो । 

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा भिडियोसहितको गीत बजारमा ल्याएको  हो । चर्चित मोडल ध्रुव हिमाली र रिना थापामगरको नृत्य तथा अभिनय रहेको उक्त गीतमा घरबेटीलाई बिभिन्न तरिकाले सम्बोधन गर्दै रिती, संस्कृति र परम्परालाई समेटेर रमाईलो भैले भट्टयाइएको पनि छ । खुमन अधिकारी र लक्ष्मी परियारको सुमधुर आवाज रहेको छ ।


ADVERTISEMENT

गीतमा बिष्णु न्यौपाने शब्द, संगीत रहेको छ भने एकेन्द्र सारा शंकरले निर्देशन गरेका छन् ।  भिडियोसहित बजारमा आएको गीतमा तिहारमा खेलिने देउसी र भैलोलाई बिशेष प्राथमिकताका साथ देखाइएको छ । तिहारको बिशेष महत्व भाईटिका संगै देउसी, भैलेलाई पनि मानिन्छ । 
 

कात्तिक ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस