शेयर कारोबार आजदेखि अनलाइनबाट, मोबाइलबाटै किनबेच गर्न सकिने

कात्तिक २०, २०७५

काठमाडौं–आजदेखि नेपालको शेयर बजार अनलाइन प्रणालीबाट हुने भएको छ । योसँगै शेयर बजारका लगानीकर्ताले पूर्ण स्वचालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउनेछन् । 

धितोपत्र बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । यसले शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र नेपालको पूँजी बजार विकास र विस्तारको कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।


ADVERTISEMENT

आज देखि सुरुवात हुने अनलाइन कारोबार प्रणाली केहि समयका लागि ब्रोकरहरुले मात्र प्रयोग सक्ने छन् । लगानीकर्ताले आफैले प्रयोग गर्न भने केहि समय पर्खनुपर्नेछ ।

लगानीकर्ता समेत आफै यो पूर्ण स्वचालित अनलाइन प्रणाली मार्फत शेयर किनबेच गर्दा इन्टरनेटको माध्यमबाट मोबाइल, ल्यापटप र कम्युटरको सहायताले शेयर किनबेचमा सहभागी हुनसक्ने छन् ।
 

कात्तिक २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार