×

NMB BANK
NIC ASIA

प्रदेश १ मा मन्त्रालयको सेवा विस्तार तीव्र, मन्त्रीले एकै दिनमा उद्घाटन गरे ८ कार्यालय

कात्तिक २०, २०७५

NTC
Premier Steels

विराटनगर – प्रदेश १ मा मन्त्रालयका कार्यक्षेत्र विस्तारको काम तीव्र पारिएको छ । एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले एकैदिन ८ वटा कार्यालयको उद्घाटन गरेका हुन् ।

Muktinath Bank

पाँचथरबाट निर्वाचित भएका आङ्बोले आफ्नै जिल्ला सहितका ८ वटा कार्यालयको एकै दिन उद्घाटन गरे । मन्त्री आङ्बोले एकै दिन ताप्लेजुङ, पाँचथर र इलामका कार्यालयहरूको उद्घाटन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पाँचथर, ताप्लेजुङ र इलाम कार्यक्षेत्र रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र तोकिएका कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको उद्घाटन गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

जिल्ला स्तरको कार्यक्षेत्र रहेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, डिभिजन वन कार्यालय, पाँचथर अस्पताल र नयाँ शहर आयोजना कार्यालय फिदिम एकैदिन मन्त्री आङ्बोले उद्घाटन गरेका हुन् ।

Vianet communication

भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो । 

पाँचथरमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका चारवटा कार्यालय उद्घाटन गरिएका छन् । उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका दुई र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको एक तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको एक गरी आठवटा कार्यालय उद्घाटन गरे । 

कार्यलयको उद्घाटनपछि मन्त्री आङ्बोलाई जिल्लाका दलका नेताहरूले पाँचथरलाई मिनी प्रदेश राजधानी बनाइदिएकोमा बधाई दिएका थिए । मन्त्री आङ्बोले संविधानको व्यवस्था अनुसार प्रदेशको अधिकार कार्यन्वयन गरिएको बताए ।

कार्यालय उद्घाटन कार्यालयमा प्रदेशका सम्बन्धित मन्त्रालयका सचिवहरूसहित उच्च पदस्थ कर्मचारीहरू सहभागी थिए । चालु वर्षको बजेटमा अर्थमन्त्री आङ्बोले आफ्नो गृहजिल्लाका लागि मात्रै एक अर्ब हाराहारीको रकम खर्चिएकोमा स्थानीय नेता/कार्यकर्ता खुशी देखिएका छन्  ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x