×

NMB BANK
NIC ASIA

जुवाडे विरुद्धको अभियानमा सुर्खेत प्रहरी, ट्राफिक कारवाहीबाट ४ महिनामा ४० लाख राजश्व संकलन

कात्तिक २५, २०७५

NTC
Premier Steels

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले दशैं र तिहारकोबीचमा ६ ओटा जुवाखालबाट ८ लाख ७८ हजार ६६३ रुपैयाँ बरामद गरेको छ ।

Muktinath Bank

घटस्थापनादेखि कात्तिक २५ गतेसम्म ३८ जना जुवाडेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । रजौराका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा विरुद्ध सशक्त अप्रेसन चलाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जिल्लामा शान्ति सुव्यवस्था दशैं र तिहारको बीचमा असाध्यै राम्रो रह्यो’ एसपी रजौरेले भने, ‘कडा सुरक्षा व्यवस्थाका कारण सुर्खेतमा यो वर्ष अप्रिय घटना भएनन् ।’ उनले घरायसी मदिरा, पटाखा, लागुऔषध दुव्र्यसनी, जुवालाई विशेष टार्गट गरेर जिल्ला प्रहरी कार्यालय सुर्खेत खटिएको बताए । ‘हामीले सुर्खेतको वातवरणलाई शान्तिपूर्ण बनाईराख्न विभिन्न अभियानहरु समेत सञ्चालन गरेका थियौं’ उनले भने, ‘सबैबाट सकारात्मक सहयोग पाइएको कारण दशैं र तिहार पर्वलाई शान्तिपूर्ण बनाउन हामी सफल भयौं ।’


Advertisment
Nabil box
Kumari

यता, जिल्ला ट्राफिक कार्यालय सुर्खेतले चालु आर्थिक वर्ष २०७५/०७६  कार्तिक २४ गते सम्म ६ हजार ७६१ लाई कारवाही गरिएको जनाएका छ । कारवाहीबाट कार्यालयले राजश्व वापत ४० लाख २८ हजार संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी निरीक्षक हरिबहादुर बिसीका अनुसार गत आर्थिक बर्ष २०७४/०७५ को  सवारि कारबाही संख्या १४ हजार ९९४ रहेको थियो भने राजश्व  ८७ लाख ७३ हजार राजश्व संकलन भएको थियो ।

Vianet communication

दशैं तिहारमा सुर्खेतमा दुई जनाले सवारी दुर्घटनमा परेर ज्यान गुमाएका छन् । प्रहरी निरीक्षक विसीका अनुसार ७ जना गम्भीर घाइते भएका थिए  । गत वर्षको तुलनामा ठूला दुर्घटना दुई ओटा घटे भने सामान्य दुर्घटना २४ ओटा घटेका छन् । ‘दशैं र तिहारको अवधिमा २ हजार ४०८ सवारी साधनलाई कारवाही गरिएको थियो । त्यसबाट १३ लाख ८३ हजार पाँचसय राजश्व जम्मा भएको छ’ प्रहरी निरीक्षक विसीले भने, ‘दशैं तिहारको अवधिमा ७२ जना मापसेमा परेका थिए । ती मध्ये १५ जनाको मोटरसाईकल नियन्त्रणमा नै राखेका छौं ।’

उनका अनुसार कार्यालयले सवारी चालक, सर्वसाधारण यात्रुलगायतलाई जनचेतनामुलक कक्षा पनि दिएको छ । ‘हामीले दुर्घटना न्यूनीकरण गर्न विभिन्न ठाँउमा प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेका थियौं’ उनले भने, ‘चालु आर्थिक वर्षमा हामीले त्यस्ता कार्यक्रमहरु ८२ पटक गरेका छौं । र यो कार्यक्रमबाट ३१६१ जना लाभान्वित भएका छन् ।’ 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार दशैं र तिहारको बेला बरामद गरिएको पटाखालाई डिस्पोज गरेको छ । दशैं र तिहारका समयमा विभिन्न स्थानबाट फेला परेको पटखा डिस्पोज गरिएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x