प्रियंकाले सार्वजनिक गरिन् ७५ फिट लामो वेडिङ गाउन

मंसिर १९, २०७५

काठमाडौं — अमेरिकी गायक निक जोनससँग विवाह गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार इन्स्टाग्राममा आफ्नो वैवाहिक वस्त्र सार्वजनिक गरेकी छिन् । 

राल्फ लौरेनले डिजाइन गरेको कपडामा बीस लाखवटा मदर अफ पर्ल सेक्विन सिइएको छ । 

निक र प्रियंकाले तुफानी प्रेमपछि राजस्थानमा विवाह गरेका हुन् । 

प्रियंकाको वस्त्र धेर भारी भएकाले केही मानिसको टोली नै यसलाई बोक्नका लागि खटिनुपर्ने स्थिति छ । 

प्रियंकाले विवाह समारोहमा हिन्दू र क्रिस्चियन विधि अपनाइएको र आफूहरू हुर्केको सुन्दर परम्परामा अपनाएको बताइन् । 

बीबीसीबाट
 


ADVERTISEMENT

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस