×

NMB BANK
NIC ASIA

‘प्रसाद’ हेरेपछि धुर्मुस–सुन्तली: ‘मौलिक कथाको पृथक चलचित्र हेर्यौ’

मंसिर २४, २०७५

NTC
Premier Steels

काठमाडौं– गत शुक्रबारबार प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’लाई दर्शकले रुचाएका छन् । चलचित्रकर्मी तथा समीक्षकबाट पनि चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेको छ ।  

Muktinath Bank

यसैबीच हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले ‘प्रसाद’ मौलिक कथामा उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिएका छन् । आइतबार साँझ सिभिल मलमा चलचित्र हेरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनिहरुले ‘प्रसाद’ सबै दर्शकले हेर्नुपर्ने चलचित्र बनेको बताए । यो जोडीले चलचित्रको कथा, प्रस्तुती, कलाकारको अभिनय, निर्देशकको मिहिनेतको खुलेरै प्रशंसा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘धेरैपछि एउटा पृथक चलचित्र हेरियो अर्थात आज मिठो ‘प्रसाद’ ग्रहण गरियो’, सितारामले भने,–‘मौलिक कथामा हाम्रै घर आँगनमा घटिरहेको घटनालाई सरल तरिकाले देखाइएको छ । चलचित्र हेरिरहँदा समय बितेको पत्तै भएन ।’ 
कुञ्जनाले कलाकारहरुको हार्डवर्कको खुलेर प्रशंसा गरिन् । ‘नम्रतालाई अहिलेसम्मकै पृथक भूमिकामा हेर्न पाए’ उनले भनिन् –‘विपिन त ‘एभर ग्रिन एक्टर’नै हो । उसको अभिनयले मन छोयो ।’ उनले सामाजिक कथामा चलचित्र बनेको हुनाले समाजमा बस्ने हरेक व्यक्तिले ‘प्रसाद’ हेर्नुपर्ने बताईन् ।


Advertisment
Nabil box
Kumari

चलचित्रका निर्देशक दिनेश राउत, अभिनेत्री नम्रता श्रेष्ठ, निर्माता सुभाष थापा, लेखक सुशील पौडेल दर्शक प्रतिक्रिया बुझन् हल पुगेका थिए । उनिहरु धुर्मुस र सुन्तलीको सकारात्मक प्रतिक्रियाबाट उत्साहित देखिए । ‘सबैबाट निकै राम्रो प्रतिक्रिया पाईरहेकी छु । अत्यन्तै सुखी छु’– नम्रताले भनिन् । निर्देशक राउतले सबैबाट राम्रो प्रतिक्रिया पाउनु नै आफूहरुको सफलता रहेको बताए । उनले यो प्रतिक्रियाबाट आफूमा अझ बढी जिम्मेवारी थपिएको प्रतिक्रिया दिए । लेखक सुशीलले आफूहरुले दिन खोजेको ‘कन्टेन्ट’लाई चलचित्रकर्मी, समीक्षक तथा दर्शकले रुचाएकोमा खुसी ब्यक्त गरे ।

Vianet communication

अन्तरजातिय विवाह गरि काठमाडौं छिरेको एक दम्पत्तीको जीवनमा सन्तान नहुँदा आउने उदार चढावलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत मुख्य भूमिकामा प्रस्तुत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x