भारतीय फिल्मका सेलिब्रेटी जसले आफूभन्दा २८ वर्ष कान्छी केटीसँग विवाह गरे !

पुस २१, २०७५

सेलिब्रेटीहरुको जीवनशैली, चालचलन व्यवहार दैनिकी बारे उनीहरुका फ्यानहरुको चासो हुने गरेको छ । 

उनीहरुले खेल्ने फिल्मका साथसाथै उनीहरुको कमाइ, जीवनशैली, विवाह पारिवारिक स्थितिका बारेमा पनि सर्वसाधारणले चासो दिइरहेका हुन्छन् । 


ADVERTISEMENT

भारतीय फिल्मको प्रभाव नेपालमा पनि राम्रै पर्ने गरेको छ । भारतीय फिल्महरुले नेपाली दर्शकको मन तानेपछि उनीहरुको जीवनशैलीका बारेमा चासो व्यक्त गर्नु स्वभाविक हो । 

यसैबीच हामीले भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका भारतीय फिल्म उद्योगका सेलिब्रेटी जोडीहरुको उमेर अन्तरबारे यहाँ उल्लेख गर्दैछौं । 

२८ वर्षको फरक

बलिउडमा केही यस्ता जोडी छन् जसको उमेरको फरक ६ महिनादेखि २८ वर्षसम्म छ । कविर वेदी उमेरले ७० कटिसकेका छन् । वेदी यस्ता अभिनेता हुन् जसले आफूभन्दा २८ वर्ष कान्छी महिलासँग विवाह गरे । वेदीले प्रविण दोसाँझसँग ७० वर्षको उमेरमा सन् २०१६ मा विवाह गरेका थिए । प्रविण कविरकी छोरी पुजाभन्दा कान्छी छिन् ।

सोहा अलि खान

सोहा अलि खान आफ्ना श्रीमान कुणाल खेमुभन्दा ५ वर्षले जेठी छिन् ।

सहिद कपुरकी पत्नी १३ वर्ष कान्छी

अभिनेता सहिद कपुरले आफूभन्दा १३ वर्ष कान्छी युवती मीरा राजपूतसँग सन् २०१५ मा विवाह गरेका थिए । 

करिना कपुर १२ वर्ष कान्छी

सैफ अली खानले सन् २०१२ मा आफूभन्दा १२ वर्ष कान्छी करिना कपुरसँग विवाह गरे । सैफकी डिभोर्सी श्रीमती अमृता सिंह उनीभन्दा १२ वर्ष जेठी थिइन् । 

अमिर खानकी पत्नी ९ वर्ष कान्छी

अमिर खानले जेठी श्रीमती रिना दत्तसँग डिभोर्स भएको चार वर्षपछि सन् २००५ मा ९ वर्ष कान्छी किरण रावसँग विवाह गरे । 

हेमा मालनी १३ वर्ष कान्छी

बलिउडका पुराना अभिनेता धर्मेन्द्र र हेमा मालनीको उमेरमा पनि फरक १३ वर्ष छ । अभिनेता रितेश देशमुख र जेनिलिया डेसुजाको उमेरमा ९ वर्षको फरक छ । 

 

दिलीप कुमारको पनि उस्तै

दिलीप कुमारले सायरा बानोसँग सन् १९६६ मा विवाह गरेका हुन्, जतिबेला दिलीप ४५ वर्षका थिए भने सायरा २२ वर्षकी थिइन् ।

 

अजय देवगण र काजोलबीच ५ वर्षको फरक

अजय देवगण र काजोलबीच ५ वर्षको फरक छ भने नवविवाहित जोडी सोनम कपुर र आनन्द आहुजाबीच २ वर्ष मात्र फरक छ । 

अनुष्का ६ महिना कान्छी

क्रिकेटर विराट कोहली तथा अभिनेत्री अनुष्का शर्माको उमेरमा ६ महिनाको फरक छ । 

पत्नी भन्दा कान्छा

अभिनेता अभिषेक बच्चन आफ्नी श्रीमती ऐश्वर्या राय बच्चनभन्दा २ वर्षले कान्छा छन् । 

निर्देशकबाट अभिनेता बनेका फरहान अख्तरले सन् २००६ मा आफूभन्दा ६ वर्षले जेठी अधुना भवानीसँग विवाह गरेका थिए । उनीहरूको वैवाहिक सम्बन्ध लामो समय भने टिक्न सकेन । 

१९ वर्ष कान्छीसँग सञ्जुको विवाह

सञ्जय दत्तले आफूभन्दा १९ वर्ष कान्छी मान्यतासँग विवाह गरेका छन् । 

२० वर्षको वैवाहिक जीवन टुंग्याएका अभिनेता अर्जुन रामपाल मेहर जेसिकाभन्दा दुई वर्ष कान्छा थिए । नायिका शिल्पा शेट्टी आफ्ना श्रीमान राज कुन्द्राभन्दा तीन महिना जेठी छिन् । 

अभिनेत्री विपशा बसु आफ्ना श्रीमान् करन सिंह ग्रोवरभन्दा ४ वर्ष जेठी छिन् । 

पुस २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस