×

NMB BANK
NIC ASIA

‘विमानस्थलमा घरेलु सामान ल्याउँदा श्रमिकमाथि शोषण, व्यापारीलाई मालामाल ?’

माघ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विदेशमा काम गरेर फर्कने नेपाली कामदारमाथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने दुव्र्यवहारप्रति संसदमा आवाज उठेको छ ।

Muktinath Bank

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका अत्तर कमाल मुसलवानले नेपाली श्रमिकमाथि विमानस्थलमा हुने दुव्र्यवहारबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विदेशमा गएका श्रमिकहरूले एउटा फोन ल्याउँदा, घरायसी सामान ल्याउँदा उनमाथि जुन व्यवहार अगरिएको छ, रेमिट्यान्सले चलेको देशमा एउटा श्रमिकमाथि शोषण र व्यापारीमाथि मालामाल हुने जुन व्यवस्था गरिएको छ, यसको अन्त्य हुनुपर्छ,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

पछिल्ला दिनमा विमानस्थलमा विदेशबाट फर्किने नेपाली कामदारमाथि कडाइ गरिएको छ । नेपाल सरकारले चालू आर्थिक वर्षदेखि लागू गरेको भन्सार शुल्क सम्बन्धी नयाँ नियमले प्रवासी नेपाली मारमा परेको भन्दै प्रतिपक्षीले मात्र नभइ विभिन्न सरोकारवालाले पनि आपत्ति जनाएका छन् ।

Vianet communication
Laxmi Bank

विदेशबाट फर्किंदा ल्याउन पाइने केही वस्तुलाई प्रतिबन्ध गर्दै झिटीगुन्टा आदेशमा संशोधनमार्फत् सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्त्वपूर्ण परिवर्तन गरेर भन्सारमा कडाइ गरेको थियो ।

श्रमिकले दुःख गरेर ल्याएको सामान जफत गरेर लिलामीमा राखेर सरकारले उपलब्धीको रूपमा प्रचार गर्नु राम्रो नभएको प्रवासी नेपालीको गुनासो छ । बरू जफत गर्नुको सट्टा तोकिएको न्यूनतम भन्सार शुल्क लगाएर ती सामान छोड्नुपर्ने आवाज उठ्दै आएको छ ।

चालू आर्थिक वर्षमा लागू भएको नयाँ झिटीगुन्टा आदेशले ल्यापटप वा कम्प्यूटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १–१ थानभन्दा बढी ल्याउन पाइने छैन । तोकिएकोभन्दा बढी परिणाममा सामान ल्याए विमानस्थलमा जफत गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x