×

NMB BANK
NIC ASIA

निरीह दुईतिहाइ सरकार : भाषण समृद्धिको, विकास निर्माणका आयोजना ठप्प !

विद्युतका ९१ वटा ठेक्का रुग्ण, ४५ को म्याद थप नै भएन

फागुन ९, २०७५

NTC
Premier Steels

काठमाडौं – दुईतिहाइको सरकार । हरेक भाषणमा समृद्धि । अझ सरकारी नारा नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ ।

Muktinath Bank

मुलुक समृद्धिको यात्रामा अघि बढिसकेको र विकास निर्माणका काम समेत तीव्र गतिमा अघि बढिरहेको भाषण प्रधानमन्त्री तथा मन्त्रीबाट पटक–पटक सुनिँदै आएको छ । तर विगतदेखि नै सञ्चालनमा रहेका विकास निर्माणका काम भने ठप्पप्रायः छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षौं पहिले सम्पन्न हुनुपर्ने विकास निर्माणका सयौं काम न पूरा भएका छन्, न त दुई तिहाइको सरकारले काम अघि बढाउन अतिरिक्त अग्रसरता नै देखाएको छ ।


Advertisment
Nabil box
Kumari

यसअघि नै सम्पन्न हुनुपर्ने धेरैजसो ठेक्कामा काम सम्पन्न भएको छैन भने सरकारले ती ठेक्का सम्झौताको म्याद थप गर्नका लागि पहल पनि गरेको छैन । विगतमा काम नभएका आयोजनाहरू निर्माणका लागि सरकारले ठेक्का सम्झौताको म्याद थपेर काम अघि बढाउनु पर्ने जानकारहरू बताउँछन् ।

Vianet communication

४ वर्षको काम ८ वर्षमा आधा मात्रै !

अपर त्रिशूली थ्री ए को प्रसारण लाइन निर्माणको काम ४ वर्षभित्रै सम्पन्न गर्नेगरी चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनसँग विद्युत् प्राधिकरणले सम्झौता गरेको थियो । तर आठ वर्ष बितिसक्दा समेत उक्त काम आधा मात्रै सम्पन्न भएको छ । चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन र विद्युत् प्राधिकरणबीच उक्त प्रसारण लाइन निर्माणका लागि २०६७ साल चैत १३ गते सम्झौता भएको थियो ।

‘अपर त्रिशूली थ्री ए’ प्रसारण लाइन निर्माणका लागि १ अर्ब ९१ करोड ४९ लाख ५० हजार रुपैयाँमा लागतमा दुवै पक्षबीच ठेक्का सम्झौता भएको थियो ।

उक्त ठेक्का सम्झौता अनुसार सो काम २०७३ असार १० गतेभित्रै सम्पन्न गर्नु पर्ने थियो । तर हालसम्म ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको सरकारी अध्ययनले नै देखाएको छ ।

अन्तिम चरणमा आएर ठप्प कुलेखानी

कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम समेत अन्तिम अवस्थामा आएर ठप्प छ । उक्त आयोजना निर्माणका लागि २०६४ चैत २२ गते सिनो हाइड्रो पावर कर्पोरेसन चाइनासँग सम्झौता भएको थियो ।

१ अर्ब ९ करोड २५ लाख २ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०६८ मै सम्पन्न हुनुपर्ने उक्त आयोजनाको काम ९९ दशमलव ५ प्रतिशत सम्पन्न भएपनि सरकारले पछिल्लो समय ठेक्का सम्झौता नवीकरण नगर्दा आयोजनाको काम अलपत्र परेको छ । उक्त आयोजना निर्माणका लागि विगत ६ महिनादेखि सरकारले ठेक्काको म्याद थप गरेको छैन ।

सम्झौताअनुसार ४ वर्षमा सम्पन्न हुनुपर्ने उक्त आयोजना ११ वर्षसम्म सम्पन्न भएको छैन । ८ पटक म्याद थपिएको उक्त आयोजनाको म्याद पछिल्लो ६ महिनायता सरकारले थप नगर्दा काम अलपत्र परेको छ ।

अपर त्रिशूली थ्री ए र कुलेखानी तेस्रो उदाहरण मात्रै हुन् । धेरै आयोजनाको हविगत यस्तै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेको ‘सरकारद्वारा सञ्चालित आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण प्रतिवेदन’ अनुसार विद्युत् प्राधिकरण अन्तर्गतका ९१ वटा ठेक्का रुग्ण अवस्थामा छन् । त्यसमध्ये ४५ वटा ठेक्काको मंसिरसम्म म्याद थप गर्नुपर्ने भए पनि सरकारले म्याद थप नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

के भन्छ सरकार ?

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आयोजना निर्माणमा  ढिलाई भएको स्वीकार गर्दै आवश्यक प्रक्रिया अघि बढाइसकेको प्रतिक्रिया दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले कतिपय आयोजना निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको बताए । कतिपय ठेक्का सम्झौतालाई रद्द गर्नका लागि प्रक्रिया अघि बढाइएको र कतिपयको म्याद थपका लागि प्रक्रिया अघि बढाइएको प्रवक्ता अर्यालको भनाइ छ । यस्तै कतिपय आयोजना निर्माणको क्रममै रहेको दाबी समेत अर्यालले गरे ।

‘ढिलाइ भएकै हो । ढिलाइ हुनुका पनि विभिन्न कारणहरू छन्,’ उनले लोकान्तरसँग भने, ‘कतिपय आयोजना निर्माणका क्रममा छन् । कतिपयको सम्झौता रद्द गर्ने र कतिपयको म्याद थप गर्नका लागि विद्युत् प्राधिकरणले प्रक्रिया अघि बढाएको छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९१ वटा आयोजनालाई रुग्ण भनेपनि सबै आयोजना उत्पादनतर्फका मात्रै नभएका प्रवक्ता अर्यालको जिकिर छ । ९१ मध्ये अधिकांश आयोजनाहरू प्रसारण तथा वितरणतर्फका रहेको उनले बताए ।

त्यस्तै विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले रुग्ण भनिएका आयोजनाहरू अघि बढाउने प्रक्रिया शुरू भइसकेको बताए । ‘रुग्ण भनिएका आयोजना अघि बढाउनका लागि यसअघि नै छलफल भइसकेको छ,’ उनले लोकान्तरसँग भने, ‘आयोजनाहरूलाई यसअघि रुग्ण भनिएपनि ती आयोजनाको बारेमा धेरै अपडेट गरिएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x