×

NMB BANK
NIC ASIA

चकलेटी अभिनेता आशिरमान भन्छन्- रिलेसनसिपमा खुलापनसँगै 'इगो' पनि बढ्न थाल्यो

फागुन २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- आशिरमान देशराज जोशीले ‘ग्याङस्टार ब्लूज’बाट नेपाली सिने नगरीमा पाइला चाले । अग्लो कदका चकलेटी आशिरमानको अभिनयको कद पनि पहिलो फिल्मबाटै चुलियो । फिल्मले अपेक्षा गरेअनुसार व्यापार गर्न नसके पनि दर्शकले आशिरमानलाई 'नोटिस' गरे ।  ‘ग्याङस्टार ब्लूज’मा रिसाहा स्वभाव तथा एक्सन अवतारमा देखिएका आशिरमालाई फिल्म प्रदर्शनपछि दर्शक तथा शुभचिन्तकले सल्लाह दिए– तपाईं लभस्टोरी फिल्म खेल्नुस् ।

Muktinath Bank

‘चकलेटी लुक्स’का आशिरमानलाई दर्शकले एक्सनमा होइन लभस्टोरी फिल्ममा हेर्न चाहे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयोग नै मान्नुपर्छ, ‘ग्याङस्टार ब्लूज’ प्रदर्शनमा नआउँदै उनले लभस्टोरी फिल्म साइन गरिसकेका थिए । उनले त्यतिबेला साइन गरेको फिल्म ‘द ब्रेकअप’ गत शुक्रवारबाट सिनेमा घरमा लागिरहेको छ । जुन फिल्मलाई ‘ग्याङस्टार ब्लूज’कै निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्ममा आशिरमानले शिल्पा मास्केसँग स्क्रिन शेयर गरेका छन् ।


Advertisment
Nabil box
Kumari

पहिलो फिल्म प्रदर्शनमा आएपछि उनलाई धेरै फिल्मको अफर आए । तर उस्तै चरित्रमा । ‘पहिलो फिल्ममा जुन क्यारेक्टर गरेँ, त्यही क्यारेक्टरका फिल्मको मात्र अफर आइरह्यो,’ लोकान्तरसँगको कुराकानीमा आशिरमानले भने, ‘अहिले द ब्रेकअपको ट्रेलर सार्वजनिक भएपछि लभस्टोरी फिल्मको अफर आइरहेको छ ।’ ‘द ब्रेकअप’सँग जोडिएका कारण उनले अन्य फिल्ममा अभिनय गरेनन् ।

Vianet communication
Laxmi Bank

‘द ब्रेकअप’ प्रदर्शनमा आएको छ । अब भने स्क्रिप्ट हेरेर चित्त बुझे अन्य फिल्म साइन गर्ने उनी बताउँछन् । फिल्मले बजारमा पाएको चर्चालाई लिएर आशिरमान निकै उत्साहित छन् तर उनमा डर पनि उत्तिकै छ । ‘म मा डर र उत्साह उत्तिकै छ,’ आशिरमान भन्छन्, ‘फिल्म राम्रो बनेको छ । तर मनमा एक किसिमको डर भने हुँदो रहेछ ।’

फिल्मको प्रचारप्रसारका लागि यूनिट कलेज पुग्यो, विभिन्न इभेन्टहरू गर्‍यो ।  ‘दर्शकहरूसँगको प्रत्यक्ष भेटमा उहाँहरूले देखाउनुभएको माया देख्दा एक किसिमको कन्फिडेन्ट चाहिँ बढ्दो रहेछ,’ आशिरमान उत्साहित हुँदै भन्छन् ।

उसो त फिल्म राम्रो बनेको हुनाले हेरेका दर्शकलाई फिल्म मन परेको आशिरमान बताउँछन् । फिल्म युवा लक्षित हो । ‘केटाको ब्रेकअप भइसकेपछि वा केटीको ब्रेकअप भइसकेपछि त्यसअगाडिको यात्रा उनीहरूले कसरी ह्याण्डल गर्दा रहेछन्, के-के गर्दा रहेछन् ? त्यसलाई फिल्ममा देखाउन खोजेका छौं,’ फिल्मबारे आशिरमानले भने । 

अहिलेको जेनेरेशनमा रिलेशनसिपमा जति खुलापन बढेसँगै  बढ्दै छ, त्यति नै ‘इगो’ पनि बढ्दै गएको उनी बताउँछन् । फिल्मबारे उनी थप्छन्, ‘रिलेशनसिपमा कम्परमाइज गर्नुपर्ने हुन्छ । तर आजकलका युथमा त्यो छैन । मोर्डन भन्ने वित्तिकै जे पायो त्यही गर्नु हुँदैन । हाम्रो म्यालूज लुज गर्नु हुँदैन । फिल्ममा त्यो देखाउन खोजिएको छ ।’

फिल्ममा आशिष्कार नामको लभर ब्याईको स्वीट क्यारेक्टरमा आशिरमान प्रस्तुत भएका छन् ।

आशिरमान आफूले बच्चैदेखि कलाकारितामा रुचि राख्ने गरेको बताउँछन् । ‘साँच्चै भन्नुपर्दा म यूकेजी पढ्दादेखि नै गीतहरूमा नाँच्थे । त्यतिबेलै सोच्थेँ, भविष्यमा कलाकार बन्छु ।’ उनी आफूले स्कूल सक्ने वित्तिकै फिल्ममा डेब्यू गरेको बताए । यद्यपि फिल्ममा आउनुअघि केही म्यागजिनहरूमा फोटोशूट भने गरेका थिए ।

आशिरमानका दाई आयुष्मान पनि फिल्म क्षेत्रमै सक्रिय छन् । यसकारण दर्शकलाई परिवारमा फिल्मको कुरा बढी हुन्छ भन्ने लाग्न सक्छ । आशिरमान परिवारमा फिल्मबारे कुनै कुरा नहुने बताउँछन् । ‘परिवार यही इण्डष्ट्रिमा छ भनेपछि सबैले यही सोधिरहेका हुन्छन् तर हाम्रो परिवारमा फिल्मबारे कुरा नै हुँदैन,’ आशिरमान भन्छन् । यतिसम्म की फिल्म साइन गरेको समेत परिवारमा कुरा नहुने उनी बताउँछन् ।

‘आफ्नो कामलाई लिएर कसैले–कसैलाई केही भन्दैनौं,’ आशिरमानले सुनाए, 'किनभने त्यो प्रोफेसनल लाइफ भयो नि ! जब हेल्प चाहिन्छ, केही सल्लाह चाहिन्छ त्यतिबेला बल्ल एक अर्कामा कुरा हुन्छ ।’

आशिरमान अझ केही वर्ष लभस्टोरी फिल्म खेल्न चाहेको बताउँछन् । ‘फिल्म चल्न कथा राम्रो हुनुपर्छ । अर्को कुरा, फिल्म चलाउने भनेको फ्यान्स र अडियन्सले नै हो’ आशिरमान थप्छन्, 'मलाई मेरा फ्यान्स र अडियन्सले लभस्टोरी फिल्म खेल्न सल्लाह दिनुभएको छ । त्यसैले अझ केही लभस्टोरी फिल्म खेल्छु ।’ आफूलाई दर्शकले लभस्टोरी फिल्ममा हेर्न चाहेको हुनाले आफूले दर्शकको चाहनाबमोजिम काम गर्नुपर्ने उनी बताउँछन् । त्यो बाहेक उनी फरक-फरक कथाका फिल्म खेल्न चाहन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x