×

NMB BANK
NIC ASIA

संसदमा सवाल–जवाफ

आश्चर्यचकित हुँदै गृहमन्त्रीले भने – सीके राउतले जनमत संग्रह भन्नु सहमतिविरुद्ध हुन्छ

फागुन २६, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – सरकार र ‘स्वतन्त्र मधेश गठबन्धन’का नेता सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोध हुँदा आफू आश्चर्यचकित भएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् ।

Muktinath Bank

आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले देश टुक्र्याउने अभियानमा लागेका व्यक्तिसँग राष्ट्रिय अखण्डताको सुनिश्चितताका लागि सहमति गरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौतामा लेखिएको जनअभिमत शब्दलाई सीके राउतले जनमत संग्रहका रुपमा अर्थ्याएको सांसदको प्रश्नमा गृहमन्त्री थापाले भने, ‘जनअभिमतको अर्थ जनमत संग्रह होइन । मधेशलाई नेपालबाट अलग गर्ने कोणबाट सहमति भएको होइन । सीके राउतले अर्कै व्याख्या गरिरहेका छन् भन्ने कुरा आयो । उहाँको त्यस्तो हो भने सहमतिविरुद्ध हुन्छ, सहमतिको विपरीत जान्छ र कुरो पूरानै ठाउँमा जान्छ ।’


Advertisment
Nabil box
Kumari

सरकारले सीके राउतका माग स्वीकारेको भन्दा पनि सरकार र गठबन्धन ११ बुँदे साझा निष्कर्षमा पुगेको गृहमन्त्री थापाले बताए । ‘सीके राउतका माग स्वीकार गरेकोभन्दा पनि साझा निष्कर्षमा पुगिएको हो । ११ वटा माग सरकारको पनि हो, स्वतन्त्र मधेश गठबन्धनको पनि हो । साझा निष्कर्षमा सरकार र स्वतन्त्र मधेशी गठबन्धन पुगेको हो,’ उनले भने ।

Vianet communication
Laxmi Bank

फागुन २४ गते सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिबारे संसदमा प्रश्न उठेपछि गृहमन्त्री थापाले जवाफ दिएका छन् । ‘सीके राउत समूहले स्वतन्त्र मधेशको स्थापना गर्ने आफ्नो लक्ष्य र उद्देश्यलाई परित्याग गरेको छ । नेपालको राष्ट्रिय अखण्डताको रक्षा गर्न आफ्नो कर्तव्य ठान्ने छौ भन्ने सहमतिमा पुगेको छ,’ उनले भने, ‘यसलाई सरकारले महत्त्वपूर्ण उपलब्धीका रुपमा लिएको छ ।’

सरकारले संविधानलाई मिचेर सम्झौता गरेको भनेर सहमतिको विरोध हुँदा सरकार आश्चर्यचकित भएको उनले बताए । ‘स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशको पृथक राज्य निर्माण गर्ने जो उसको लक्ष्य थियो, त्यसलाई परित्याग गरेको छ । नेपालको अखण्डताको रक्षा गर्नु उसले पनि आफ्नो उद्देश्य बनाएको छ । के यो संविधान विरोधी भयो ? के सरकारले समस्यालाई राजनीतिक रुपले हल गर्नु राष्ट्रघाती कदम भयो ?’ उनले भने ।

‘जनमत संग्रहद्वारा कुनै पनि प्रदेश नेपालबाट अलग गर्ने व्यवस्था गरेको छैन । अरु राजनीतिक विषयमा, देशका अरु समस्यामा संसदको दुईतिहाइ बहुमतको कुरा गर्न सक्छ । राज्यले जनमत संग्रहमा लैजाने भन्ने कुरा भ्रामक र गलत हो,’ उनले भने, ‘राष्ट्रलाई टुक्र्याउन जनमत संग्रह गर्ने व्यवस्था छैन । सचेत र सुविचारित शब्द राखिएको छ जनअभिमत । राष्ट्रको विखण्डन गर्ने भन्ने अर्थ कतैबाट लाग्दैन ।’

बैठकमा सांसद डिला संग्रौलाले ‘स्वयं सीके राउतले स्वतन्त्र मधेशलाई जनमत संग्रहमा लैजाने भनेर स्वीकार ग¥यो भन्नुभएको छ’ भनेर प्रश्न गरिन् । सांसद बालकृष्ण खाणले भने, ‘दुईपक्षबाट भएको सहमतिमा गृहमन्त्रीले गरेको जस्तै व्याख्या सीके राउतले पनि गर्नुप¥यो । समाचारमा पढिरहँदा दुवैको फरक–फरक व्याख्या गरिरहेका छन् ।’ 

सांसद प्रेम सुवालले सीके राउतलाई अदालतबाट रिहाइको आदेश दिनु र भोलिपल्ट सहमति हुनु विदेशी दबाबमा भएको र न्यायालयलाई प्रभावमा पारेको आशंका प्रकट गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x