×

NMB BANK
NIC ASIA

फिल्मी दुनियाँ

अस्ट्रेलिया उड्ने तरखरमा रहेका प्रदीपलाई जब फिल्ममा 'लक' लाग्यो

चैत २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- आफैंले निर्माण गरेको पहिलो फिल्म डुबिसकेको थियो । लगानीसँगै अभिनय गरेको फिल्मको हविगत पनि उस्तै ।

Muktinath Bank

यता, एमबीए पढाई सकिन लागेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवारमा चिन्ता थियो– छोरो हिरो बन्ने चक्करमा लाग्यो भने बिग्रन्छ । अब विदेश पठाउनुपर्छ ।


Advertisment
Nabil box
Kumari

परिवारलाई कन्भिन्स गराउन सक्ने अवस्थामै थिएनन् – प्रदिप खड्का ।

Vianet communication
Laxmi Bank

 ‘हिरो बन्ने चक्करमा फिल्ममा लाखौं डुबाएको थिए । त्यसैले परिवारलाई कन्भिन्स गराउन सक्ने कुनै अवस्था थिएन,’ लोकान्तरसँगको कुराकानीमा प्रदीप विगत सम्झन्छन्, 'त्यसपछि आफैंले पनि सोचेँ, हिरो हुने चक्करमा लागेँ भने पैसामात्र होइन, मेरो करिअर नै बर्बाद हुन्छ ।’

अन्नतः प्रदीप विदेश जाने मनस्थितिमा पुगे । अस्ट्रेलियाका लागि अप्लाई गरे । डकुमेन्टेसनको काम सकिनै लागेको थियो, त्यही बेला अचानक देशमा भूकम्प गयो ।

२०७२ सालको विनाशकारी भूकम्पले देशका भौतिक संरचनाहरू ढले । तर प्रदीपको फिल्मी करिअर माथि उठ्यो । भूकम्प उनका लागि अवसर बनिदियो ।

‘भूकम्प गएपछि बैंकले घरको भ्यालूएसन रोक्यो र लोन पास भएन,’ झण्डै चार वर्षअघिको कुरा लोकान्तरसँग सुनाउँछन्, ‘त्यसपछि अस्ट्रेलिया जाने प्लान तत्कालका लागि क्यान्सिल भयो ।’

अस्ट्रेलिया उड्ने प्लान क्यान्सिल भएपछि तत्कालका लागि उनी फुर्सदमा थिए । त्यसैबेला उनले पत्रिकामा 'प्रेमगीत'को अडिसनबारे समाचार देखे ।

‘छनोट हुन्छु भन्ने कुनै होप नराखी मेरो फोटो र डिटेल फिल्म निर्माण कम्पनीलाई ई-मेल गरेँ,’ प्रेमगीतमा आबद्ध हुँदाको कुरा सुनाउँछन्, ‘छनोट भएँ । फिल्ममा काम गरेँ ।’

त्यसअघि प्रदीपमा हिरो बन्ने ठूलो सपना भएपनि ‘प्रेमगीत’ फिल्म क्षेत्रमै स्थापित हुनका लागि खेलेका थिएनन् । ‘पछि विदेश नै जान्छु । अहिले प्रोसेस रोकिएको समयमा फिल्म गरौं भनेर गरेको थिएँ,’ प्रदीप भन्छन् ।

त्यसअघि फिल्ममा असफलता भोगेका प्रदीपले त्यस्तो सोच्नु स्वभाविक पनि थियो ।

त्यसैले ‘प्रेमगीत’प्रति उनको अपेक्षा नै ठूलो थिएन ।

सन् २०१६ मा फिल्म प्रदर्शनमा आयो । तर प्रतिक्रिया प्रदीपले सोचेको भन्दा ठीक उल्टो आयो ।

‘मैले अघि असफलता भोगेको भएर फिल्मबाट त्यति धेरै अपेक्षा राखेको थिइनँ । तर फिल्मलाई दर्शकले औधी रुचाउनुभयो,’ फिल्मबारे प्रदीप भन्छन् । फिल्म प्रदर्शनसँगै चौतर्फी उनको वाहवाही शुरू भयो । उनको चर्चा ह्वात्तै चुलियो । उनलाई लिएर फिल्म बनाउन खोज्ने निर्माता/निर्देशकहरूको संख्या पनि बढ्यो ।

चकलेटी लुक्सका प्रदीपको फ्यान फ्लोइङ पनि उस्तै बढे । थोरै र छोटो समयमै प्रदीप नेपालका लोकप्रिय र महंगा अभिनेता कहलिए ।

‘प्रेमगीत’पछि फिल्म खेल्ने मुडमा थिएनन्

‘प्रेमगीत’बाट चर्चा पाउँदासम्म पनि प्रदीप अष्ट्रलिया नै उड्ने मनस्थितिमा थिए । ‘प्रेमगीत’को चर्चासँगै उनलाई फिल्मको ओइरो लाग्यो । तर उनी कुनै पनि फिल्म साइन गरेनन् ।

‘ए मेरो हजुर २, दर्पण छायाँ २ लगायतका नाम चलेका ब्राण्डका फिल्मबाट अफरहरू आइरहेको थियो,’ उनी भन्छन्, ‘तर फिल्ममा हिरो हुने रहर थियो, हिरो भएF, फिल्मले दिने आइटेन्टटिटी प्रेमगीतबाट पाएँ । त्यसैले विदेश नै जाने भनेर अन्य फिल्म साइन गरिनँ ।’

प्रदीप थप्छन्, ‘त्यो समय नायकहरूको पारिश्रमिक पनि कम थियो । फिल्म खेलेरै लाइफ भन्ने सोचमा पुगेको थिएँ । त्यसैले नेपालमा फिल्म गरेर बस्ने मेन्टालिटीनै हटाएको थिएँ ।’

‘प्रेमगीत’ प्रदर्शनपछि निर्माता सन्तोष सेन र प्रदीप थाइल्याण्ड टुरमा निस्केका थिए । फिल्ममा लगातार काम गरेकाले उनीहरू रिफ्रेश हुन थाइल्याण्ड हानिएका थिए । प्रदीप र सन्तोषले त्यहाँ ४०-४५ दिन बिताए । त्यहीबेला सन्तोषले अफर गरे- हामी ‘प्रेमगीत २’ बनाऔं ।

उता प्रदीपलाई पनि प्रेमगीतमा हिरो हिरोइन किन दुवै मरेका होला ?  बाँचेको भए हुन्थ्यो, भन्ने खालका प्रतिक्रियाहरू आइरहेका हुन्थे । त्यसैले प्रदीपले सन्तोषको त्यो अफरलाई नाइँ भनेनन् ।

प्रदीपले शेयर पाउने गरी ‘प्रेमगीत २’मा अभिनय गरे । सन् २०१७ मा फिल्म प्रदर्शनमा आयो । फिल्म राम्रो चल्यो । प्रदर्शनको ५१ औं दिनको अवसरमा सन्तोषले प्रदीपलाई ५० लाख रुपैयाँको गाडी उपहार दिए ।

‘त्यतिबेलासम्म फिल्म उद्योग केही माथि उठेको थियो । पारिश्रमिक पनि बढेको थियो,’ प्रदीप भन्छन्– ‘दर्शकको माया पनि पाइरहेको थिएँ । त्यसपछि फिल्ममै लाग्ने निर्णयमा पुगेँ ।’

टिभीमा देखिने प्रदीपको त्यो हुटहुटी

धेरैलाई लाग्नसक्छ प्रदीप ‘प्रेमगीत’बाट एकाएक उदाएका नायक हुन् । तर उनले ‘प्रेमगीत’सम्म आउन धेरै चोट र असफलता भोगेका छन् ।

अभिनेता बन्ने उनको शुरुआती लक्ष्य थिएन । प्रदीप टेलिभिजन प्रस्तोता बन्न चाहन्थे । ‘प्लस टु’ सकेर अमेरिका अप्लाई गरेका थिए । भिषा रिजेक्ट भयो ।

‘साथीहरु ब्याचलर भर्ना भए । भर्नाको समय सकियो । छ महिनाका लागि म खाली भएँ । त्यही समयमा म टेलिभिजन प्रस्तोता बन्न खोजेँ,' संघर्षका दिनबारे प्रदीप खुल्छन् ।

हुन त ललितपुरको एकान्तकुनामा जन्मिएका प्रदीपले कक्षा ७ मा पढ्दै गर्दा टेलिभिजनको स्क्रिनमा देखिने अवसर पाएका थिए ।

‘नेपाल वान’ टेलिभिजनमा ‘भुराभुरीको हल्लाखल्ला’ भन्ने कार्यक्रम आउँथ्यो । त्यसमा एक चकचके बालकको क्यारेक्टर आवश्यक थियो । जसले ‘प्र्याङ्क’ गर्नुपर्ने थियो ।

‘म स्कूलकै चकचके विद्यार्थी थिएँ । शिक्षकहरूकै सिफारिसमा त्यो कार्यक्रम चलाउने मौका पाएको थिएँ,’ त्यस बेलाका कुरा सम्झन्छन् । ‘त्यसमा खेलिसकेपछि एकदिन विवाहमा जाँदा मेरो उमेरका केही मानिसहरू मसँग फोटो खिच्न आए । त्यतिबेला मलाई आफूले नचिनेको मानिसले चिन्दा छुट्टै आनन्द महसूस हुन्थ्यो’– उनी अनुभव सुनाउँछन् ।

उनले त्यसमा डेढ/दुई वर्ष काम गरे । कक्षा ९/१० होस्टेल बसेर पढे । २०६३ सालमा एसएलसी दिए । डिस्टिकसन ल्याए । ‘प्लस टु’ प्रसादी कलेजमा बिहानी सत्रमा म्यानेजमेन्ट पढ्न थाले ।

राम्रो नम्बर ल्याउनेहरूलाई साइन्स पढ्न बढी बल लगाउने चलन अझै पनि छ । त्यसबेला प्रदीपले किन साइन्स नपढेको होला भनेर अरूले भन्ने गर्थे । तर प्रदीपलाई लाग्थ्यो- सबै कुरालाई म्यानेज गर्ने त म्यानेजमेन्टले नै हो । त्यसैले मैले म्यानेजमेन्ट पढेँ ।  

पढ्दै गर्दा पनि उनको मनमा कताकता लाग्न थालिसकेको थियो कि आफूलाई धेरैले चिनुन् । उनमा टेलिभिजनमा देखिने हुटहुटी बढ्यो ।

तर ‘प्लस टु’मा उनी पढाइमै बढी केन्द्रित रहे ।

‘प्लस टु’मा पनि डिस्टिकंसन ल्याए । अनि परिवारको चाहनाअनुरूप अमेरिका अप्लाई गरेका थिए तर भिषा रिजेक्ट भएपछि उनि प्रस्तोता बन्न लागि परे । प्रस्तोता बन्न उनले निकै संघर्ष पनि गरे ।

‘स्कूल पढ्दा टेलिभिजन कार्यक्रम गरेको एनटिभीका एक जना दाईलाई चिनेको थिएँ,’ उनले सम्झिए, 'म उहाँलाई खोज्दै नेपाल वानको अफिसमै पुगेँ ।’

ती दाईले एनटिभी प्लसमा पठाए । प्रस्तोता बन्ने तीव्र अभिलाषा बोकेर प्रदीप एनटिभी प्लसको कार्यालय पुगेँ ।

‘प्रस्तोता बन्छु भन्दै गएको थिएँ । तर अडिसनमा क्यामेरा अगाडि बोल्नै सकिनँ,’ उनले कुनै धक नमानी अतित सुनाउँछन, ‘त्यहाँ एक महिना मार्केटिङ काम गरेपछि रियालिटी शो ‘खोजी प्रतिभा’को प्रोडक्सन टीममा काम गरेँ ।’

त्यहाँ पनि उनको रहर पूरा भएन । पर्दाअगाडि आउने रहर थियो तर उनी पर्दा पछाडि खुम्चिए । त्यो बेला उनी स्तानक भर्ना भइसकेका थिए ।

‘एङ्कर बन्न नपाएपनि मैले त्यो समयमा बुझें कि कार्यक्रम समय किनेर गर्नुपर्दो रहेछ,’ उनले अनुभव सुनाए, ‘कसैले एङ्कर नबनाएपछि आफ्नै नाममा प्रदीप मिडिया नामको कम्पनी दर्ता गरे ।’

कार्यक्रम गर्न नपाउँदै उनलाई केही व्यक्तिले मोडलका लागि अफर गरे । उनको टेलिभिजनमा देखिने रहर थियो । प्रस्तोता बन्न नपाएपछि उनको मन मोडलिङतिर मोडियो ।

‘दुई वटा म्यूजिक भिडियोमा अभिनय गरे । तर सन्तुष्टि मिलेन,’ यी कुरा भन्न प्रदिप केही धक मानेनन् ।

भिडियो राम्रो नबनेर चर्चा नभएको हो भन्ने लाग्यो उनलाई । अनि म्यूजिक भिडियो निर्देशन पनि गरे ।

त्यत्तिकैमा एक निर्देशकले प्रदीपलाई भने, 'भाई तिमीले कपाल पाल, म तिमीलाई फिल्म खेलाउँछु ।

‘त्यतिबेलासम्म म हिरो बन्छु भन्ने कल्पना नै थिएन । मैले हिरो बन्ने चक्करमा कपाल पालेँ, वर्षदिन उहाँसँगै हिँडे,’ प्रदीप सुनाउँछन्, ‘तर फिल्मनै बनेन ।’

आफैंले फिल्म बनाए तर...

हिरो बन्ने चक्करमा उनको एक वर्ष त्यत्तिकै बित्यो । फिल्म बनेन । ‘त्यतिबेला म दाईसँगै केही फिल्मको सेटमा हिँडे । त्यो बेला फिल्म शूटिङको बारेमा भने बुझ्ने मौका पाएँ,’ उनी भन्छन्– ‘अनि आफैंले फिल्म निर्माण गर्ने सोचेँ ।’

आफ्नो ३० प्रतिशत लगानीमा आफैँ हिरो बन्ने भनेको फिल्म ‘ठूलो मान्छे’ क्यारेक्टर र नाच्न नजान्दा खेलेनन् ।

फिल्ममा नायिका केकी अधिकारी र कोरियोग्राफर प्रशान्त तामाङले अभिनय गरे ।

फिल्मले हलबाट लगानी नउठाएपनि बाल मनोविज्ञानमा आधारित फिल्म भएकाले 'च्यारिटी शो'बाट केही पैसा उठायो ।

‘फिल्म मेकिङ केही थाहा थियो । तर क्यारेक्टर थाहा थिएन’ लगानी गरेको फिल्म नचलेपछिको अनुभवबारे भन्छन्, ‘अनि मलाई मिल्ने क्यारेक्टरको कथा लेख्न थालेँ ।’

अनि आफैंलाई सुहाउने कथा लेखे, प्रदीपले । फिल्म ‘स्केप’मा लगानी गरे । हिरो बने । हिरोइन थिइन् रीमा विश्वकर्मा । फिल्म प्रदर्शनमा आयो । बजारका भित्तामा पोष्टर टाँसियो । तर दुर्भाग्य, फिल्म फ्लप भयो ।

‘फिल्म नचलेपनि हिरो त बनेँ, सहरका भित्तामा आफ्नो फोटो त टाँसियो । आफूले आफूलाई हलमा हेर्न त पाएँ । त्यसमै चित्त बुझाएँ,’ स्केपबारे प्रदीप सुनाउँछन् ।

त्यो समय बजारमा टाँसिएका पोष्टरको फोटो घरमा सुरक्षित राखेका छन् । प्रदीपले त्यतिबेलासम्म फिल्मको चक्करमा चार–पाँच वर्ष बिताइसकेका थिए । तर उनी पढाईमा भने कहिल्यै बिच्किएनन् । बीबीए गरे । एमबीए पनि सके ।

परिवारबाट पैसा मागेर फिल्म बनाएका थिए । पढाई सकिन लाग्दा फिल्ममा लागेर छोराले करिअर बर्बाद बनाउँछ भन्ने परिवारमा चिन्ता देखियो । अनि आफैंले पनि सोचेर अस्ट्रेलिया उड्ने तरखर कसेका प्रदीपलाई भूकम्पले रोक्यो । ‘प्रेमगीत’ लक बनेर आयो । एकपछि अर्को फिल्ममा सफलता पाउँदै प्रदीप नेपाली फिल्मका ‘स्टार’ कहलिए ।

फोटोमा ढोगेर पुज्नेदेखि हस्पिटलबाट भागेर भेट्न आउनेसम्म

प्रदीपका अचम्मका फ्यानहरू छन् । प्रदीपको अभिनय, मुस्कानलाई धेरैले रुचाउँछन् । फिल्म ‘प्रेमगीत’बाटै उनले थरीथरीका फ्यान भेटे । हालसम्म आउँदा उनका फ्यानको संख्या हवात्तै बढेको छ ।

 ‘मैले धेरै थरीका फ्यान भेटेँ,’ मोबाइलमा रहेको केही तस्वीर देखाउँदै प्रदीप भन्छन्– ‘भेटदा रुने, हग गर्ने, किस गर्ने, मेरो नामको टयाटु खोप्ने, आफैं–आफैं बर्थ-डे मनाउने, मेरो स्केच बनाउने, फोटोमा पूजा गर्ने अनेकथरी हुनुहुन्छ ।’

‘प्रेम गीत २’ प्रमोशन कन्सर्टका क्रममा इटहरी पुगेका थिए प्रदीप । त्यहाँ कन्सर्ट हुँदै थियो । प्रदीपले भीडमा एकजना महिला देखे । सोधे, 'हातमा के भयो ?'

मोबाइलमा ती महिलाको तस्वीर देखाउँदै प्रदीप भन्छन् –‘अघिल्लो दिनमात्रै हस्पिटल भर्ना भएकी उनी म आउने थाहा पाएर हस्पिटलबाट भागेर आएकी रहिछन् ।’

यस्ता किसिमका फ्यान देख्दा अनौठो लाग्नुका साथै आफूमा उत्साह थपिने प्रदीप बताउँछन् । दर्शकको मायाले आफूमा काम गर्न हौसला मिल्ने उनले बताए ।

अब फिल्ममै समर्पित

प्रदीप अब नेपाली फिल्ममै समर्पित हुने बताउँछन् ।

‘दर्शकले यति धेरै माया गरिरहनुभएको छ’ प्रदिप भन्छन् –‘अब योभन्दा अर्को क्षेत्रमा भविष्य बनाउँछु भन्नु मात्र पनि मेरो मूर्खता हुन्छ ।’

आउँदा दिनमा आफूले अझ मेहनत गर्दै जाने प्रदीप बताउँछन् ।

‘आउँदा दिनमा कमीकमजोरीहरू सुधार्दै अझ मेहनतका साथ काम गर्नेछु,’ उनी भन्छन्, ‘नेपाली फिल्म बजार विस्तारमा योगदान पुर्‍याउन चाहन्छु । दर्शकलाई मन पर्ने, नेपाली फिल्म भनिसकेपछि गर्व गर्न लायकका फिल्ममा काम गर्ने प्रयास गर्नेछु ।’

हुन त प्रदीप छनोट गरेर मात्र फिल्म खेल्छन् । फिल्म गर्नुअघि आफ्नो क्यारेक्टर हेर्छन् । ‘दर्शकले त्यो क्यारेक्टर विश्वास गर्ने खालको छ/छैन त्यो हेर्छु,’ उनी भन्छन्, ‘अर्को भनेको मैले गर्ने क्यारेक्टरले समाजमा गलत म्यासेन नजाओस् भन्ने कुरामा सचेत हुन्छु ।’ फिल्मका लागि उनी खरो मेहनत गर्छन् । फिल्मको चरित्रलाई आफूअनुकूल ढाल्छन् । चरित्रलाई न्याय गर्छन् ।

‘प्रेमगीत’पछि ‘प्रेमगीत २’, ‘लिलिबिली’, ‘रोज’ हुँदै प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लभ स्टेशन’सम्म आइपुग्दा उनले आफ्नो अभिनयलाई प्रमाणित गरिसकेका छन् ।

‘लभ स्टेशन’ यही २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा प्रदीपले जसिता गुरुङसँग जोडी बाँधेका छन् । म्यूजिकल लभस्टोरी जनराको फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा प्रदीप विश्वस्त छन् ।

प्रदीपलाई हाइफाइ मन पर्दैन । फर्मल कार्यक्रममा फर्मल ड्रेसमै पुग्छन् । इन्फर्मल कार्यक्रममा ‘क्याजूअल’ ड्रेसमा पुग्छन् । शुभचिन्तक, दर्शकसँग खुलेरै कुरा गर्छन् । छिट्टै नजिकिन्छन् ।

प्रदीप अविवाहित नायक हुन् । अफेयर र विवाहबारेको प्रश्नमा प्रदीप हाँस्दै भन्छन्, ‘अफेयरमा छैन । विवाहको पनि कुनै प्लान बनाएको छैन । हेरौं काम गर्दै जाँदा कहिले लगन जुर्छ ?’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x