×

NMB BANK
NIC ASIA

एसईईको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै

भदौ ३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

दाङ – हाल देशभर एसईईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतवारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ ।

Muktinath Bank

जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घोराहीको पद्मोदय नमूना माध्यामिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि चौघेरा, शुभप्रभात मावि, रझेना मावि, शान्तिसुधा मावि, पद्मोदय मावि र गोरखा इन्टरनेश्नल मावि गरी नौ विद्यालयमा जिल्लाभरका परीक्षार्थीको ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको हो । जसमा विद्यार्थीको निकै न्यून सहभागिता देखिएको छ । कतै विद्यार्थीको शून्य सहभागिता छ भने कतै १–२ जनाको भरमा केन्द्र सञ्चालन गरिएको छ ।


Advertisment
Nabil box
Kumari

आइतवार अंग्रेजीको परीक्षा दिएका विद्यार्थीले सोमवार नेपालीको परीक्षा दिएका थिए । दोस्रो दिन नेपालीको परीक्षामा तोकिएको केन्द्रमा विद्यार्थीको न्यून सहभागिता देखियो । १ केन्द्राध्यक्ष, १ सहायक केन्द्राध्यक्ष, ४ सुरक्षाकर्मी, १ निरीक्षक र १ सहयोगी गरी कम्तीमा ८ जनालाई परीक्षा केन्द्रमा खटाइएको छ । कतै निरीक्षकको संख्या धेरै पनि छ । उनीहरूलाई शिक्षा विकास तथा समन्वय एकाइले छुट्टै भत्ताको व्यवस्थासहित परीक्षा केन्द्रमा खटाएको हो । 

Vianet communication
Laxmi Bank

ठूलो संख्यामा परीक्षा केन्द्रमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी खटाइए पनि विद्यार्थी संख्याभन्दा निरीक्षकको संख्या धेरै पाइएको छ । सोमवार चलेको नेपाली विषयको परीक्षामा घोराहीको दीपशिखा माविमा तोकिएको केन्द्रमा विद्यार्थीको शून्य सहभागिता रहेको थियो ।

नेपाली विद्यार्थीको केन्द्र परेको दीपशिखामा त्यही विद्यार्थी अनुपस्थिति भएपछि परीक्षा केन्द्र परीक्षा अवधिभर सुनसान देखियो । 

ग्रेड वृद्धिको परीक्षा केन्द्र तोकिएको सरस्वती माविमा पनि ४ विद्यार्थीको केन्द्र परेकामा २ अनुपस्थित भए भने २ जनाले मात्रै परीक्षामा सहभागिता जनाएका थिए । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ग्रेड वृद्धिका लागि गोरक्षारत्न नाथमा २, शान्तिसुधामा १, गोरखामा १४, पद्मोदय माविमा ११, बाल विकासमा १५, शुभप्रभावमा ४ र रझेना माविमा २४ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । 

सोमवार जिल्लाभरका १३१ विद्यार्थीमध्ये ७७ विद्यार्थी नेपाली विषयको परीक्षामा सहभागी भएका थिए भने ५४ अनुपस्थित भएका थिए । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामलाल खड्काले ग्रेड वृद्धिको परीक्षामा कुनै विषयको परीक्षामा धेरै र कुनै विषयको परीक्षामा थोरै विद्यार्थी सहभागी हुनु स्वाभाविक भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x