पुस १६, २०८०
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
काठमाडौं - ‘मैले जे सिकेँ, त्यो सबै सिकाउँछु,’ जमलस्थित डोरेमी संगीत पाठशालामा गफिएका संगीतकार भानुभक्त ढकालले भनेका थिए । उनको परिचय गायक, संगीतकार भन्दा नि बढी ‘संगीत गुरु’ मा छ । उनी नामी संगीत गुरु हुन् भन्दा फरक पर्दैन । उनले संगीत सिकाउनमै जीवनको लगभग २० वर्ष खर्चिएका छन् ।
शुरूआती सिकाइ
विसं २०३१ सालमा झापा जिल्लाको बाहुनडाङ्गीमा जन्मिएका भानुभक्तलाई सानैदेखि संगीतमा केही गर्नुपर्छ भन्ने लागेको थियो । तर त्यो हुटहुटीले मूर्तरूप लिन एसएलसी पछिको समय नै पर्खनुपर्यो । एसएलसीपछि उनी क्याम्पसमा भर्ना भए । क्याम्पसका केही साथीहरूमा पनि संगीतप्रेमी रहेछन् । संगीत सिकाइका शुरूआती दिनबारे उनी भन्छन्, ‘साथीहरूले बादल लामा भन्ने गुरुलाई बोलाउनुभएको थियो । उहाँसँगै हामीले त्यो सिक्ने मौका पायौं ।’ संगीतको सारेगम बादल लामासँग सिक्दै गर्दा उनले इलाम छोड्नुपर्ने अवस्था आयो । ढकाल भन्छन्, ‘सिक्ने विद्यार्थीको संख्या थोरै भएको र आर्थिक अवस्थाका कारण बादल गुरुले त्यहाँ सिकाइरहन सक्नुभएन र आफ्नो घर सिलिगुडी जानुभयो ।’
ढकाललाई जसरी पनि संगीत सिक्नुथियो । उनमा संगीतको रस पसिसकेको थियो । त्यसपछि उनले सोचे- अब गुरुकै घर गएर सिक्छु । उनी संगीत सिक्नकै लागि झापाबाट सिलिगुडीभन्दा पर मालझडी पुगे । त्यहाँ पुग्न लगभग तीन घण्टा लाग्थ्यो । पुराना दिन स्मरण गर्छन्, ‘म बस्ने ठाउँबाट सिलिगुडी दुई घण्टा लाग्थ्यो । त्यहाँबाट माथि पनि एक घण्टा लाग्थ्यो । जाँदा आउँदा ६ घण्टा बित्थ्यो । हामी मंगलसिंह गुरुङको साथमा उहाँको घरमा गएर संगीत सिक्थ्यौं ।’
सिक्दै सिकाउँदै
संगीत सिक्दै गर्दा नै उनी गुरु भइसकेका थिए । बादल लामासँग उनी जे सिक्थे, त्यो आफ्ना विद्यार्थीलाई सिकाउँथे । उनी भन्छन्, ‘बादल गुरुसँग सिक्दासिक्दै मैले सिकाउन सक्ने भइसकेको रहेछु । मैले उहाँले सिकाउनुभएको कुरा चाँडै टिप्ने भएकाले सहज भयो ।’ उनले कोठा भाडामा लिएर १६ जना विद्यार्थीलाई सिकाउन थाले ।
उनी खुल्छन्, ‘सिक्न आउनेसँग मैले महिनाको दुई सय लिएर सिकाउन थालेँ । जबकी त्यो बेला एउटा कोठाको भाडा दुई सय नै थियो । म हप्तामा एक दिन बादल लामासँग संगीत सिक्न मालझाडी जान्थेँ र अरू दिन इलाममै सिकाउँथे ।’
उनलाई अझै संगीत सिक्ने भोक जागिरह्यो । त्यसपछि उनलाई लाग्यो-यही चीजले मलाई राम्रै भइरहेको छ भने म यसमा अझै मेहनत गर्छु। र उनी काठमाडौं हानिए ।
काठमाडौंको डोरेमी संगीत पाठशालामा उनले ६ वर्ष गुरुदेव कामत संगीत सिके । उनले ०५४ सालदेखि ०६० सालसम्म उनले त्यहीँ संगीत सिके । र डोरेमीमै सिकाउन पनि थाले ।
उनले भने, ‘गुरुदेव कामतले भानुभक्तले गर्न सक्छ, उसलाई यहीँ राखौं भन्नुभएपछि न्ह्यु सरलाई भनेर मैले यहाँ सिकाउन थालेँ ।
त्यसपछि उनले डोरेमीमै संगीत सिकाइरहेका छन् ।
सांगीतिक ब्रेक
२०४८ सालमारेडियो नेपालद्वारा आयोजना गरिएको आधुनिक गीत प्रतियोगितामा भाग लिन आफू काँकरभित्ताबाट सय रुपैयाँ भाडा तिरेर काठमाडौं आएको उनी बताउँछन् ।
तर उनले रेडियो नेपाल कहाँ छ भन्ने थाहा थिएन । मात्र सुनेका थिए- सिंहदरबार, काठमाडौं, नेपाल।
भन्छन्, ‘रेडियो नेपाल कहाँ छ भन्ने पनि थाहा थिएन । आफ्ना मान्छे कोही नहुँदा समस्या त भयो नै । तर रेडियोमा सुनेको आधारमा त्यो ठाउँमा पुग्छु भन्ने चाहिँ लागेको थियो । सोध्दै सोध्दै रेडियो नेपाल गएँ ।’
त्यो प्रतियोगितामा भाग लिन उनले झापाबाटै आफूले गीत तयार गरेका ल्याएका थिए ।
तिम्रो माया स्वार्थी र झुटा थिए भने औंला काटेर सन्धी किन गर्यौं ? तिमी आफैंमा विश्वास थिएन भने प्रेमको माला किन पहिर्याइदियौं ?
उनका अनुसार त्यतिबेला प्रतियोगितामा गाउन सक्छ कि सक्दैन भनेर भ्वाइस टेस्ट लिइन्थ्यो । त्यसमा उनी पास भए र गीत गाए ।
तर उनले भ्वाइस टेस्टको प्रमाणपत्र भने २०५५ सालमा लिए । र त्यही गीत गाए- ‘तिम्रो माया स्वार्थी…’
भ्वाइस टेस्ट पास गरेपछि उनले गायन प्रतियोगिता सकभर छुटाएनन् । जसले आफूलाई उर्जा दिएको उनी बताउँछन् । तर त्यतिबेला उनका प्रतिस्पर्धी भने आफ्नै साथीहरू हुन्थे । भन्छन्, ‘नारायण लामा, मनोज राज, सत्य-स्वरूप, कृष्णभक्त राई, सतिश महर्जन, जगदीश समाल, भीम चापागाइँहामी सबै एउटै कम्पिटिनमा जहाँ पनि जान्थ्यौं ।’
तर प्रतिस्पर्धी भए भने तँछाडमछाड र रिस रागको प्रतिस्पर्धी नभएको उनी सुनाउँछन् ।
गायन प्रतियोगिताले स्वरमा निखारता ल्याउने र अनुभव पनि हुने उनको भनाइ छ ।
उनी विसं २०५९ सालमा रेडियो नेपालले कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण भजन कम्पिटिसनमा प्रथम पनि भएका थिए । जसले निकै उर्जा दिएको उनी बताउँछन् ।
ठमेल बजारबाट चर्चा
उनले ०६० सालमा ‘पीडाको अर्थ’ भन्ने गीति एल्बम निकालेका थिए, जसमा १२ वटा गीत समावेश थिए । ‘आउ तिमी बहार बनेर आउ’ यो गीतले त्यतिबेला पनि चर्चा पाएको थियो । दुई वर्षअघि उनले कालीप्रसाद बाँस्कोटाको संगीतमा ठमेल बजारमा स्वर दिए । र दर्शक/स्रोताको ‘नोटिस’ भए । उनले ‘मालतीको भट्टी’ फिल्मको ‘थपिदेउ न मालती…’ बोलको गीत पनि गाएका छन् । त्यसले पनि चर्चा पाएको थियो ।
ठमेल बजारबाट आफूलाई संगीत क्षेत्रमा चिनाउन मदत गरेको उनी स्वीकार्छन् ।
लेख कार्कीको शब्द रहेको ‘एकलाई शुन्य सय’ भन्ने गीतमा पनि ढकालले स्वर दिएका छन् ।
पहिला परिवारको साथ रहेन,अहिले दंग
शुरूको अवस्थामा आफूलाई परिवारबाट सपोर्ट नभएको उनको भनाइ छ । उनले म गीतसंगीतमा लाग्छु भन्दा परिवारका सदस्यले भन्थे रे- संगीत क्षेत्रमा लागेर के गर्छस् ! बरू अरू नै काम गर पढ । केही गर । आफ्नो आर्थिक कसरी मिलाउनेतर्फ सोच ।
पहिला गाली गर्ने परिवारका सदस्यको मन रेडियोमा आफ्ना गीत बज्न थालेपछि फर्किएछ । उनी भन्छन्, ‘गाउँका मान्छेहरूले मेरो गीत रेडियोमा बजेको छ भनेर आमाबालाई सुनाउन थालेपछि उहाँहरू खुशी हुनुभयो ।’ त्यसपछि उनलाई परिवारको साथ रह्यो ।
शालीन संगीतकार
गायक तथा संगीतकार भानुभक्त ढकाललाई चर्चा र मिडियाबाजीको लोभ छैन । उनी तडकभडक गर्दैनन् । न त स्टेज कार्यक्रममै दगुर्छन् । निकै शालीन र भद्र देखिन्छन् । स्टेजको मोह छैन त ? लोकान्तरको प्रश्नमा उनी भन्छन्, ‘बिहान बेलुका मैलै विद्यार्थीहरूलाई संगीत सिकाउँछु । दिउँसो डोरेमीको व्यवस्थापनमै व्यस्त हुन्छु । हत्तपत्त बाहिर जान भ्याउँदिनँ ।’ अफिसकै शेड्यूलमा व्यस्त हुने भएकाले बाहिर जान नपाएको उनको भनाइ छ ।
फुर्सदिलो भएर दिनभरी कार्यक्रममा हिँडेर बस्न नभ्याउने भएकाले स्टेज कार्यक्रममा आफूलाई मानिसहरूले कम देखेको उनी बताउँछन् ।
ढकाल गीत लेखन, गायनदेखि संगीतसम्ममा काम गर्छन् । तपाईंलाई मानिसहरूले के भनेर चिन्ने ? उनी मुस्कुराउँदै भन्छन्, ‘म संगीत कर्ममा लागेको एउटा कलाकार हुँ । संगीतलाई आफ्नो जीवन बनाएर हिँडेको मान्छे हुँ ।’ उनी आफूलाई धेरैजसोले गुरु भनेर चिन्ने गरेको बताउँछन् ।
उनले संगीत सिकाएकाहरूले अहिले नेपाली सांगीतिक बजारमा बेग्लै स्थान बनाइसकेका छन् । उनी भन्छन्, ‘इन्दिरा जोशी, सन्तोष लामा, अर्जुन पोखरेल, राजनराज शिवाकोटी, कमलीकान्त भेटवाल, बेनुका राई, शशी रावल, गैरे सुरेश, आशिष अविरल, पुष्पा गुरुङ, निशा देशारलगायतलाई मैलै नै संगीतको सा रे ग म सिकाएको हुँ ।’
तर आफूले सिकाएकै कारण उनीहरू सफल भएको पनि भन्दैनन् उनी । उनीहरूलाई आफूले बाटो देखाउन पाएको गौरवान्वित महसूस गर्ने गरेको उनी बताउँछन् ।
‘भ्वाइस अफ नेपाल’सँगको आबद्धता
‘भ्वाइस अफ नेपाल’ नेपालमा भित्रिएको ठूलो गायन रियालिटी शो हो । उनी यसको पहिलो संस्करणमै ‘टीम प्रमोद’को तर्फबाट एड्भाइजरको भूमिकामा थिए । दोस्रो संस्करणमा पनि उनी सोही भूमिकामा छन् ।
‘कोच’लाई मात्र दर्शकले ‘नोटिस’ गरेपनि टीममा आबद्ध भएका प्रतिस्पर्धीहरूलाई उनले संगीत सिकाउँछन् र स्टेजमा कसरी प्रस्तुत हुने भन्नेसम्मका कुरा सिकाउँछन् ।
प्रमोदसँग राम्रो सम्बन्ध भएको र फिरोज तिमल्सिनाको आग्रहको कारण आफू ‘भ्वाइस अफ नेपाल’मा आबद्ध भएको उनले बताए ।
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...