नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा

भदौ १८, २०७६

काठमाडौं – आईएमईको मुख्य प्रायोजनमा चाहना मिडिया प्रालिद्वारा उत्पादित हाल टेलिकास्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अग्र्यानिक रियालिटी शो आईएमई नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगीतिक प्रतिस्पर्धा हुने भएको छ ।

रियालिटी शोमा ३६ शृंखला निर्माण गरिने छ । आफ्नै मौलिक संगीतलाई अन्तर्राष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको शोमा करीब १० करोड रुपैयाँ लागत रहेको छ ।


ADVERTISEMENT

७ प्रदेशका मुख्य शहर धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिसनमा हरेक शहरबाट ५० प्रतियोगी छनोट गरी ३५० जना प्रतिस्पर्धी छनोट भएका थिए ।

छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाले निर्णायक अडिसन प्रवेश गरे । जसमा निर्णायकले फेरि पनि एपिसोड ९ मा शीर्ष २५ प्रतिस्पर्धी छनोट गरेका थिए । 

एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए । कार्यक्रमको एपिसोड १३ मा फेरि टप १६ छनोट भएका थिए । एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धी बाहिरिएका थिए । एपिसोड १८ सम्म १२ प्रतिस्पर्धीको यात्रा सफल रह्यो । भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन् । 

टप–टेनमा छनोट हुन सफल भएका प्रतिस्पर्धी रहेका छन्ः– बिनोद दनुवार (उदयपुर), चेतन गोतामे (स्याङजा), दीपेन्द्र राई (भोजपुर), मुना अर्याल (चितवन), पविन्द्र सुनार (बाजुरा), प्रभूराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप), रविराज शाह (सर्लाही), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) ।

प्रत्येक बिहीवार र शुक्रवार बेलुकी ८ः३० बजे एपीवान एचडी र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आईएमई नेपाल लोक स्टारको प्रथम पुरस्कार ५० लाख रुपैयाँ रहेको छ । द्वितीय पुरस्कार २५ लाख रुपैयाँ रहेको छ भने तृतीय पुरस्कार १० लाख रुपैयाँ रहेको छ । 

कार्यक्रमका निर्णायक सुनिता दुलाल, जयनन्द लामा, रामजी खाँड र बीबी अनुरागी रहेका छन् । डिशहोमको अशोसिएसन, सगरमाथा सिमेन्टद्वारा सञ्चालित, लिट्मस केबलद्वारा विद्युतीय अनुरक्षण र दिव्य कुकिङ ओयलद्वारा सहप्रायोजित कार्यक्रमका भोटिङ पार्टनर आईएमई पे र बैंकिङ पार्टनर कृषि विकास बैंक रहेका छन् ।

कार्यक्रमका इन्सोरेन्स पार्टनर सिटीजन लाईफ इन्सोरेन्स, होटल पार्टनर होटल काठमाडौं इन्, ट्राभल पार्टनर इस्ट एण्ड वेस्ट ट्राभल एजेन्सी रहेका छन् र प्रमोशन तथा बजार व्यवस्थापनका लागि एड प्याड प्रालि आधिकारिक एजेन्सी रहेको छ । 

भदौ १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस