आयरल्यान्डबाट नेपालले पायो १४६ रनको विजयी लक्ष्य

असोज २२, २०७६

काठमाडौं– ओमानमा जारी टी-ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले १ सय ४६ रनको विजयी लक्ष्य पाएको छ ।

ओमानको क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन जोड्यो ।


ADVERTISEMENT

टेस्ट मान्यताप्राप्त राष्ट्र आयरल्यान्डलाई मध्यम स्कोरमा रोक्ने क्रममा सन्दीप लामिछाने र अविनाश बोहराले समान २ तथा ललित राजवंशी र करण केसीले १-१ विकेट लिए । अन्य २ ब्याट्सम्यान रन आउट भए ।

आयरल्यान्डका लागि पउल स्ट्रलिङले अर्धशतकीय पारी खेले । ४७ बलमा २ छक्का र ६ चौकाको मद्दतले ५९ रन जोडेका स्ट्रलिङ करण केसीको सिकार बने ।

नेपालले आयरल्यान्डसँगको खेलका लागि दुई खेलाडी परिवर्तन गरेको छ । रोहित पौडेल र पवन शर्राफको स्थानमा इसान पाण्डे र सन्दीप जोराले मौका पाएका छन् ।

नेपालले यसअघि आफ्ना दुवै खेल जितेको छ । ३ खेल खेलेको आयरल्यान्डले भने २ मा जित र १ मा हार बेहोरेको छ ।

असोज २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस