×

NMB BANK
NIC ASIA

ट्रम्प र पुटिन नेपाल आउँछन् ? सरकारका प्रवक्ताको जवाफ– आए सुरक्षा दिन सक्षम छौं !

असोज ३०, २०७६

NTC
Premier Steels

काठमाडौं– चिनियाँ राष्ट्रपति शी चिनफिङको भ्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आएपनि स्वागत र सुरक्षाका लागि नेपाल तम्तयार रहेको जिकिर सरकारले गरेको छ ।

Muktinath Bank

विश्वभरका नेतृत्वलाई नेपाल भ्रमण गराउने नीति रहेको र सगरमाथा संवादमा निमन्त्रणा गरिने समेत सरकारले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले उच्चस्तरीय भ्रमणको प्रयास गरिरहेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘अमेरिकी र रुसी राष्ट्रपति आउनुहुन्छ भन्ने प्रश्न छ, आएमा हामी खुसी हुन्छौं, सगरमाथा संवादमा विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई निमन्त्रणा दिन्छौं, आएमा खुसीको कुरा हुनसक्छ,’ पत्रकारले सोधेको एक प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले भने, ‘सरकारले पहिले नै आफ्नो नीति कार्यक्रममै घोषणा गरेको छ, उच्चस्तरीय राजनीतिक भ्रमण गराउने र नेपाल पखेटा फिँजाएर संसारभर जानसक्छ भन्ने नीति नै छ ।’

Vianet communication

मन्त्री बाँस्कोटाले अमेरिकी या रुसी राष्ट्रपतिको नेपाल भ्रमणबारे औपचारिक निर्णय नभएको पनि स्पष्ट पारे ।

‘उच्चस्तरीय भ्रमणको प्रयास गरेका छौं, अहिले शीको भ्रमणले हामी सुरक्षा प्रदान गर्न सक्षम छौं, स्वागत गर्न पनि सक्छौं भन्ने प्रमाणित भएको छ । हामीले दिने भनेको सम्मान हो, सद्भाव र माया दिन तयार छौं,’ मन्त्री बाँस्कोटाले अगाडि थपे, ‘यो–यो देशका आउनुहुन्छ भनेर भन्न सक्दिनँ, संसारभरका नेतृत्वलाई सगरमाथा र बुद्धको देशमा आमन्त्रण गर्ने हो । यसले हाम्रो आर्थिक रूपान्तरणका लागि आधार तयार गर्दै जान्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x