मलंग फिल्म समीक्षा : कमजोर कथा, उम्दा अभिनय

प्रेमकथा बनाउने गरेका निर्देशक मोहित सूरीले अलि फरक किसिमको लभ स्टोरी ल्याएका छन् मलंग शीर्षकमा । 

फिल्मको कथा यसप्रकार छ– गोवामा सारा (दिशा पाटनी) जिन्दगीको आनन्द उठाउन पुग्छिन् । त्यहाँ उनको भेट अद्वैत (आदित्य रोय कपूर) सँग हुन्छ । दुईजना नजिकिन थाल्छन् । 


Advertisement

उनीहरू एक लागूऔषध दुर्व्यसनी (एली अवराम) को संगतमा पर्छन् । त्यसैबीचमा सारा गर्भवती हुन्छिन् अनि जिम्मेवारी उठाउनुपर्ने डरले अद्वैतले उसलाई छोडेर जान्छ । 

पछि कथामा दुई प्रहरी अधिकारीहरू अगस्त्य (अनिल कपूर) र माइकल (कुनाल खेमु) को प्रवेश हुन्छ । अगस्त्य आफैं लागूऔषधको नशा गर्ने मानिस हुन्छ र अपराधीको हत्या गर्न मन पराउँछ । माइकल चाहिँ शान्त छ र कामप्रति गम्भीर पनि ।


Advertisement

यी प्रहरी अधिकारीहरू हत्या, अपराध र बदलामा कसरी जोडिन्छन् र सबै पात्रहरू कसरी एकअर्काको जालोमा पर्छन् भन्ने कुरा थाहा पाउन फिल्म हेर्नुपर्छ । 

फिल्मको शुरूआतदेखि अन्त्यसम्म आउँदा सबै पात्रहरूको प्रकृतिमा परिवर्तन आउँछ र फिल्मको एन्डिङ कल्पनातीत हुन्छ । 

मोहित सूरीले फिल्महरूमा प्रेम र मायाप्रीति देखाउँछन् । तर यस फिल्ममा पुरानो जादू नभएको अनुभव हुन्छ । फिल्मको कथा अलि लामो तन्काइएको छ । पहिलो हाफ त स्लो पनि छ । 

फिल्ममा सबभन्दा राम्रो काम अनिल र कुनालले गरेका छन् । आफ्नो चरित्रमा न्याय गर्दै उनीहरूले फरक छाप छोडेका छन् । एली अवरामले पनि अभिनयकलाले दर्शकको मन जितेका छन् । आदित्य र दिशाको स्क्रीन प्रेजेन्स राम्रो छ

तर कतिपय दृश्यमा यी दुवैको मुहारमा कुनै भाव देखिन्न र दर्शकलाई प्रभावित पार्न सक्दैन । 

मोहित सूरीले आफ्नो फिल्मको संगीतमा निकै ध्यान दिने गरेका छन् । यस फिल्ममा पनि संगीत प्रभावकारी छ । अरिजीत सिंहले गाएको चल घर चलें मीठो सुनिन्छ । 

फिल्ममा लागूऔषध र पुरुषत्वका विषयमा बलियो सन्देश दिइएको पाइन्छ । समाजको डर र आफूलाई स्वीकार गर्न नसक्दा मानिस अँध्यारो संसारमा डोरिने कुरालाई फिल्ममा शक्तिशाली रूपमा प्रस्तुत गरिएको छ ।

एबीपी न्युजमा प्रकाशित समीक्षा

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्