बक्स अफिसमा 'मलंग'को आक्रामक व्यापार, पहिलो दिन कति कमायो ?

बलिउड नायक आदित्य रोय कपूर र दिशा पटानी अभिनित चलचित्र मलंगले प्रदर्शनको पहिलो दिनमा नै आक्रामक व्यापार गरेको छ ।

शुक्रवारदेखि हलमा आएको यस चलचित्रले पहिलो दिन बक्स अफिसमा राम्रो व्यापार गर्न सफल रह्यो । 


Advertisement

चलचित्रले अहिले राम्रो भ्यूज पाइरहेको छ भने प्रशंसा पनि राम्रो पाइरहेको छ । 

ट्रेड एनालिस्टका अनुसार पहिलो दिन यस चलचित्रले करिब ५ देखि ८ करोड भारतीय रुपैयाँ कमाएको छ ।


Advertisement

शुक्रवार मात्रै हलमा मलंगका साथ ६ चलचित्र रिलिज भएका छन् । ६ चलचित्रसँगको प्रतिस्पर्धामा मलंगले राम्रो कमाइ गरेको बताइएको  छ ।   

आदित्य, दिशाको साथमा यस चलचित्रमा अनिल कपूर, कुनाल खेमू समेत रहेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्