×

NMB BANK
NIC ASIA

अर्थमन्त्री भन्छन् – ६ महिनामा ३० खर्ब विदेशी लगानीको प्रतिबद्धता आयो

फागुन २, २०७६

NTC
Premier Steels

अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ३० खर्ब रुपैयाँ बराबरको औद्योगिक क्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता आएको बताएका छन् ।

Muktinath Bank

उद्योग संगठन मोरङद्वारा फागुन २ गतेदेखि १० गतेसम्म आयोजित ‘विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी) को शुक्रवार उद्घाटन गर्दै उनले सरकारले लिएको उदार आर्थिक नीति र विश्वासिलो वातावरणका कारण मुलुकमा विदेशी लगानी भित्रिने क्रम वृद्धि भई जनताको समृद्धिको चाहना पूरा हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री खतिवडाले प्रदेश नम्बर १ को अरुण भ्यालीमा आगामी ३ वर्षभित्रमा ३ हजार मेगावाट जलविद्युत् उत्पादनका लागि १ खर्बको लगानी भित्रिएको र २ खर्ब लगानीको प्रतिबद्धता आएको जानकारी दिँदै त्यसबाट यस क्षेत्रका उद्योग प्रतिष्ठानले लाभ लिन सक्नुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

उनले यस क्षेत्रका जनताका रेलको सपना अब चाँडै पूरा हुने बताउँदै रेलमार्ग सुनसरीको इटहरीसम्म विस्तार गरी पूर्वपश्चिम रेल मार्गमा जोड्ने कार्यमा सरकारको तयारी शुरू भएको बताए ।

Vianet communication

अर्थमन्त्री खतिवडाले सरकारले स्रोतको सुनिश्चिताको आधारमा मुलुकको विभिन्न क्षेत्रमा ८ र ६ लेन सडक निर्माणको प्रक्रियाको ठेक्का लगाइसकेको जानकारी दिँदै अब ४ लेनभन्दा कमको सडक नबनाउने सरकारको नीति लिएको बताए । उनले उद्यमी व्यवसायीलाई सरकारले हतोत्साही गर्ने कुनै उद्देश्य नहरेको बताउँदै कानूनको पालना सबैले गर्नुपर्छ र सरकार सम्पत्ति सुदृढीकरणको दुरुपयोग नगर्ने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरे ।

मन्त्री खतिवडाले यस क्षेत्रमा निर्माण गरिने विशेष औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सडक, पानी, सुरक्षालगायत कार्यमा सरकार प्रतिबद्ध रहेको धारणा राख्दै उद्योगीले नयाँ बजार, अन्तर्राष्ट्रिय क्षेत्रको मागलाई ध्यानमा राखी नयाँ उत्पादनमा उद्योगीलाई जान सरकारलाई सहयोग गर्नुपर्ने आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पाम आयल भारत निकास खुलाउन सरकार सफल भएको जानकारी दिँदै वर्तमान सरकार निजी क्षेत्रलाई सहयोग गरी मुलुकको अर्थतन्त्रलाई विकास गर्ने रणनीति रहेको बताए । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा अन्तरराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउँदै विराटनगर विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार मिटर तथा वाइडवडी जहाज अवतरण र उडानमा सहज बनाउनका लागि सङ्घीय सरकारसंँग आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x