×

NMB BANK
NIC ASIA

मेलम्चीका लागि बिच्छ्याइएका पाइपमा बागमतीको पानी आउने

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ७ वैशाख– मेलम्ची खानेपानी योजनाअन्तर्गत ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएका छन् ।

उनले साउनको दोस्रो हप्तापछि वर्षात्मा बढेको वाग्मतीको पानीलाई परीक्षणको रुपमा प्लान्टमा ल्याई खानेपानीको रुपमा वितरण सुरु गरिने जानकारी दिए ।

त्यसरी पठाइएको वाग्मतीको पानी पूर्णरुपमा पिउयोग्य हुने उनको भनाइ छ । ‘सुरुका केही दिन पाइपमा लागेको फोहरका कारण पानी केही फोहर होला तर केही दिनमै त्यो पूर्ण सफा र खानयोग्य हुन्छ,’ उनले भने ।

मेलम्चीको सुरुङ खन्ने काम सकिएसँगै सुरुङमार्फत आउने पानी सुचारु भएपछि वाग्मतीको पानीको ठाउँमा असोज दोस्रो हप्तापछि मेलम्चीको पानी पठाउन सुरु गरिने लक्ष्य लिइएको छ ।

हाल ८० देखि ९० प्रतिशत ठाउँमा नयाँ पाइप बिछ्याउने काम सकिएको आयोजनाले जनाएको छ । ‘चन्द्र शमशेरका पालादेखिका जीर्ण पाइप हटाएर अहिले सबै ठाउँमा नयाँ पाइप राख्ने काम पूरा गरिएको छ,’ उनले भने ।

पहिलो चरणमा असोजको दोस्रो हप्ताभित्र मेलम्चीको पानीलाई वितरण गर्ने लक्ष्य लिइएको छ । जसमार्फत पहिलो चरणअन्तर्गत सुरुमा आठ करोड लिटर र केही समयपछि दैनिक १७ करोड लिटर पानी राजधानीवासीले उपभोग गर्न पाउने छन् ।

परियोजनाअन्तर्गत तीन चरणमा मेलम्ची आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा मेलम्चीको पानी ल्याएर दैनिक १७ करोड लिटर राजधानीवासीलाई वितरण गर्ने तथा दोस्रो र तेस्रो चरणमा याङ्री र लार्के नदीको समेत पानी ल्याएर दैनिक ५१ लिटर पानी वितरण गर्ने लक्ष्य लिइएको छ ।

परियोजनाअन्तर्गत रु साढे तीन अर्बको बजेट ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का लागि छुट्टाइएको छ । जसमा ७० प्रतिशत जापानी सहयोग नियोग ९जाइका०को ७० प्रतिशत सहुलियत ऋण र बाँकी नेपाल सरकारको लगानी छ ।

जाइकाले ४० वर्षका लागि शून्य दशमलव एक प्रतिशत ब्याजमा सो ऋण प्रदान गरेको जाइका नेपालका प्रतिनिधि नानाको त्सुकाहाराले जानकारी दिए ।

हाल एनजिएस कन्सल्टेन्ट कम्पनी लिमिटेडले प्लान्टको काम गरिरहेको छ । विसं २०७० पुसदेखि प्लान्टको कामको लागि सम्झौता भएको थियो ।

विसं २०७२ चैतभित्र प्लान्टको काम सक्ने लक्ष्य लिइएकोमा भूकम्प, भारतीय नाकाबन्दी, विभिन्न समयमा भएको आन्दोलन, स्थानीयको असहयोगजस्ता कारणले आयोजनाको काममा ढिलाइ भएको हो ।

प्लान्ट सम्पन्न भएपछि काठमाडौँ उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गरी तीन महिनासम्म निर्माण कम्पनीले बोर्डका कर्मचारीलाई सञ्चालनसम्बन्धी तालिम दिइने छ । सुन्दरीजलमा ५०० रोपनी क्षेत्रफल प्लान्टको लागि जग्गा लिइएको छ ।

मेलम्ची खानेपानी वितरण गर्न १० ठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की निर्माण गरिँदै छ । आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजु, कीर्तिपुर, टिङ्नी र कटुन्जेमा ट्याङ्की निर्माण हुँदैछ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x