×

NMB BANK
NIC ASIA

संस्मरण : मेरी आमाले उतिबेलै देखेको खतरा र कोरोनासँग मिलेको संयोग

चैत १७, २०७६

NTC
Premier Steels

कसैले मलाई मेरो बाल्यकालबारे आत्मकथाजस्तो केही लेख्‍न भनेको थियो । मन नलागी-नलागी केही लेख्‍न थालें । तर आफ्नै बारे लेख्दा पिताजीका बारेमा पनि केही त लेख्‍नै पर्‍यो, लेखेर सिद्धयाएँ पनि । तर आमाको बारेमा लेख्‍ने केही कुरै मनमा सुझेन । लेख्‍ने कुरा नै के थियो र जस्तो लाग्यो त्यतिखेर । लेखेको भए शायद एक वाक्य मात्र लेख्‍न सकिन्थ्यो - ‘मेरी आमा एउटी गौ प्राणी हुनुहुन्थ्यो’ । मजस्तै अरूहरू धेरैले आफ्नी आमाबारे त्यसै भन्लान् ।

Muktinath Bank

मेरी आमाको स्वर्गवास भयो - तर कोभिड-१९ का कारणले होइन । वहाँ ९६ वर्ष हुनुभएको थियो । वहाँलाई उच्च रक्तचाप र मधुमेह पनि थिएन । वहाँमा कुनै रोग पनि थिएन । वहाँको मुटु चल्न छोड्यो र विना कुनै पीडा जानुभयो । मुटुले ९६ वर्षसम्म इमानदारीसाथ काम गरिरहेकै थियो तर वृद्ध मुटु थाक्यो र सदाका लागि विश्राम लियो । त्यत्ति हो । वहाँ आठ भाइ छोरा र दुई छोरीकी आमा हुनुहुन्थ्यो । शाकाहारी हुनुहुन्थ्यो । कहिले-काहिँ तीज र पञ्चमी लगातार पर्दा ४८-५० घण्टासम्म पनि निर्जल उपवास गर्नुहुन्थ्यो । आमा ४२ वर्षकी हुँदा मेरो कान्छो भाइ साउन महिनामा जन्मेको थियो । त्यही वर्ष भदौमा चौथी टुटेर तीज-पञ्चमी लगातार पर्न गयो । आमा एक महिनाकी सुत्केरी । तैपनि ४८ घण्टा निर्जल उपवास गर्नुभयो । अनि ऋषि पञ्चमीको पूजा गरेर मात्र मुखमा पानी हाल्नुभयो । त्यस्ती आमाबाट कति दूध आयो होला र मेरो कान्छो भाइले कति दूध पायो होला ? तर केही पाएछ र त बाँच्यो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेरी आमा २०६८ साल फागुनमा स्वर्गवासी हुनुसित कोभिड-१९ को कुनै सम्बन्ध थिएन । तर अहिले संसारभर यसको महामारी चलेको बेला वहाँलाई सम्झनुपर्ने कारण छ - त्यो हो वहाँको चरित्र भनौं या आनिबानी । चोखोनितो र सफासुग्घर रहने वहाँको बानीलाई मानिसहरू ‘अति’ भन्थे । जस्तो वहाँ आफ्नो घरदेखि पँधेरो (पानीको कुवा) सम्मको ढुङ्गाले चिनेको बाटो कुनै कारणवश अशुद्ध लाग्यो भने सफा गरेर पानीले पखाल्न समेत लगाउनुहुन्थ्यो र पखालिदिनेलाई एक पाथी धान दिनुहुन्थ्यो । मजदूरी गरेर जीविका गर्नुपर्ने गाउँकी कुनै गरीब महिलाले त्यो काम वहाँको लागि एकै छिनमा गरिदिन्थी र एक पाथी धान पाउँथी । ऊ खुशी हुन्थी र मेरी आमा पनि खुशी । त्यो देखेर छिमेकीहरू हाँस्थे । मेरी आमाको त्यस्तो ‘अति’ व्यवहारलाई अंग्रेजीमा ‘क्रेजी’ भन्छन् जस्तो लाग्छ - सकारात्मक अर्थमा ।


Advertisment
Nabil box
Kumari

मलाई पनि लाग्थ्यो - मेरी आमा सफाइको कुरामा ‘अति’ नै हुनुहुन्थ्यो । वहाँले फोहोरी ठानेको कुनै पुरुष वा महिला आई हाम्रो घरको आँगन छेउको पर्खालमा बसेर गएपछि ऊ बसेको छपनी ढुङ्गो पनि वहाँ पखाल्न लगाउनुहुन्थ्यो । त्यसैगरी वहाँलाई सफा नलाग्नेहरूले छोएको आँगनको तगारो वा कुनै ठाउँ पनि पखाल्न लगाउनुहुन्थ्यो । त्यो ठाउँमा हामीले छोएमा हाम्रो हात पनि धुन लगाउनुहुन्थ्यो । दिउँसो घरबारीमा काम गर्न आएका पुरुष-महिलाले प्रयोग गरेका हँसिया, डोका, नाम्ला, कुटा, कोदाला साँझ धुन- पखाल्न लगाउनुहुन्थ्यो । यी सबै कुरा हाम्रा पिताजीलाई थाहा थियो । त्यसैले २०१७ सालमा आफ्नो घरदेखि तीन दिनको पैदल दूरीमा रहेको पाल्पामा सरकारी सेवामा रहँदा वहाँले तनहुँमा रहेको मलाई एउटा चिठीमा यस्तो लेख्‍नुभएको थियो -

Vianet communication

      स्वस्ति श्रीजयराज बाबु सुतमा मेरा शुभाशीष छन्

      तीमीहेरु निरामयै रहिदिए सन्तुष्ट हुन्थ्यो त मन् ।

      सन्चो छू म त देहमा त, मनमा टाढा भयाँ यै पिर

      मात्रै हो, अब चेञ्जमा त परुला पक्का पनी घर् तिर ।।     

      ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ...     

      कोदाला, हँसिया पखालि घरका डोका र नाम्ला धुँदा ।

      धूनू-लिप्नु, पछार्नु ती वधु कुनै यै काम् सदा-सर्वदा ।।

      आमाको छ स्वभाव यै कसरि हो खानेकुरा आर्जनू ?

      ‘आयस्ता हुनि काम् लगाउनुहवस्’ - यो बात भन्दैर’नू ।।

मेरा पिताजी नरनाथ आचार्य आफ्ना चिट्ठीपत्रहरू संस्कृत र नेपाली कवितामा लेख्‍नुहुन्थ्यो । वहाँका त्यस्ता केही चिट्ठीहरू पुस्तकाकारमा छापिएका छन् (२०४० सालमा) ।

मेरा विवाहित दाजुहरू पढाइका लागि काठमाडौंमा हुनुहुन्थ्यो । भाउजुहरू घरमा आमाका सहयोगीका रूपमा हुनुहुन्थ्यो । तर आमाले भाउजुहरूलाई लगाउने काम भने पिताजीले चिट्ठीमा लेखेजस्तै खालको हुन्थ्यो धेरैजसो ।

अहिले संसारभर यसको महामारी चलेको बेला वहाँलाई सम्झनुपर्ने कारण छ - त्यो हो वहाँको चरित्र भनौं या आनिबानी । चोखोनितो र सफासुग्घर रहने वहाँको बानीलाई मानिसहरू ‘अति’ भन्थे । जस्तो वहाँ आफ्नो घरदेखि पँधेरो (पानीको कुवा) सम्मको ढुङ्गाले चिनेको बाटो कुनै कारणवश अशुद्ध लाग्यो भने सफा गरेर पानीले पखाल्न समेत लगाउनुहुन्थ्यो र पखालिदिनेलाई एक पाथी धान दिनुहुन्थ्यो । मजदूरी गरेर जीविका गर्नुपर्ने गाउँकी कुनै गरीब महिलाले त्यो काम वहाँको लागि एकै छिनमा गरिदिन्थी र एक पाथी धान पाउँथी । ऊ खुशी हुन्थी र मेरी आमा पनि खुशी ।

अहिले कोभिड-१९ को विश्वव्यापी आतङ्क चलिरहँदा मेरी आमाको त्यस्तो व्यवहार सम्झियो जसलाई मानिसहरू ‘अति’ भन्थे । बहिरबाट घर आइपुगेपछि वहाँले हामीहरू कसैलाई पनि हात-गोडा नधोई घरभित्र पस्न दिनुहुन्थेन । घरको ढोकाअगाडि ठूलो ढुङ्गो थियो । त्यसमा उभिएर पर्खिनुपर्थ्यो र आमाले भित्रबाट आफैं ल्याएको वा कसैलाई पठाएको ठूलो लोटाको पानीले हात-गोडा धुनैपर्थ्यो । हातबाट सङ्लो पानी नआइञ्जेल हात धुन लगाउनुहुन्थ्यो । पहाड गाउँघरमा साबुन उति प्रयोग हुन्थेन । सादा पानीले मात्र धुँदा हात कति सफा हुन्थ्यो, त्यो त थाहा भएन । तर आमा जे गरे पनि हात धुन भन्नुहुन्थ्यो । “हात धोएर लुगा सुकाऊ, हात धोएर लुगा उठाऊ” । ‘अति’ भएर नै होला, मेरा जेठा दाज्यू स्व. भोजराजजीले आमालाई जिस्क्याउँदै भन्नुहुन्थ्यो - “लप्सी पाक्यो - हात धुने; काफल पाक्यो - हात धुने; सार्की आयो- हात धुने; कामी आयो- हात धुने” । तर हात-गोडा धुने आमाको त्यो कडा नियम राम्रै रहेछ- अहिले पो थाहा भयो ।

मलाई सम्झना छ - मेरा पिताजी घरमा हुँदा आमाले साँझको खाना खानुअघि वहाँका गोडा तातोपानीले घरैभित्र कोपरामा धुनुहुन्थ्यो । हामी साना-साना केटाकेटीहरूको पनि सबैको गोडा धोइन्थ्यो । आमाले नभ्याए ठूली भाउजूहरूले । आमाले पिताजीको गोडा मात्र धुनुहुन्थेन, धोएपछि ढोग्नुपनि हुन्थ्यो । अनि तीन-चार वर्षको मेरो कान्छो भाइले गोडा धोएपछि एक पटक ‘मलाई पनि ढोग’ भनेको थियो । त्यो सुनेर हामी सबै हाँसेका थियौं ।

मलाई यो पनि सम्झना छ- आमा नोटहरू पनि धुनुहुन्थ्यो । २०१८ साल वैशाख-जेठतिरको कुरा हो यो । त्यसताका लमजुङतिरबाट धान बेसाहा गर्न थैला लिएर गुरुङहरू हाम्रो गाउँमा आउँथे । शायद तिनीहरू भारतीय वा ब्रिटिश सेनामा काम गरेका परिवारका केही पुरुष र महिलाहरू हुन्थे । तिनीहरूको शरीर स्वस्थ र लवाइ रामो हुन्थ्यो । युवतीहरूको घाँटीमा सुनका ठूलाठूला नौगडी हुन्थे - सुन्दर शरीरमा मखमली ब्लाउज र राम्रा लुगामा तिनीहरू निकै आकर्षक देखिन्थे । त्यसैले म मनमनै प्रश्न गर्थें - किन तिनीहरूको घरमा हाम्रो घरमा जस्तो धान हुँदैन ? तर पछि मैले बुझें - लमजुङमा धेरै धान उत्पादन हुँदैनथ्यो । पैसा भने देशबाहिरबाट आउँथ्यो । त्यही पैसाले धान किन्न मानिसहरू हामीकहाँ आउँथे । पिताजी दिनमा काममा गएको बेला आमाले उनीहरूलाई धान दिनुहुन्थ्यो र आएको पैसा आफैंसित राख्‍नुहुन्थ्यो । त्यो पैसा आफूसित राखेर पनि आमाले के नै गर्नुहुन्थ्यो र ? गाउँमा पैसा खर्च गर्ने कुनै काम नै हुँदैनथ्यो । तर आफ्नो साथमा केही पैसा राख्न पाउँदा वहाँलाई खुशी लाग्थ्यो शायद ।

धान किन्न आएका युवा-युवतीहरूले दिएका नोट राख्‍नुअघि आमा तिनलाई साबुनले पखालेर थालमा राखी पर्खालमाथि घाममा सुकाउनुहुन्थ्यो । हावाले उडाउँथ्यो । मैले गएर ल्याउनुपर्थ्यो । मलाई सम्झना छ - कुनैमा हिमालय शमशेर, कुनैमा लक्ष्मीनाथ गौतम गभर्नर भनेर र राजा महेन्द्रको अनुहार छापिएका राता-राता दश–पाँच र एक रूपियाँका ती नोटहरू नयाँ र सफा हुन्थे । तैपनि आमा तिनलाई धुनुहुन्थ्यो । मैले सोधेँ - किन यो अनावश्यक झन्झट गर्नुभएको ? आमा भन्नुहुन्थ्यो - “धुनुपर्छ किनकि उनीहरूले नोट गन्दा थुक लगाएका पनि हुन्छन् । अनि ती महिलाहरू त पर सरेका पनि हुन सक्छन् । उनीहरू पर सर्दा हामीहरूले जस्तो बार्दैनन् । थाहा हुन्न । त्यसकारण तिनीहरूले दिएका नोट पखाल्नुपर्छ र सुकेपछि मात्र राख्‍नुपर्छ” ।  अहिले कोभिड-१९ को संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालय र विश्व-स्वास्थ्य संगठनले दिएका सल्लाह सुन्दा मैले मेरी आमाले भनेका ती कुरा सम्झिन थालेँ । थुकबाट, हातबाट संक्रमण हुन्छ रे ।

अहिले मेरो कान्छो छोरो (वहाँको नाति) डाक्टर छ - संवेदनशील छ । ऊ त्यही गर्छ जो मेरी आमा (उसकी हजुरआमा) गर्नुहुन्थ्यो । घरको फोन, मोबाइल फोन र हरेक उपकरणलाई स्यानिटाइजरले पुछ्ने - स्प्रेयरले शुद्धीकरण गर्ने । कोभिड-१९ को प्रकोपको समयमा वहाँको डाक्टर नातिले गरेको व्यवहार बुझ्न सकिन्छ ।

मलाई यो पनि सम्झना छ - आमा हामीलाई भेट्न काठमाडौं आउनुहुन्थ्यो । तर काठमाडौंको फोहोर वहाँलाई मन पर्दैनथ्यो । हाम्रो घरमा आएर भित्र पस्दा-निस्कँदा पनि आफूले हातमा लिएको सेतो टालोले ढोकाको ह्याण्डल समातेर उघार्ने-बन्द गर्ने गर्नुहुन्थ्यो । हामीलाई त्यो देखेर मजा त लाग्दैनथ्यो तर वहाँको पुरानो बानी सम्झेर र आमाको काम हुनाले हामी त्यो सहन्थ्यौं । अहिले मेरो कान्छो छोरो (वहाँको नाति) डाक्टर छ - संवेदनशील छ । ऊ त्यही गर्छ जो मेरी आमा (उसकी हजुरआमा) गर्नुहुन्थ्यो । घरको फोन, मोबाइल फोन र हरेक उपकरणलाई स्यानिटाइजरले पुछ्ने - स्प्रेयरले शुद्धीकरण गर्ने । कोभिड-१९ को प्रकोपको समयमा वहाँको डाक्टर नातिले गरेको व्यवहार बुझ्न सकिन्छ ।

भनिन्छ - “पुरुष शिक्षित भए ऊ मात्र शिक्षित हुन्छ, नारी शिक्षित भए परिवारै शिक्षित हुन्छ” । मेरी आमा धेरै शिक्षित त हुनुहुन्थेन तर भानुभक्त आचार्य, लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू पढ्नुहुन्थ्यो । भानुभक्तीय रामायण त वहाँको सबैभन्दा प्रिय ग्रन्थ - धेरैजसो कण्ठस्थ भइसकेको थियो । अनि यो पनि भनिन्छ - नारीका तीन सौन्दर्य हुन्छन् - शारीरिक सौन्दर्य, विद्याको सौन्दर्य र चारित्रिक सौन्दर्य । मलाई लाग्छ मेरी आमामा तेस्रो सौन्दर्य मात्र थियो । त्यसैले वहाँले हामीलाई अक्षरको भन्दा चरित्रको शिक्षा दिनुभयो । 

आफ्नो बुढेसकालमा आमाले बागमतीको प्रदूषण देखेर भन्नुभयो - “यस्तो फोहोर नदीमा मलाई फाल्ने होइन, मलाई शुद्ध नारायणी नदीमा सेलाउनू । म यहाँ बस्दिन, चितवनमा बस्छु र देवघाटजस्तो पवित्र तीर्थमा मर्न चाहन्छु” । त्यसै गर्नुभयो पनि । वहाँको नाम गङ्गा थियो - गङ्गा नदीको पवित्रताको प्रतीकजस्तो । अहिले आएको कोभिड-१९ को प्रकोपको बेला भन्न मनलाग्यो - गङ्गाजी, तपाईंले जीवनमा हामीलाई पढाउन खोजेका अलिखित पाठहरू त राम्रा पो रहेछन् ।

कोभिड-१९ को प्रकोपका प्रसंगमा एकजना अमेरिकन साथीले पठाएको इमेल । यसमा हिन्दूहरूकी आराध्यदेवी दुर्गाले आफ्ना हात धोइरहेको राम्रो सन्देश दिइएको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x