×

NMB BANK
NIC ASIA

कोरोनाको त्रासले अस्पतालहरू सुनसानः टिचिङदेखि वीरसम्म पुग्दा जे देखियो...

चैत २३, २०७६

NTC
Premier Steels

विश्वरभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) का कारण अधिकांश देश लकडाउनको अवस्थामा छन् । नेपालमा पनि सरकारले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै लकडाउन गरेको छ । 

Muktinath Bank

देशमा अहिले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु र अत्यावश्यक सेवाबाहेक अन्य कुरा ठप्पप्राय: छन् । लकडाउनको असर देशको हरेक क्षेत्रमा परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाको त्रास र लकडाउनको असर अस्पतालहरूमा पनि परेको देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा लकडाउनको प्रभाव प्रस्टै देखिन्थ्यो ।


Advertisment
Nabil box
Kumari

फाट्टफुट्टबाहेक मानिसहरूको अवातजावत थिएन् । स्वास्थ्यकर्मीहरू फुर्सदमा थिए ।

Vianet communication

टिचिङ अस्पतालको दृश्य

टिचिङ अस्पताल छिर्नेवित्तिकै प्रर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगाएका स्वास्थ्यकर्मीले प्रारम्भिक स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको थियो । 

अस्पतालको पूर्वतर्फको गेटबाट छिर्नेवित्तिकै देख्ने गरी पालमा ‘कोरोना क्लिनिक’ लेखेको देखियो । केही स्वास्थ्यकर्मी कोरोना शंकास्पद् बिरामी हुन् कि होइनन् भनेर छुट्ट्याउनका लागि बसेका थिए ।

एक स्टाफनर्स पीपीई लगाएर बसेकी थिइन् । तर करीब २ घण्टाको बसाईमा एकजना पनि ज्वरो र रुघाखोकीका बिरामी आइपुगेनन् ।

टिचिङ अस्पतालको उत्तरपट्टि रहेको गणेश भवनमा कोरोनाका बिरामी राख्न आइसोलेसन सेन्टर बनाइएको छ ।

अन्य बिरामीको चाप झण्डै शून्य जस्तो थियो । भर्ना भएका बिरामीबाहेक ओपीडीतर्फबाट विगत एक हप्तामा बिरामी आएको आफूले नदेखेको टिचिङमा कार्यरत एक सेक्युरिटी गार्डले लोकान्तरलाई बताए ।

‘लकडाउनपछि बिरामी आएका छैनन् । अन्य समयमा सयौंको संख्यामा लाइन हुन्थ्यो, अहिले त्यस्तो छैन,’ उनले भने ।

समान्य समयमा टिचिङ अस्पतालमा बिहानदेखि टोकन लिएर लाइन बस्नुपर्ने हुन्थ्यो ।

रौतहटका राम हरिजन राय सुत्केरी व्यथा लागेकी श्रीमतीलाई लिएर ४ दिन अगाडि टिचिङ अस्पताल आएका रहेछन् । उनले आउनेवित्तिकै सेवा पाए, श्रीमतीले छोरो जन्माइन् ।

मानिसहरूको भीडभाड नभएकाले सहजै सेवा पाएको अनुभव उनले सुनाए ।

२ वर्षअगाडि भाइ बिरामी भएको समयमा आउँदाको टिचिङ अस्पताल र अहिलेको टिचिङ अस्पतालमा धेरै भिन्नताको पाएको उनको भनाइ थियो ।

अस्पतालको आकस्मिक कक्षमा पनि खासै भीडभाड छैन ।

टिचिङ अस्पतालबाट नजिकै पर्ने कान्ति बाल अस्पताल पनि सुनसान नै छ ।

फाट्टफुट्ट बाहेक अरू मानिस देखिँदैन् । लकडाउनपछि एकजना पनि नयाँ बिरामी ओपीडीमा नआएको कान्ति अस्पतालमा कार्यरत सेक्युरीटी गार्डले लोकान्तरलाई बताए ।

आकस्मिक कक्षमा भने बिरामीहरू आइरहेको उनको भनाइ छ ।

वीरमा जे देखियो

नेपालको सबैभन्दा ठूलो र चर्चित सरकारी अस्पताल वीरमा पनि अस्पताल छिर्नेवित्तिकै देखिने गरी कोरोना जाँच सेन्टर राखिएको छ । पूरानो विल्डिङमा छिर्ने गेटनजिकै ज्वरो जाँच्नका लागि स्वास्थ्यकर्मी खटिएका छन् ।

रुघाखोकी लागेका बिरामी जाँच्ने ठाउँ भने प्रस्टै देखिने गरी व्यवस्था गरिएको छ । पुरानो भवनमा बिरामीको चाप निकै कम छ । भर्ना भएका बिरामीबाहेक अन्य बिरामी वीर अस्पतालमा पनि खासै छैनन् ।

आकस्मिक कक्षमा केही भीडभाड देखिएपनि भित्र भने बिरामीको चाप देखिएन ।

आकस्मिक कक्षमा भएका बेडहरू लगभग भरिएका थिए तर अन्य समयभन्दा धेरै नै खाली भएको आकस्मिक कक्षमा रहेकी एक स्टार्फ नर्सले बताइन् ।

‘अरू समयमा आकस्मिक कक्षमा पनि भीडभाड नै हुन्थ्यो, अहिले त्यस्तो भीडभाड छैन, लकडाउनले गर्दा होला,’ उनले लोकान्तरसँग भनिन् ।

वीर अस्पतालसँगैको ट्रमा सेन्टरमा पनि कोरोनाका शंकास्पद बिरामीलाई प्ररम्भिक सोधपुछ र ज्वरो नाप्ने स्थानको व्यवस्था गरिएको छ । त्यहाँ पनि एक स्वास्थ्यकर्मी खटाइएको थियो ।

आकस्मिक कक्षमा छिर्ने ठाउँमा पीपीई लगाएका सेक्युरिटी गार्ड खटिएका छन् । आकस्मिक कक्षमा छिर्ने जो कोहीलाई स्यानिटाइजर प्रयोग गर्न लगाउने र ज्वरो नापेर भित्र पठाउने गरिएको उनले लोकान्तरलाई बताए ।

गाउँबाट पैसा मगाउन नपाउँदा समस्या !

पर्सा पोखरीथानाका प्रभुराम टाउको रगत जमेपछि उपचारका लागि १५ गते वीर अस्पताल आएका रहेछन् ।

श्रीमतीसँगै काठमाडौं आउने बेलामा ५० हजार बोकेर आएको बताउने उनी अहिले पैसा सकिएकाले समस्या भएको बताउँछन् ।

‘उपचार र बसेर खाँदा पैसा पनि सकियो, गाउँबाट पैसा मगाउनका लागि आईएमई पनि नखुल्दा समस्या भएको छ,’ प्रभुरामकी श्रीमतीले लोकान्तरसँग भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x