×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगरको राहत प्याकेजः मजदुर र विद्यार्थीलाई खाद्यान्न, एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई आह्वान

चैत २६, २०७६

NTC
Premier Steels

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले लकडाउनबाट प्रभावितहरुका लागि राहत प्याकेज घोषणा गरेको छ।  

Muktinath Bank

नगरपालिका कार्यपालिकाको बुधबारको बैठकले नगरपालिकामा अस्थायी बसोबास गरी ज्यालामजदुरी गर्ने वर्ग र घरभाडामा बसी अध्ययनरत विद्यार्थीलाई राहत दिने निर्णय गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार साँझबिहान छाक टार्न समस्यामा परेका मजदुर/विपन्न वर्ग तथा लकडाउनका कारण न्यूनतम् खाद्यान्न समेत व्यवस्था गर्न नसकेका विद्यार्थीलाई दालचामल, नुन, तेल उपलब्ध गराइने छ। 


Advertisment
Nabil box
Kumari

त्यसका लागि नगरस्तरीय विभिन्न १६ वटा योजनाबाट प्रतियोजना ५/५ लाखको दरले बजेट कटौती गरी ८० लाख बिनियोजन गरिएको छ। उक्त रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रकमान्तर गरी खर्च गर्ने निर्णय भएको छ। 

Vianet communication

उनले भने, ‘राहत प्राप्त गर्ने लाभग्राहीको विवरण सम्बन्धित घरधनी तथा टोल विकास संस्थाको सिफारिसमा वडा कार्यालय मार्फत प्राप्त गरी तत् तत् कार्यालयद्वारा वितरण गर्ने, वास्तविक वर्गले राहत पाउने गरी सबै वडा कार्यालयले राहत वितरण पश्चात सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण समेत गर्ने व्यवस्था मिलाउने, मापदण्ड विपरित गलत नाम सिफारिस गर्ने घरधनी, टोल विकास पदाधिकारी र राहत लिने परिवारलाई समेत नगरपालिकाले कार्वाही गर्ने र आगामी दिनमा सेवा सुविधा रोक्ने गरी वितरित राहत असुल उपर गर्ने निर्णय गरेको छ।’

कार्यवाहक प्रमुख मोहनमाया ढकालले नगरपालिका अन्तर्गतका आफ्नो घर बहालमा दिएका सबै जनप्रतिनिधिले चैत महिनाको घर भाडा मिनाह गर्ने निर्णय गरेको जानकारी दिइन्। साथै घर बहालमा दिएका घरधनीलाई समेत एक महिनाको भाडा मिनाह गरिदिन आग्रह गर्ने निर्णय भएको उनको भनाइ छ।

नगरपालिकामा हालसम्म ६ हजार परिवारलाई राहत वितरण गरिसकिएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x