×

NMB BANK
NIC ASIA

कोरोना भाइरस (कोभिड–१९) महामारीकाविरुद्ध उपचाररत चिकित्सकहरू स्वास्थ्य सामग्रीको जोहो गर्ने काममा पनि केन्द्रित भएका छन् । राष्ट्रिय चिकित्सक संघमा आवद्ध यहाँका चिकित्सकहरूले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको कान्सु प्रान्तसँगको सहकार्यमा जुटाएको स्वास्थ्य सामग्री मंगलबार प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् ।

Muktinath Bank

राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी शाखाले प्रदेश पाँच सरकारको समाजिक विकास मन्त्रालयलाई मंगलबार चिकित्सा सामग्री हस्तान्तरण गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाइदिन आग्रह पनि गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ का विरुद्ध संघर्ष गरिरहेको प्रदेश ५ सरकारलाई विभिन्न राहत सामग्री पठाएको थियो । मन्त्री सुदर्शन बराललाई कान्सुका प्रतिनिधि डा. होङ हाङ, चिकित्सक संघका महासचिव सागर न्यौपाने, केन्द्रीय सदस्य सम्राट पराजुली, संघका शाखाका महासचिव सन्तोष पोखरलले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।


Advertisment
Nabil box
Kumari

२० हजार थान सर्जिकल माक्ससँगै थप सामग्री जुटाउने काम जारी रहेको डा. न्यौपानेले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा बोल्दै मन्त्री बरालले चीनकै भूमिलाई उद्गमस्थल बनाएर कोरोना भाइरस फैलिएपनि आफू पीडामा रहेको अवस्थामा समेत चीन सरकारले विश्व समुदायमा देखाएको उदारता र सहयोग उच्च मूल्यांकन गर्ने खालको भएको बताए ।

चीन सरकारले भाइरस नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिँदै मन्त्री बरालले चिनियाँ सहयोग सधैं कायम रहने विश्वास व्यक्त गरे । डा. हङले आफ्नै देशबाट कोभिड–१९ को सुरुवात भएपनि चीन सरकार छिमेकी राष्ट्रहरूसँग सधैं संवेदशील रहेको बताए ।

राहतको संयोज गरेको नेकपा निकट नेपाल राष्ट्रिय चिकित्सक संघक महासचिव डाक्टर सागर न्यौपानेले कान्सु प्रान्त प्रदेश नम्बर पाँचसँग भागिनी सम्बन्ध राख्न चाहेको बताउँदै त्यहीअनुरुप प्रान्तबाट सहयोग आएको स्पष्ट पारे । राहतका अन्य सामग्रीहरू भन्सार छुटाउने प्रक्रियामा रहेकाले पछि हस्तान्तरण गरिने संघका केन्द्रीय सदस्य डाक्टर सम्राट पराजुलीले जानकारी दिए ।

स्वास्थ्यकर्मीकोपनि कोरोनापरीक्षण गर्न आग्रह

यसैबीच चिकित्सकहरूले स्वास्थ्य उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीलाई मनोबल बढाउन र सँगसँगै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका छन् । स्वास्थ्य सामग्री हस्तान्तरण गर्न कार्यक्रममै चिकित्सक संघले फ्रन्टलाइनमा बसेर सेवा गर्ने स्वास्थ्य कर्मचारीहरूको यथाशिघ्र स्वास्थ्य परीक्षणको माग गरेका हुन् ।

उनीहरूले संघमार्फत समाजिक विकास मन्त्री बराललाई ज्ञापनपत्रसमेत बुझाएका छन् । भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न क्वारेन्टाइन, आइसोशलन र अस्पतालहरूमा संक्रमित भएका, आशंका गरिएकाको परीक्षणका लागि खट्नुपर्ने सबै स्वास्थ्यकर्मीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

सो अवसरमा प्रदेशका माननीय तथा नेकपा प्रदेश स्वास्थ्य कमिटी संयोजक कृष्ण न्यौपाने, लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष सूर्य भट्टराई, बुटवल उप–महानगरपालिकाका प्रतिनिधिलगायत सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x